किन चाहिए आयोगहरु ? मन्त्रालय भए पुगेन ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालमा राजनीतिक फाईदा लिन मत संकलन गर्ने लोभले विभिन्न आयोगहरु बनाएका छन् । इमान्दारी निष्पक्ष भएर काम गरेमा यसको जरुरत
पर्दैन । आयोगहरुमा मुस्लिम आयोग, थारु आयोग, समावेसी आयोग, महिला आयोग, दलित आयोग, जनजाती आयोग जस्ता आयोगहरु राजनीतिक स्वार्थ परिपुर्तिको लागी मात्र यी आयोगहरु गठन गरेको होईन भन्ने आधार छैन । जातजाती सम्बन्धि आयोग गठन गर्नु प्राकृतिक नियम र नियत संगत छैन । राज्य ऐन कानूनले चल्नु पर्छ जात जातीले हैन । नेपालको संविधानले सबैलाई समान ठाने अनुरुपको काम पनि गर्नुपर्दछ । जाति प्रमुख केही गर्न सक्दैन । ४/६ जना जातीय व्यक्तिलाई माथि चढाई दिदैमा के त्यो जातिको उत्थान हुन्छ ? के आदिवासी जनजाती मुस्लिमका २/४ जनालाई मुखिया खरिदार सिपाही बनाई दिदैमा त्यो जाती सर्वश्रेष्ठ शक्तिमान हुन्छ ? के जाति लिङ्ग, भेदभाव गर्नु युक्ति सँगत छ ? जे भएपनि समानताको आधारमा देश चलाउ भन्ने हाम्रो राय हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *