सर्वाेच्च द्वारा सीमा सुरक्षाका बारेमा सरकारलाई लिखित जवाफ पेश गर्न आदेश

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
काठमाण्डौं, १९ चैत्र

नेपाल भारतको सीमाको बारेमा ठोस रुपले भारत सरकार सित सीमा स्तम्भ मर्मतको लागि हराएका सीमाहरुको खोजी गर्ने भन्ने नीति निर्देशन भएपनि त्यसबाट नेपाल सरकार मात्र होइन नेपाली जनता पनि पछि परेका छन् । तैपनि निक्र्याैल हुन सकेको छैन । सिधा सोझा जनता आफ्नो आसपासमा प्रशस्त खालि जमीन भएको ठाउँमा
भारतीयहरुलाई जमीन अधियाँमा कमाउन दिएर घुस्ने मौका पाएकाहरुले पछि सोही जमीन आफ्नो हो भन्ने दाबी गरेका प्रमाणहरु समेत फेला परेका छन् ।
सर्वोच्च अदालतले नेपाल–भारत खुला सिमाना व्यवस्थापन, नियमन र सीमा सुरक्षा लगायतका विषयमा सरकारले गरिरहेको कामका बारेमा १५ दिन भित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्राय, रक्षामन्त्रालय सहित ११ मन्त्रालयका नाममा सो आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, ‘खुला सिमाना व्यवस्थापन, नियमन, सन्धी सम्झौताको पुनरावलोकन, जनताको जीउको सुरक्षासम्बन्धी सरकारले के–कस्ता काम गरेको छ, त्यो १५ दिनभित्र पेस गर्नु ।’
आदेशमा सीमा सुरक्षाको दुरुपयोग हुन नदिन हवाई मार्गका यात्रुमा परिचयपत्रको व्यवस्था भएजस्तै सतहमार्गमा अभिलेख राख्ने काम भए÷नभएका बारे समेत लिखित जवाफ माग गरिएको छ । नेपालमा नेपाल–भारतको खुला सिमाना व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने माग गर्दै चैत १३ गते अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अधिवक्ता विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशिकुमार कार्कीले रिट निवेदन दायर गरेको थियो ।
सोही रिट निवेदन माथिको सुनुवाईमा अदालतले उक्त आदेश थिएको हो । सो विषयमा वरिष्ठ अधिवक्ता राघवलाल बैद्य, डा चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराई, दिनमणि पोखरेलले बहस गर्नुभएको थियो । विज्ञका रुपमा सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल–भारत सिमानाका
बारेमा व्याख्या गरेको थियो ।
रिट निवेदनमा वि.सं. २००९ मा निस्केको नेपाल गजेटमा नेपाल–भारतबाट सीमा वारपार गर्दा परिचयपत्र अनिवार्य देखाई अभिलेख राख्ने व्यवस्थाको कार्यान्वयन हुनुुपर्ने, दुई देशको खुला सिमानाको व्यवस्थापन र नियन्त्रण नहुँदा आतङ्ककारी, तस्करी जस्ता गतिविधि हुने भएकाले सिमानामा नियन्त्रण गर्नुपर्ने उल्लेख थियो तर नेपाली पक्षको कमजोरी भारत पक्षको हेलचक्राई र दादागिरीले गर्दा आज सम्म सीमाको निक्यौल हुन सकेको छैन भन्छन् सीमावर्ती क्षेत्रमा बसोबास गर्न स्थानियबासीहरु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *