आफ्नो घर आफै भत्काउनेका अनेक रुप








कोही बाजे परबाजेले निर्माण गरेका घर भत्काउँछन् भने कोही बुवा बाजेले बनाएका घर लगाएका सिडी भत्काउँदा रहेछन् अन्तमा आफूले घर बनाउन नसकी अर्काले बनाएको घरमा गई आश्रय माग्दा रहेछन । यो क्रम नेपालको राजनीतिमा पनि देखिएको कुरा हो । २०५२ फागुन १ गते आफ्नो घरमा बस्न नसकी अर्का मित्रको सहायताले आफ्नो घर भत्काउने खेलमा लागी हातहतियार औजार संकलन गरी आफ्नै घर ध्वस्त पार्ने काम २०६२/०६३ मा समाप्त भयो तर आजसम्म आफ्नो घर निर्माण गर्न सकेको छैन अझै अर्काको ओतमा बस्नु परेको छ हामीहरुको नियति कति अचम्बको । अझै नियत ठीक छैन यो देशका नेताहरु आफ्नो आफ्ना पिता र आफूले मिहनत गरी बनाएको घर भत्काई अर्काले निर्माण गरेको घरमा ओत लाग्न जाने घृणित
परम्परा बस्दैछ । त्यति मात्र होईन जनतालाई पनि भ्रमित पार्ने खेल हुँदैछ र आफ्नो अस्तित्व पनि गुमाउँदैछन् । शान्त प्रिय नेपालमा अशान्तिको विउरोपी आज त्यो बीउ उखेलेको जस जनताबाट लिन चाहन्छन् भने राप्रपाका संस्थापक सूर्यबहादुर थापा ज्यूका सुपुत्र सुनिल थापा त्यो संस्था भत्काई अर्काले निर्माण गरेको घर नेपाली कांग्रेस अर्थात शेरबहादुर उदेवा कहाँ ओत लाग्न जानु भएका छन् । हामी आसारत छौ आफ्ना पिता तथा आफ्नो संयुक्त घर त भत्कायो कही अरुले निर्माण गरेको घर भत्काउने प्रयास हुने छैन भिन्ने संकास्पद विश्वासमा छु । पुराना नेताहरुमा अमरसिंह थापा, बलभद्र कुँवर जस्ता नेता तथा सैनिक कमाण्डरहरुले राज्य नयाँ आवाद गरी देशमा परिणित गरे भने आज उनै पराक्रमीलाई दोष लगाई जिवनोपार्जनको नाममा व्यापक अनियमितता गरी रहेका छन् ।
कृषि प्रधान देशका नागरिकले अन्य देश विदेशबाट अन्न मगाई खानु र बहुदलिय पार्टी सिस्टममा आफूले खोलेको पार्टीको प्रवद्र्धन गर्न नसकी अरुले फस्टाएको पार्टीमा ओत लिन जानु भौतै हो । यस्ताहरुको लागि नयाँ नेतृत्वको खाचो देखिन्छ । त्यस्तै आफ्नो देशमा रहेका उद्योगहरु सञ्चालन गर्न नसकी अर्काका उद्योगहरुमा अर्थात आफैले बेचेका उद्योगमा ओत लाग्नु भनेको लाज मर्नु हो ।
हाम्रो पहाडी क्षेत्र कुमाउ गडवालमा समेत एक उखान छ “भए चेला मारी विउ फेरी चेला” हुन्न । भनाईको अर्थ हो जन्मिएका सन्तान मारी दिउ फेरी जन्मी हाल्छन भनेझै जनश्रमदान समेत बटुली नेपाल जव निर्माण औजार भ्याकु, जेसिवी डोजर, स्काईभेटर केही नभएको बेलामा नूनसित रोटी खाएर बनाएका संचरना ध्वस्त पारी एकै रातमा निर्माण गरने भनिएका कोही पनि संरचना आजसम्म निर्माण भएन । प्रमाणको लागि महेन्द्रनगर कञ्चनपुरको कृषि विकास बैंकको भवन भत्कायो र पुँजीपति वर्गको घर भाडामा लिई पोषण गर्ने काम मात्र भएको छ । आज एमाले पनि भत्कियो माओवादी पार्टी पनि भत्कियो, पार्टीको वंश राख्ने काम विप्लबले गरेको छ । बाबुराम कतै ओत लाग्न पुगे भने ५ हजार आफैले मारेको हुँ भनि जनता मारेको जिम्मा लिने प्रचण्डले पनि ओत लाग्नु परेको छ । अव केवल राष्ट्र मिटाई अर्को राष्ट्र निर्माण गर्न मात्र बाँकी छ तर जनताले के पायो के पाएन सोध्ने हिम्मत कसै सित छैन ।







