सहुलियत भाडामा हेलिकोप्टर सञ्चालन गर्न छाङ रुवासीको माग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार /दार्चुला, १० साउन
दार्चुलाको छाङरुका वासिन्दाले सहुलियत भाडामा हेलिफोप्टर सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहसित माग गरेका छन् ।
ब्यास क्षेत्रको भ्रमणमा रहेका मन्त्री शाहलाई ब्यास गाउँपालिका वडा नं. १ माग पत्र बुझाएको हो । ब्यासको छाङरुमा आवतजावत गर्न बाटोघाटो नभएकाले सहुलियत भाडामा हेलिकप्टर सेवा सञ्चालन गर्न माग गरिएको छ । ब्यास गाउँपालिका १ का अध्यक्ष अशोक कुमार बोहराले मन्त्री शाहलाई माग पत्र बुझाएका हुन् ।
मन्त्री शाह शुक्रबार छाङरु पु्गेका हुन् । उनीसंगै सेनाका उपरथी प्रेम शाही र बाहिनीपति (सहायकरथी) शंकर पण्डित पनि ब्यास क्षेत्रको भ्रमणमा छन् ।
छाङरुमा स्थापना भएको सशस्त्र प्रहरीको बिओपी तथा नेपाल प्रहरीको पोष्टको अवलोकन, घाँटिबगरको घोरेटो बाटोको अवलोकनका लागि
मन्त्री शाहको टोली ब्याँस प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *