कोरोनाको संक्रमण दर बढ्दो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १७ साउन
कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको छ । सरकारले कलडाउन अन्त्य गरेपश्चात पछिल्लो समयमा संक्रमितको संख्यामा बृद्धि हुदै गएको छ । कुनै पनि क्षेत्रमा सामाजिक दुरी तथा स्वास्थ्य मापदण्ड पुरा नगरि कार्यहरु अघि बढाएको जनगुनासो आएको छ ।
सुदूरपश्चिममा एक सय ६८ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धुलिखेल अस्पताल र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शनिबार एक सय ६८ जनामा संक्रमण पुष्टि भएको हो । तीन वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ६६ जना, बझाङका ५१ जना, अछामका २८ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा बझाङका ४३ जना, अछामका २८ जना, कैलालीका नौँ जना र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
धुलिखेल अस्पतालमा भएको परीक्षणमा कैलालीका थप २७ जनामा संक्रमण देखिएको उनले बताए । यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३० र बझाङका २३ गरी ५३ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन गरी ३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका पाँच जना, दुर्गाथली र छव्वीस पाथिभेराका तीन÷तीन जना र मष्टा गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । एक सय ६८ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा
कोरोना संक्रमितको संख्या चार हजार ६ सय ९२ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय २८ जनामा संक्रमण पुष्टि भएको
छ ।
यस्तै डोटीका सात सय ७०, अछाममा सात सय ६, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कञ्चनपुरका पाँच सय ५२, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय ७५ र दार्चुलाका ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका तीन हजार १० जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ । ५३ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी संक्रमित आफ्नै घर र स्थानीय तहको आईसोलेसनमा रहेका छन् त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा नेपालमा ३१५ जनामा संक्रमण पुष्टि भएको बताए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ भने १४ हजार ४९२ जना निको भएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *