पशुतुल्य विश्व जगत

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

मनुष्यले सबै थोक गरी सकेको छ । धेरै ग्रहको अनुसन्धान गरी चन्द्रमा, मंगल जस्ता केही ग्रहको भ्रमण गरि सकेका छन् । ईश्वरले मनुष्यलाई आफ्नो अंग मानेको छ । मुनष्य, देवता र राक्षस एक अर्काका पुरक हुन भने ईश्वर सबैका अपरिचित छन् । यदि भगवान पनि देखिने हुने थिए भने उनको वास्ता गरिने थियो वा थिएन यो स्वार्थी समाजको कुनै ज्ञारेन्टी छैन । आज ईश्वर अदृश्य रहेकाले भाव भक्तिमा बृद्धि भएको छ । हाम्रा समाज पनि एक विश्वासिलो छ नदेखि बस्तु बढी मूल्य र मान्यताको हुन्छ । अर्को कुरा जो देखिन्छ शक्ति दिन्छ, त्यसलाई पनि हामी भगवान भन्छौं, जस्तो कि सर्वसाधारणको दृष्टिमा भगवान भनेका सूर्य हुन । भगवानले सर्वत्र देख्छन जहाँ जहाँ प्रकाश जान्छ त्यहाँसम्म भगवान पुगेका हुन्छन भनेर अपराध गर्न
डराउथे, वास्तवमा वैज्ञानिकहरुको अनुसन्धानमा सबै ग्रह र सूर्यको बारेमा अर्कै सोच छ । जव माओवादी लडाकुहरु पुलिस चौकीमा आक्रमण गर्दै गए जनता छक्क पथ्र्यो र जव सैनिक व्यारेकमा पनि हमला भएको खबर जनता सुन्दथे त झन चकित हुन्थे सैनिक व्यारेकमा हमला गर्ने सानो तिनो कुरा होइन वास्तवमा त्यस्तै भयो माओवादीको भेषमा पश्चिमी राष्ट्रहरु जो भुटानी शरणार्थीलाई फिर्ता गराउन नसक्ने तर शरणार्थी बनाई नेपाल भित्र्याउन शक्ति पो रहेछ । धेरै जनता डर त्रास र खुसीले माओवादीको पक्षमा लागे र माओवादी पार्टीलाई अग्र पंक्तिमा उभ्याई दियो तर जनताले चाहेको भएन ।
जनताको बारेमा धेरै कुरा गर्नु उपयुक्त छैन जनता नेताको लागी मतलब निकाल्ने बेला जनतालाई भगवान हुन भनेको छ । मतलब सकिएपछिका जनता भेडा भएका छन् । जनतालाई बहकाउन धेरै समय पर्खदैनन् नेताहरु बहकाउने सिजन हुन्छ त्यो सिजनमा बहकाएर हरेकले आफ्नो स्वार्थ सिद्ध गर्छ । करिव १५/१६ सालदेखि यस्तै चलेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *