सुप विश्वविद्यालयका परिक्षा भदौमा हुने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १७ साउन
कोरोना कहरका कारण स्थगि भएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न संकायका परिक्षा अगामी भदौदेखि सञ्चालन हुने भएका छन् । विश्वव्यापी महामारीका कारण नेपाल सरकारले गत चैत्र ११ गतेबाट लकडाउन गरेपछि स्थगित गरिएका विश्वविद्यालयका विभिन्न संकाय अन्तरतगका फरक÷फरक तहका परिक्षा आगामी भदौ तेस्रो सातादेखि संञ्चालन हुने भएका हुन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयले शुक्रबार एक सूचना निकालेर स्थगित स्नातक तह प्रथम र तृतीय सेमेस्तरका परिक्षाहरु कोरोनाको अवस्था सहज भएमा भदौ तेस्रो सातादेखि संञ्चालन गर्ने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैगरी स्नातक पाँचौ र सातौ सेमेस्टर तथा बिबिएस प्रथम, द्धितिय, तृतिय र चतुर्थ बर्षका परिक्षाहरु असोज दोस्रो साताबाट सञ्चालन गर्ने परिक्षा नियन्त्रण कार्यालयको तयारी रहेको छ । साथै स्नातकोत्तर तह प्रथम र तृतिय सेमेस्टरका परिक्षार्थीहरुले समेत उक्त समयमा तयारी अवस्थामा रहन जानकारी गरेको छ । परिक्षा सम्बन्धी विस्तृत समय तालिका पछि प्रकाशित गरिने परिक्षा नियन्त्रक देवसिंह नाथले जानकारी दिनुभयो । उक्त मितिमा परिक्षाका लागि सम्बन्धीत सरोकारवाला क्याम्पस तथा विद्यार्थीहरुलाई तयारी अवस्थामा रहन पनिकाले आग्रह समेत गरेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *