उत्पादन बढाए समृद्धि आउ“ने : नगर प्रमुख ऐर

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २४ साउन
शुक्लाफाँटा नगरपालिकाका मेयर दिल बहादुर ऐरले सहकारीका माध्यमबाट समृद्धि आउने बताएका छन् । शुक्लाफाँटा नगरपालिका १० झलारी बजारस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयको उद्घाटन गर्दै शनिबार उनले सहकारीका माध्यमबाट रोजगारी सृजना हुनेमा जोड दिए ।
देशको अर्थतन्त्रको तीन खम्बे रणनीति अन्र्तगत सरकारी, सहकारी र नीजि क्षेत्र पर्ने चर्चा गर्दै उनले सहकारीमा माध्यमबाट उत्पादनमा जोड दिइनु पर्ने उनले बताए ।सहकारीका माध्यमबाट समाजमा भाइचारा कायम गर्न मद्दत पुग्नुका साथै नगरको आर्थिक गतिविधिमा सहकारीको योगदान रहेको छ उनले भने, ‘सहकारीका माध्यमबाट कम व्याज, कम धितोमै ऋण लगानी गर्ने भएकाले लघु व्यवसाय सञ्चालन गर्न सकिन्छ । जसबाट सहकारीका सदस्यको आर्थिक अवस्था सुदृढ हुनुका साथै नगरको विकासमा टेवा पुग्छ ।’
सहकारीका अध्यक्ष गणेश भट्टले सहकारीमा ८० बढी सदस्य आवद्ध रहेको बताए । उनले हाल सम्म रु ८० लाख बढी शेयर पुजिँ पुगेको बताए । एक बर्ष भित्रै रु दुई करोड शेयर पजिँ पुरयाउने लक्ष्य रहेको उनको भनाई छ । सहकारीमा झलारी बजार क्षेत्रका व्यवसायी, शिक्षक, गैससका सञ्चालक, नीजि विद्यालय सञ्चालक, निर्माण व्यवसायी, मेडिकल सञ्चालक र स्थानिय व्यक्तिहरु आवद्ध रहेका छन । सहकारी कार्यालय उद्घाटन कार्यक्रमको सञ्चालन डम्बरप्रसाद जोशीले गरेका थिए । सहकारीको कार्यालय उद्घाटन कार्यक्रम निर्धारित स्वास्थ्य मापदण्ड पालना गर्दै अनौपचारिक रुपमा गरिएको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *