महाकाली नदी किनारका बासिन्दा बाढीको जोखिममा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १० साउन
विभिन्न क्षेत्रमा रहेका नदी किनारका बस्ती बाढी पहिरोको उच्च जोखिममा परेका छन् । वर्षातको समयमा नदीको बहाव बढ्दै जाँदा कटान गर्ने सम्भावना कायमै रहेको हुन्छ । यस्तो अवस्थामा विशेष गरेर महाकली र जगबुडा नदीको बहाव तिब्र भए संगै कञ्चनपुरको माहाकाली नगरपालिकाको बिभिन्न भागमा बाढीको त्रास बढेर आएको छ । महाकाली र जगबुडा नदीमा रहेको कुतियाकवर, शान्ति टोल, बैतिफाँटा तथा प्रधानटोल, सुन्दरनगर, १८ नं. पिल्लर बस्ती लगाएतका गाँउमा पानीको सतह बढ्न थालेपछि स्थानियहरुमा त्रास छाएको हो ।
स्थानिय प्रेम कार्की अनुसार महाकाली र जगबुडा नदी एक आपसमा ठोक्कीदा नदीको पानी ओभरफ्लो भएर बस्तीमा पस्ने गरेको बताए । महाकाली नदीको बहावको संग जगबुडा नदीको बहाव ठोक्कीदा जगबुडा नदीको पानी माहाकाली नगरपालिका वडा नं. १० को शान्तिटोल, बैतिफाँटा तथा कुतियाकवर क्षेत्रमा पस्ने गरेको उनको भनाई रहेको छ् । बिगतका दिनहरुमा कुतियाकवर, शान्ति टोल, बैतिफाँटामा नदीको बाढी बस्तीमा पस्दा स्थानियहरु नजिकमा रहेको ओमकार निमाबि तथा अम्बिका उच्च माबिमा आश्रय लिन बाध्य भएको थिए ।
महाकाली नदी र जगबुडा नदी दोभानमा बस्दै आएका घर परिवारले सुरक्षित बासस्थानको माँग गरे पनि समस्याको समाधान हुन सकेको छैन् । माहाकाली नगरपालिकाको पहलमा कुतियाकवर, सुन्दरनगर आसपास केही क्षेत्रमा तटबन्ध निमार्ण कार्य समेत भएको छ । तर जगबुडा नदी नियन्त्रण तथा रोकथाममा गुरुयोजना संचालन गर्न स्थानियहरुले माग राख्दै आएका छन् । बर्तमान सरकारले जगबुडा नदी नियन्त्रणमा फाटफुटरुपमा कार्यक्रम संचालन गरेको र वडा नं. ३ देखि वडा नं. १० महाकाली र जगबुडा नदीको दोभान क्षेत्र सम्म गुरुयोजना संचालन गर्नु पर्ने तटिय क्षेत्रमा बस्दै आएका स्थानियहरुको माग रहदै आएको छ् । महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बस्दै आएका स्थानियहरु अहिले महाकाली र जगबुडाको बहाव बढ्दै जादा उनिहरुलाई चिन्ताले सताउन थालेको हो ।
बाढीमा बालबालिका, गर्भवती र वृद्ध वृद्धालाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता रहेको उनको भनाई छ् । सरकारले झोलुङ्गे कहिले बनाईदेला भन्ने पर्खाईमा अठार नम्वर पिल्लर बस्तीका स्थानियहरु बस्दै आएका छन् । माहाकाली नगरपालिका वडा नं. १० स्थित रहेको अठार नम्वर पिल्लर बस्तीमा झण्डै ६ घरधुरी बस्दै आएका छन् । अठार नम्वर पिल्लर बस्ती नेपाल–भारत सिमा क्षेत्र संग गासिएको बस्ती हो ।
सरकारले बस्ती जोगाउन पहल नगरेको कारण झण्डै २० घरधुरी बिगतका दिनहरुमा बिस्तापित भएको अठार नम्वर पिल्लर बस्तीका बुढा पाखाहरु बताउछन् । बस्तीमा झण्डै १ सय बिगाह भन्दा बढी स्थानियहरुले जग्गामा धान तथा मकै खेती छ् । जगबुडा नदीमा अहिले आएर जग्गा कटानी गर्न थालेको छ् । सुन्दर ओली, रमेश दमाई, दान सिंक भट्ट लगाएत एक दर्जन भन्दा बढी स्थानियहरुको जग्गा जगबुडा नदीले जग्गा कटानी गर्दै गरेको उनिहरु बताउछन् । महाकाली नदी र जगबुडा नदीको बाढको कारण तटिय क्षेत्रका स्थानिय जाग्रम बस्दै आएको स्थानिय डम्मरा देबी ओलीले बताएका छन् । महाकाली र जगबुडा नदीमा पानी छोड्ने नछोड्ने भारतको हातमा रहेको हुदा आफुलाई चाहिए जति पानी लिने र बाँकी पानी नेपाल तिर छाड्ने गर्दा माहाकाली नगरपालिकामा डुवान तथा कटानको समस्या आएको स्थानियहरुको ठहर छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *