सुकुम्बासीको पक्षमा लेख्न सकेन क्षमा माग्छु








बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
म स्वयम सुकुम्बासी मेरा बुवा आमाको नाममा जग्गा छैन थिएन मोही तालुकदारहरुको नाममा जग्गा थियो, बुवा काकासँग पैसा छ भन्ने कुरा थाहा पाएपछि अनेक बहानाले तालुकदार परिवार जग्गा छोडी दिए अव लाग गर्ने छैन १÷२ हजार रुपियाँ देउ आज म मर्कामा छु भन्दै ५/१० वर्ष नपुग्दै दिनसके जती रकम माग्दै लैजाने बुवा काकाले त्यसमा पनि चित्त बुझाई रहे पनि मैले बुझाउन सकेन ।
मैले २०२६ सालको एसएलसी परिक्षा दिएपछि २०२७ अषाढ १४ गते म घरबाट निस्केर महेन्द्रनगर अषाढ १६ गते पुगे । राजा महेन्द्रले वर्माबाट आएका प्रवासी नेपालीको लागी महेन्द्रनगरमा नयाँ बसोबास खोलेको र खान लाउन नपुग्ने जनता, पहाडबाट मधेश आई बसोबास गर्छन भने पक्की साल सिसम काटन नदिई कुकाठ मात्र भएको ठाउँमा आवाद गर्न दिनु र आज भन्दा पुर्व आफूखुसी कुकाठको जंगलमा बसी जग्गा आवाद गरेको भए न उठाउनु बस्न दिन भनेर २०२७ साल श्रावण ४ गतेको राजपत्रमा सूचना प्रकाशित समेत भैसके पनि १०÷११ परिवारलाई वन कार्यालय कञ्चनपुरले उठाई मुद्दा चलाएकोमा अदालतले सोही सूचनाको आधारमा मुसेपानीमा जग्गा आवाद गर्ने उदयसिंह सावद सहित चार जना भएको वन विनास मुद्दामा सफाई दिई बस्न दिनु भन्ने आदेश वन कार्यालयलाई दिएको थियो । मैले पनि सुकुम्बासीको नाताले जग्गा माग्न अंचलाधीशलाई निवेदन दिए । त्यसबेलामा भु.सु. कार्यालयमा हाल आवादी शाखा थियो अंचलाधीशको आदेशले बसोबास गरिन्थ्यो ।
त्यस बेलामा नामुद ठालुहरु गरिवलाई जग्गा नदिएमा राजी हुने गर्थे कारण हलिया राख्न आफूले जस पाउने गरी बसोबास गराउन चहान्थे । हाल आवादी शाखाका अधिकृतको मृत्यु पश्चात सबै काम भु.सु. कार्कालयले हेर्न थाल्यो तर भु.सु. बाट जग्गा वितरण गर्दा रकमको चलखेल हुन थाल्यो र नपाउनेले पाउने पाउनेले नपाउने स्थितिको जानकारी अंचलाधीश सित पुगेपछि सो कुरा राजालाई पनि जाकारी हुँदा महेन्द्रनगरमा बेग्लै नयाँ बसोबास कार्यालय खोली एक इमान्दार व्यक्ति कृष्णबहादुर चन्दलाई त्यसको प्रमुख बनाई अव्यवस्थित रुपले बसोबास गरेकाहरुलाई व्यवस्थित गरी प्रति विगाहाको रु ९०० किस्ताबन्दीमा राजश्व लिने गरी १.५ विगाहको अधिकतम हद राखी जग्गा वितरण गर्ने कार्य सुरु भयो ।
जिल्ला प्रशासन, नापी, बसोबास, जिल्ला वनका कर्मचारी, प्रहरी तथा स्थानीय जनप्रतिनिधि साथमा राखी यथार्थ जग्गा पाउनेको लगत खडा गरी जग्गा वितरण गरी सुकुम्बासी समस्या समाधान गर्ने उपायका साथ जग्गा पाए सबै खुसी भए । एक इमान्दार व्यक्तित्व रहेका कृष्णबहादुर चन्दले कञ्चनपुर जिल्लाभरीका नयाँ बसोबास गर्ने बेलौरीदेखि ब्रह्मदेव सम्मका जनतालाई जग्गा वितरण गर्यो तर आफ्नो आफ्नो परिवारको नाममा एक विगाहा पनि राख्ने इच्छा गरेन अन्तमा बसोबास कार्यालय बन्द भएपछि महेन्द्रनगर नगर विकास समितिमा अधिकृत भएर बसे नगर विकास समितिका सबै पदाधिकारी कर्मचारी समेतलाई १/१ घडेरी दिने भएपछि उनले पनि “च” श्रेणीमा एक घडेरी प्राप्त गरे शेष जीवन त्यही घरमा विताएका थिए । जग्गा त मैले पनि २०२७ सालदेखि माग्दै आऐका थिए अञ्चलाधीश टेकबहादुर रायमाझीले साना कर्मचारी र किसानको हितमा काम गर्दा ठालुहरुले रीस साध्न थारु माननीयद्वारा राजा सित टेकबहादुर रायमाझीको सिकायतको निवेदन दिई उनले गरेका जग्गा वितरण कार्य रद्द भयो पछि ठालुहरुले नै फाईदा उठाए बाँकी हेर्या हेर्यै रहेका थिए ।
ठालु गुण्डाहरुले वन सुदृढीकरणको नाममा त कहिल्यै सुकुम्बासीको नाममा वन विनास गर्दै गए । आजसम्म नेपालमा ३ करोड जनता छन भने जग्गा ७०÷८० लाख व्यक्तिको नाममा होला बाँकी सबै सुकुम्बासीलाई जंगल कटान गरी दिदैमा गैर सुकुम्बासी रहदैनन् । उसका छोराछोरीले त्यो स्थान लिन्छ अबको नेपालमा सुकुम्बासी भन्दा बढी रेखदेख बेरोजगारीको गर्नु पर्छ । देशमा कलकारखाना खोली व्यापारद्वारा सुकुम्बासी समस्या हटाई स्वयम स्वरोजगार बनौं ।







