महाकाली अस्पतालको सेवा सुधार तर्फ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार /महेन्द्रनगर, १० साउन
महाकाली अस्पतालको सेवा सुधार तर्फ गईको छ । महाकाली अस्पतालको सेवाग्रहीहरुलाई उच्च मनोबलका साथ गुणस्तरीय उपचार पद्धतिको सुरुवात गरेको छ । आगामी दिनमा सबै विशेषज्ञ डाक्टरहरुको टिम तयार गर्नतर्फ उन्मुख देखिएको छ । अस्पतालमा विशेषज्ञ डाक्टरहरु थप्ने क्रम
जारी रहेको छ ।
आर्थिक वर्ष २०७६/०७७ को महाकाली अस्पतालमा सम्पन्न गतिविधिहरुको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य मान बहादुर सुनारले महाकाली अस्पतालाई व्यवस्थित बनाउन प्रदेश सरकारलाई दबाव दिने बताएका छन् । महाकाली अस्पतालको सामाजिक लेखा परीक्षण कार्यक्रममा उनले महाकाली अस्पताल सुधारलाई पहिलो प्राथमिकतामा राखेर दबाव दिइने जनाए । महाकाली अस्पताल सुधार मेरो पहिलो प्राथमिकता हो, यो अस्पताल मेरो निर्वाचन क्षेत्रमा पर्छ, चुनावमा जनता सामु मैले सुधारको वाचा गरेको छु’ उनले भने,‘पहिला भन्दा केही सुधार भएको छ, थप सुधारका लागि प्रदेश सरकारलाई दबाव दिन्छु ।’ महाकाली अञ्चल अस्पताललाई केही समय अघि महाकाली अस्पताल नामाकरण गरिए दर्जा नदिइएकोमा सभासद् सुनारले असन्तुष्टि व्यक्त गरे । ‘यो अस्पताललाई महाकाली अञ्चलबाट महाकाली अस्पताल बनाइयो, सेतीलाई प्रादेशिकको दर्जा दिइयो,’ उनले भने, ‘योलाई उप प्रादेशिक भनिए पनि यो प्रादेशिक नै बन्छ, म प्रदेश सरकारलाई घच
घचाउँछु ।’ महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउन सुदूरपश्चिम प्रदेश सरकारसंर्गै संघीय सरकारलाई पनि दबाव दिने सभासद् सुनारको भनाई थियो । सुदूरपश्चिम प्रदेश सरकारले महाकाली र सेती अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरिए पनि पछि सेतीलाई मात्रै प्रादेशिक बनाइएको थियो । महाकालीलाई अनौपचारिक रुपमा उप प्रादेशिक घोषणा गरिए पनि अहिलेसम्म त्यसले वैधानिकता पाएको छैन ।
महाकाली अस्पताल प्रादेशिक नभएपछि अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर दुखेसो पोखेका थिए । मन्त्री ढकालले अनौपचारिक रुपमा उप प्रादेशिक लेख्न आग्रह गरेका थिए । सुदूरपश्चिम प्रदेश सभा सदस्य सुनारले अस्पताल सुधारका लागि भौतिक निर्माण र जनशक्ति व्यवस्थापन दुबैलाई प्राथमिकता दिने उल्लेख गर्दै कार्य सम्पादनका आधारमा कर्मचारी र चिकित्सकलाई पुरस्कार वा सजाय दिइनु पर्ने बताए ।
सुदूरपश्चिम प्रदेश सरकारमा कैलालीको प्रभावशाली राजनीतिक शक्तिका कारण महाकालीलाई प्रादेशिक बन्न नदिइएको आशंका गरिएको छ । महाकालीलाई प्रादेशिक बनाइए पनि सेतीको आकर्षण घट्ने आशंका राखेर प्रादेशिकको सूचीबाट हटाइएको हुन सक्ने आँकलन गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष जोशीले प्रादेशिक अस्पताल बनाउन राजनीतिकरण गरिएको आरोप लगाए ।
दुबैलाई प्रादेशिक बनाउने भनियो, पछि महाकालीलाई महाकाली अस्पताल भनियो, सेतीलाई प्रादेशिक भनियो’ उनले भने,‘यसमा पूरै राजनीति
गरियो, महाकालीलाई प्रादेशिक बनाउन रोकियो ।’ सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई हेपेर प्रादेशिक बनाउन नचाहेको भन्दै त्यसको केही दिनपछि स्थानीय सरकारका प्रमुख सहितको बैठकबाट प्रादेशिक अस्पताल बनाउन माग गरिएको थियो ।
महाकाली अस्पतालको सामाजिक परीक्षणमा प्रमुख जिल्ला अधिकारी नूरहरि प्रसाद खतिवडा, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) क्षेत्र नं. ३ का क्षेत्रीय संयोजक देबेन्द्र ढुङ्गाना, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठले अस्पतालको गत वर्षको प्रगति विवरण प्रस्तुत गरे ।
कार्यक्रममा गत वर्षको सामाजिक लेखा परीक्षण प्रतिवदेन प्रस्तुत गरिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *