७ नम्बर प्रदेशमा म्यादी प्रहरीमा भर्ना हुन माग भन्दा तेब्बर आवेदन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १९ चैत्र

आगामी स्थानिय निकायको निर्वाचनलाई ध्यानमा राखी म्यादी प्रहरी आवश्यक पर्ने भनी सूचना प्रकाशित हुदा आवश्यक पर्ने संख्याको भन्दा करिब तेब्बर आवेदनहरु परेका छन् ।
आवेदन दिनेहरुमा १७ हजार २ सय ५ पुरुष र २ हजार ५३ जना महिला रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ ।
नेपाल प्रहरीले स्थानीय तहको चुनावको सुरक्षाका लागि कैलालीमा १ हजार ५ सय ३५ म्यादी प्रहरीको माग गरेको
थियो । जसमा ५ हजार २ सय ४९ पुरुष, ८ सय ७१ महिला गरि कुल ६ हजार १ सय २० जनाको आवेदन परेको छ ।
त्यस्तै बझाङमा ५ सय ७७ जनाको माग भएपनि १ हजार १ सय ४० पुरुष, १ सय ५ महिला गरी १ हजार २ सय ४५ जनाले निवेदन दर्ता गराएका छन् ।
यसैगरी बाजुरा जिल्लामा १ हजार २ सय २८ पुरुष, १ सय १२ महिला गरि १ हजार २ सय ४० जनाले आवेदन दिएका छन् । बझाङमा ५ सय ३५ जना म्यादी प्रहरी माग गरिएको थियो ।
डोटीमा ६ सय ८ जनाको माग भएपनि १ हजार ४० पुरुष र १ सय ४५ जना महिलाले आवेदन दर्ता गराएका छन् । डडेल्धुरा जिल्लामा कुल १ हजार ३ सय २६ जनाले आवेदन दर्ता गराएका छन् । जसमा १ हजार १ सय ८१ पुरुष, १ सय ४५ महिला छन् । यहाँ ४ सय १३ जना म्यादी प्रहरीको माग छ ।
त्यस्तै ७ सय १७ जनाको माग
रहेको बैतडी जिल्लामा १ हजार ५ सय ३५ जनाले आवेदन दर्ता गराएका छन् । जसमा १ हजार ४ सय ७२ पुरुष र ६३ जना महिला रहेका छन् ।
दार्चुला जिल्लामा पनि माग गरेको भन्दा धेरैले आवेदन गर्दा गराएको देखिन्छ । यहाँ ५ सय ३० जनाका लागि आवेदन माग गरिएको थियो । जसमा १ हजार ३ सय ५६ पुरुष, ९२ जना महिला गरी १ हजार ४ सय ४८ जनाले आवेदन दर्ता गराएका छन् ।
कञ्चनपुरमा १ हजार ५५ जना म्यादी प्रहरीको माग गरिएकोमा ३ हजार ४ सय ९५ जनाले आवेदन दर्ता गराएका छन् । जसमा ३ हजार १ सय ४१ पुरुष र ३ सय ५४ महिला छन् ।
सुदूरपश्चिमाञ्चलको कैलाली जिल्लामा सबैभन्दा बढी आवेदन परेको छ भने सबैभन्दा कम डोटीमा रहेको क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ । युवायुवतीहरु विदेश पलायन भइसकेको हल्ला र रेकर्डबाट देखिएको थियो तर अझै पनि बेरोजगारीको संख्या अथाह देखिएको
छ । यी म्यादी प्रहरीहरुलाई जसको उमेरले भ्याउँछ उनीहरुलाई योग्यता हेरी स्थायी तर्फ दिनसके राम्रो हुने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *