राष्ट्र प्रमुख, सरकार प्रमुख राष्ट्रका गौरव हुन सम्मान गर्न सिकौं








आत्म समय र अनुशासन सिकाएर सिकिदैन, आत्माको आत्मीयता हुनु पर्दछ । आफै सिकिन्छ र अनि आफै झुक्छन झुक्ने वर्ग, विद्वानहरुले भनेका छन्, “झुक्छन वृक्ष सदैव फूल फलले भारी हुँदामा अति, झुक्छन सज्जन मान पाई मनमा सेखि नराखी रति” माथिका २ प्रमुखलाईन ढुङ्गा मुडा
दिएर हैन मान सम्मान दिएर झुकाउनु पर्छ र राज्यले सन्तोष प्राप्त गर्दछ । तर स्वार्थी लेखक पत्रकार कविका नामले पनि यौटा शक्तिलाई गाली गरी अर्को शक्तिको उत्पादन गर्दछन त्यो पहिलो शक्तिको सत्रु होईन मित्र हो भन्ने कुरा बुझ्नु पर्दछ । अनि राष्ट्र, राष्ट्रियता र त्यसका जिम्मेवार पदाधिकारी मजवुत हुन्छन । राष्ट्रको लागी हितकार्य गर्न उत्साहको उर्जा पैदा हुन्छ । यो कुरा सम्पूर्ण नागरिक विद्वानहरुले जान्नै पर्ने हुन्छ । राज्य सञ्चालन गर्ने त राष्ट्रका विद्वान बुद्धिजीवी हुन राजाका राष्ट्रपति प्रधानमन्त्री त राष्ट्रका औजार हुन राज्य सञ्चालन गर्न सकिदैनन् जतिसुकै निरंकुशतामा पनि जनताको साथ नभए सकिदैन । जस्तो कि एक गाउँमा बन्दुक बम लगेर २ जना आन्दोलनकारीका नामले माओवादी गए प्रहरी चौकी उडाए जनता खुसी भए प्रहरीलाई होईन कि माओवादीलाई साथ दिए त्यो ठीक बेठिक आफ्नै ठाउँमा छ, २०५८ जेठ १९ गते राजा विरेन्द्रको हत्या भयो त्यो हत्या गरिव किसानका छोराको षडयन्त्र होईन हत्यारा माथि कारवाही भएन किन भने राजसंस्थालाई राज्यको बाधक मान्ने शक्ति पनि थियो । राजा विरेन्द्रको हत्यापछि राजा ज्ञानेन्द्रलाई सत्ता च्यूत गर्न सजिलो भयो यदि राजा विरेन्द्रलाई नमारेको भए नेताहरुको बाधक भनिने राज संस्था जाने थिएन राष्ट्रद्रोही गद्धारहरुकै करामतले राजा पनि गए राज संस्था पनि गयो । जसले राजसंस्थालाई खायो भोली अरुलाई नखाला भन्न सकिदैन त्यो शक्ति स्वदेशी वा विदेशी जो भए पनि नेपालको लागी हात धोएरै पछि परेको छ ।
नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण देखि राजा महेन्द्र जसले नेपाललाई विश्व सामु आफ्नो दर्शनले चलाए उनको विरोध आज गर्नु उपलब्धीहीन काम हो तर पनि गरिरहेका छन् । बरु जंबहादुर राणाले सत्ताधारीहरुलाई मारेर सत्तामा गए वर्तमानका नेताहरु बाध्यात्मक गाउँ गाउँका जनताका १७ हजार छोराहरुलाई मारेर सत्ता लियो फरक त्यत्ति हो जे सुकै भए पनि आफ्ना अगुवा राष्ट्र प्रमुख या सरकार प्रमुखहरुको बाह्य जगतमा अपवाह फैलाउनु पाप हो ।
देशमा विभिन्न किसिमका विकिृति विसंगति पनि फैलिदै गएका छन्,। सामाजिक संजालको दुरुपयोगले सामाजिक विकृति विसङ्गति झन बढ्दै गईरहेको छ, मानवले मानवलाई हेर्ने दृष्टिकोण नै फरक हुँदै गएको छ । यस्ता विकृतिको अन्त गर्न सरकारले दुई कदम अगाडी बढनुपर्ने आजको आवश्यकता
रहेको छ । यस्तै समाजको अस्तित्व र मानवीय नैतिक शिक्षाको पनि आवश्यकता महसुस भएको छ । गाउँ, समाज, राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउन देशका नागरिकलाई सचेत र सजग बनाउन जरुरी देखिन्छ ।







