नेपालको मुख्य समस्या के ?








बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
अग्नी ज्वालामा दरबार भन्ने पुस्तकका लेखक केशवराज देवकोटले २६३ मा लेखेका थिए तर उनको योग्यता र अनुभवको बारेमा म अज्ञात छु । उनले लेखेका छन् राजाहरु राष्ट्रवादी हुन सक्दैनन् आफ्नो सत्ता लम्ब्याउने काम राष्ट्रिय खतराको नाममा गरेका थिए प्रमाणको लागी राजा ज्ञानेन्द्रको नाम पनि दिएका छन्, त्यसबाट उनका टिप्पणीहरु फेल भई सकेका छन् । राजाहरु सत्ताको लागी भन्दा पनि राष्ट्रको लागी गर्छन । राजा ज्ञानेन्द्रलाई सत्ता भन्दा प्यारो राष्ट्र लाग्यो यदि नेताहरुले राष्ट्र जोगाई राष्ट्रको स्वाभिमान थामि दिन्छन् भने म जनताको नासो नेताहरुद्वारा जनतालाई बुझाई दिन्छु भनि राजमुकुट, राजदण्ड सुरक्षित राख्न जनतालाई बुझाई राजगद्दी परित्याग गरेका थिए के त्यो काम सत्ताको लागी गरेका थिए ? जनमत संग्रह गराउने हिम्मत र जनताप्रति नेताको विश्वास भएन अनि आन्दोलनको बहानामा नि जनताको काँधमा बन्दुक राखी आन्दोलनमा अगाडी लगाई आफू मर्ने डरबाट बच्न खोजी पछाडी पछाडीबाट बन्दुक पटकाउदै राजसंस्था नजिक पुगे पनि सबै नेपाली जनता नै हुन मार्नु हुदैन भनेर राजा ज्ञानेन्द्रले सरकारलाई भनेपछि उनको इसारामा एक जना पनि मारिएन ल भन्नुहोस लेखक महोदय केशवराज देवकोटजी । राजा मेरा नजिकका हुन तपाई टाढाको हो भन्ने मेरो सोच हुदै होईन, राजा महेन्द्रको कुरा गर्ने हो भने हाम्रो त भेट गर्ने पहुँच पनि थिएन छैन तर राष्ट्रको पहिचान विश्व सामु पुर्याउने राजा महेन्द्रको बारेमा Tiber Sekely ले एक लेख लेखेका छन् जुन २०२८ सालसम्मको एसएलसीको कोर्षमा समेत पढन पाईन्थ्यो त्यसको मुख्य शिर्षक थियो King Mahendra brings his country to light यो शिर्षकमा धेरै कुरा समेटिएका छन् । देश दर्शन गर्ने पहिलो राजा महेन्द्र जव मुगु मुस्ताङ दार्चुला सम्मको भ्रमण पुर्व पुर्वको भ्रमणमा निस्के लेखकले राजाका इच्छाहरु मनन् गरी उक्त लेख लेखिहाले लेखकले भनेका छन् मुगु, मुस्ताङ, कर्नालीमा त हावाहुरीले ठूला ढुंगाका गिटीहरु उड्दथे, जहाँ जहाँ राजाले पाईला राख्थे त्यहाँको मोटोलाई बृद्ध युवा युवती आफ्नो सीरमा हाल्दथे र त्यही माटोको टिका लगाउथे । विष्णुको अवतारको रुप ठानेर भक्तिभाव प्रकट गर्दथे । अझै पनि राजा ज्ञानेन्द्र गएका ठाउँमा ठूलो उपस्थिति र भक्तिभाव भएको हामी देख्दछौं । राजा त्रिभुवन नेपालका प्रथम नेताहरु सित जोडिएका थिए विपी कोईराला मनमोहन जस्ता नेताहरु सित जोडिएकाले उनीहरु मार्फत नै उनलाई भारतले कपटपूर्ण भावले दिल्ली लगेका हुन । लोभी नेताहरु जे नेहरुले भन्यो त्यही मान्दथे नेपाली नेताहरुलाई मिलाए पंडित जवाहरलाल नेहरुले कपटपूर्ण भावनाले दिल्ली लगेका हुन । जन्मदै देखि राणाहरुको चंगुलमा फसी बन्दी जीवन विताई रहेका त्रिभुवनले आफूमा त यस्तो अन्याय भएको छ भने जनता, कसरी बाँची रहेका होलान भन्ने अकल्पनिय सोचमा डुब्नु दोष थिएन । दोष त त्यति मात्र हो आफ्नो देशका तत्कालिन युवा नेताहरु पंडित जवाहरका भक्त तर नेपाल र नेपाल सरकारका दुष्ट होलान हुन सक्छन नेताहरुले कुरा बुझेर हुन या नबुझेर मेरो र मेरो देशको हितको लागी म सित बात गरि रहेका हुन कि अन्तैको हितको लागी भनेर कुरा बुझ्न नसक्नु र नेताहरु माथि विश्वास गरी देश छोडी दिल्ली जानु निश्चय पनि दोष नै थियो । राजा त्रिभुवन त जन्मेदेखि नै राणाहरुको दरबार रुपी बन्दी गृह जस्तोमा थिए आफूखुसी गर्न पाउँदैनथे राणाहरु सित नै खर्च मागी काम चलाउथे । पत्रपत्रिका पुस्तक पनि सेन्सर गरेर मात्र राणा सरकार भित्र पुर्याउथे कडा निगरानी र रेखदेख पनि थियो । पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता भन्न यदि लाज लाग्छ भने अरु कसले गरेको हो ? राष्ट्र निर्माणकै क्रममा ५२ वर्षको उमेरमा उनको मृत्यु भएपछि उनका छोराहरुले त्यो क्रम जारी राखी अन्तिम कागडा र टिष्टासम्म पुर्याएका हुन । अन्तमा भिमसेन थापाको जिद्दीले गर्दा सुगौली सन्धी गर्नु परेको थियो दुरदर्शी अमर सिंह थापाले भनेको कुरा मानि दिएको भए कागडा सम्म नेपालकै रहने थियो भैरहवातर्फ गोरावपुरको केही हिस्साको लेनदेनमा अंग्रेज मन्जुर भए पनि भीमसेन थापा मन्जुर भएनन् र परिणाम सुगौली सन्धी भयो ।
राजाहरुले देशको धन विदेशी बैंकमा राख्यो हामी ल्याउँछौं भन्नेहरु आज सरकारमा छन्, सत्ताबाट पनि हटी सकेको १३÷१४ वर्ष भैसक्यो त्यो भन्ने वाला सत्तामा भएर पनि आजसम्म पनि न देखाउन सक्यो न ल्याउन सक्यो । कुनै पनि शासक राष्ट्रपति प्रधानमन्त्री जो भए पनि एक्लै काम गर्दैन नीति बनाउने हो दर्शन दिने हो त्यो दर्शन र नीतिले राज्य संचालन हुने हो । दोस्रो विश्वयुद्धमा जापानका राजकुमारले विष सेवन गरी आत्महत्या गरे भने प्रधानमन्त्रीले छुरीद्वारा । सन १९४६ अगस्त १५ तारेखका दिन मध्यान्ह १२ बजे जापानमा एकै साथ २ वटा ऐतिहासिक घटना घटे । जापानका सम्राटबाट पहिलो युद्ध हारेको कुरा रेडियोबाट हुकुम हुँदा मौसुफको बाणी सुने, १५ अगस्टको दिन जापानी जनताले विताएको सबैभन्दा लामो दिन थियो । राजा जतिसुकै बलिया भए पनि एक्लैको हातले केही गर्न सकिदैन राष्ट्रको पुरा शक्ति लागेको हुन्छ । त्यस बेलाको विश्वमा जापानमा युद्द मन्त्रालय, युद्ध मन्त्री थिए भने आजको विश्वमा शान्ति मन्त्रालयहरुको गठन भएका छन् । एक्लै राजा केही होईनन् तर सहयोगीहरु हरेक काम गर्छन, राजा राष्ट्र प्रमुख वा
सरकार प्रमुखलाई सल्लाह सुझाव दिन्छन् कसैको सल्लाह दार्शनिक हुन्छ त कसैको क्षणिक आवेगको । वीर बलभद्र कुँवर, अमर सिंह थापा र भीमसेन थापाले राजालाई अंग्रेजसितको युद्धमा दिएको सल्लाहमा प्रधानसेनापति प्रधानमन्त्री भीमसेन थापाको सल्लाह मात्र राजाले बाध्य हुनु पर्यो किनकि सबैकर्ता उनीहरु नै थिए त्यस्तै त्यसपछिका राजाहरुको पनि हो र त्यस्तै आजका राष्ट्र प्रमुख र सरकार प्रमुखको पनि हो कामकाज हरेक षडयन्त्रले गर्छ । वर्तमानका प्रधानमन्त्री र राष्ट्रपतिको हातमा के छ, केवल सत्ताधारीको उचो कुर्सी मात्र छ इमान्दारी र वेईमान हामी छौं गल्ती हाम्रो हो, सभाषद्हरु को हो, राष्ट्रको स्वार्थ हैन कि हामी आफ्नो स्वार्थ खोग्दैछौ । दोष अर्कालाई दिने गर्छौ त्यस कारण राष्ट्रका बाधक राजा नेता नभई हामी दोस्रो पक्षका सबै हौ । हामीले कर्मनिष्ट हुनुपर्नेमा हुन सकेनौं र कम्युनिष्ट मात्र भयौं रह्यौं भने अरुलाई के दोष दिने बाधक राजा नभएर तपाई हामी हौं राजाले त सत्ता नै जनचाहना यस्तै हो भने जनताको नासो जनतालाई फिर्ता गरी जनतासित घुलमिल भएका छन् नेता सरकार राणा सरकारझै जनतालाई भेट्न दिदैनथे तर आज हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भनि नारा घन्काई रहेका छन् । विशाल जनसमूह जहाँ राजा भए उतै गई स्वागत गर्छन र राजालाई हामी कहाँ पनि आई देउ भनि अनुरोध गरिरहेका छन् ।
जो तपाई हामी सबै सामु प्रष्ट देखिन्छ । केशवराज देवकोटजी नेपालको मुख्य समस्या तपाई हामी र नेहरुजीको नीति हो राजतन्त्र हैन सबै प्राणधारीले स्वतन्त्र चाहन्छन् भने तपाई हामी त मनुष्य हौं तपाईलाई प्रजातन्त्र र मलाई गैर प्रजातन्त्र चाहिदैन प्रत्येक मनुष्य स्वतन्त्र भएर बाच्न चाहन्छ तपाई मात्र हैन म पनि त्यही चाहन्छु तर लेन्डपदोर्जे जस्ता चाहदैनन् मात्र भन्ने हाम्रो सोच हो ।







