महिलाको नाममा जग्गा दर्ता गर्नेको संख्या बढ्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १७ साउन
देशमा महिलाको हक अधिकार स्थापित हुँदै गएपछि पछिल्लो समयमा महिलाको नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको छ । नेपालका
हरेक जिल्लामा पुरुषको नाममा मात्रै नभई महिलाको नाममा पनि जग्गा दर्ता गर्नेको संख्यामा बृद्धि हुँदै गएको छ । यसै क्रममा बैतडीमा महिलाका नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको छ । आफसँग भएको जग्गा पुरुषको नाममा मात्रै दर्ता गर्ने चलन हट्दै गएका छन् । महिलाको नाममा जग्गादर्ता भए छुट पाइन्छ भन्ने मान्यताले महिलाको नाममा जग्गा दर्ता गर्नेको संख्या बढ्दै गएको हो । नेपाल सरकारले महिलाका नाममा जग्गादर्ता गर्दा राजश्वमा समेत छुट दिएकाले महिलाका नाममा जग्गादर्ता गर्नेको संख्या बढ्दै गएको मालपोत कार्यालय बैतडीका सचना अधिकारी अनिल चन्दले बताए । जिल्ला मालपोत कार्यालय बैतडीका अनुसार आर्थिक २०७६÷७७ मा ९१ जना महिलाका नाममा लालपुर्जा बनेको छ । अघिल्लो आवमा ६६ जना महिलाका नाममा लालपुर्जा बनेकोे थियो ।
महिलाको नाममा जग्गादर्ता गरेबापत दुई लाख ७७ हजार राजश्व छुट भएको छ । महिलाका नाममा जग्गादर्ता गरेमा २५ प्रतिशत राजश्व छुट हुने नियम रहेको सचना अधिकारी चन्दले बताए । प्रत्येक वर्ष महिलाका नाममा जग्गा दर्ता गर्नेको संख्या बढ्दै गएको उनले बताए । नेपालको संविधान, २०७२ को धारा, ३८ को उपधारा, ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा महिलाको पनि समान हक हुने कुरा उल्लेख गरिएको छ । यसले महिलाको पनि सम्पत्तिमा पहुँच पुग्न थालेको छ । २०६७ सालदेखि संयुक्त रुपमा पुर्जा बनाउने अभियान नै शुरु भएयता पछिल्लो समयमा महिलाका नाममा लालपुर्जा बनाउनेको संख्या बढ्दै गएका हो । महिलाका नाममा जग्गादर्ता २५ प्रतिशत राजश्व छुट हुने भएकाले पनि महिलाका नाममा जमीन दर्ता गर्नेको संख्या बढ्दै गएको हो । पहिला पहिला महिलाका नाममा लालपुर्जा आनाकानी गर्ने गरिएको भए पनि पछिल्लो समय महिलाका नाममा लालपुर्जा बनाउने क्रम बढेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *