धान दिवश मनाईदै, चिन्ता चामल आपुर्तीको

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपाल भारत सहितका ४३ देशहरुले धान दिवस मनाउनका लागि गलय राष्ट्र संघलाई अनुरोध गरेका र सन् २००४ देखि धान दिवस मनाउन गरिएको हो । सब भन्दा पहिलो वर्ष धान दिवसको नारा धाननै जीवन हो rice is life भन्ने थियो । यस वर्ष २०७७ को नारा धान उत्पादनमा बृद्धि आत्मनिर्भरता र समृद्धि भन्ने रहेको छ ।
नेपालमा धान दिवस २०६१ सालदेखि मनाईदै रहेको २०७७ सालमा आईपुग्दा आसाड १५ गते १७ औ राष्ट्रिय धान दिवस मनाईएको छ । आसाड १५ गतेलाई दही चिउरा खाने दिनको रुपमा पनि मनाईने गरेको हुनाले सोही दिनमै धान दिवस मनाउन मन्त्रीस्तरीय निर्णय गरिएको थियो । नेपालको कुन जिल्ला टोल यहासम्मकि पाखा, कुना कन्दरामा समेत जल र जमीन भएको हुदा पाखो धान, चैते धान, र राप्ने धान चाही बढी रुपमा खेती गर्ने गरेको वर्तमान अवस्था छ । अन्तराष्ट्रिय धान अनुसन्धान केन्द्रस्थान -IRI) International Rice Institute बाट ५ दशक अगाडी निकालेकोIR8 आई आर ८) भन्ने धानको जन्म नेपाल पराल छोटो हुने तर उत्पादन भने धेरै हुने भएकोले किसानहरुले उत्पादनका आधारबाट रुचाएका हुन् । भनिन्छ भारततको चेन्नाई भन्ने ठाउमा एक किसानले यो जातको धान लगाएको र फसल काटी चुट्दै गरेका दिन धान उत्पादन यतिभयोकि भण्डारण गर्नका लागि ठाउँको कमि भएको अवस्था र त्यतिबेलानै घरमा किसानको बच्चा जन्मेछ र किसानले त्यो बच्चाको नाम पनि IR8 राखी दिए । बिगत ३÷४ दशकदेखि नेपालमा उच्च पहाड, मध्यपहाड, भित्रि तराई र तराईका लागि धानका उन्नत जातहरु सिफारिस Recomended गरिएको अबस्था छ ।
समृद्धिको पहिलो आधार भनेको कृषि हुनुपर्दछ तर वर्तमान अवस्थामा कृषि क्षेत्र आकर्षक र मर्यादित हुन सकेको छैन । कृषि विकासका लागि नीतिगत र राष्ट्रिय कृषि नीति उत्पादनमुखि परिमाण र प्रतिफल प्राप्त हुन नसक्नुमा कृषि क्षेत्रमा बढी परनिर्भरता २०४८ देखि २०६२÷०६३ पछिबाट झनै बढेर गएको तथ्यांक र बस्तुगत तथ्यबाट प्रष्ट छ यसको मुख्य कारण सबल, सक्षम र दीगो राष्ट्रिय नीति न बन्नु, देशमा बढ्दो भ्रष्टाचार, अनियमितता र कर्मचारीतन्त्र Burocracy मा राजनीतिकरण हो । बर्सेनी नेपालमा बाहिरी मुलुकबाट खर्बको अंकमा खाद्यान्न, मसला, अमिलो फलफुल तरकारी मासुजन्य बस्तु लगायत आयात हुने गरेको छ । गत वर्ष एक तथ्यांक रिपोटका अनुसार अमेरिकाबाट ३÷४ लाखको दाल आएको तर त्यो सर्बसाधारणका लागि भने नरहेको छिमेकी देश भारतबाट नेपालमा चामल आउन्थ्यो कोरोना भाईरसले उत्पन्न गरेको विषम परिस्थितिमा यस वर्ष २०७७ मा चामल कहाबाट ल्याउने हो नेपाल सरकारभन्न थाली सक्यो ।
कृषि अनादिकालदेखि नै कृषि हाम्रो जीवनको मुल आधार हो र स्वस्थ जीवनको आधार स्वच्छ र स्वस्थ भोजन हो भने कृषि प्रणाली त्यसको मुख्य आधार कृषिलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ । यस क्षेत्रको समष्टिगत विकाश गर्न सके मात्र राष्ट्रिय अर्थतन्त्रको आधार सबल र सक्षम हुन सक्ने तथा गरिबिनिबारण गर्ने राष्ट्रिय प्रयासमा सहयोग पुग्ने कुरा यथार्थतालाई हृदयगम गरिनु पर्दछ । बहुउपयोगी किसिमबाट नीति निर्माण गरी योजना संचालन कार्यान्वयन गरिनु पर्दछ ।
नेपालको सन्दर्भमा यो कुरा बुझ्नै पर्छ र गहकिलोरुपमा अध्ययन,विश्लेषण गर्नै पर्छ, ३ दशकसम्म खाद्यान्न र नगदेबाली लगायत नेपालबाट बाहिरी मुलुकमा निर्यात हुदै थियो तर २०४८ पछि नेपाली जनताको मतबाट बनेको तत्कालिन नेपाली कांग्रेसको बहुमत प्राप्त सरकारबाट देशमा सुचारुरुपले संचालन भएका उद्योग, कलकारखाना सबै उत्पादन हुने क्षेत्र नीजिकरण privatigation को नाममा बिक्री गरी बेरोजगार उत्पन्न गराएर देशको उद्यमशील भरपर्दो जनशक्तीलाई उद्योगको रुपमा मेन पावर खोलेर बाहिरी मुलुकमा पठाउने कामका साथै देशमा भ्रष्टाचार, अनियमितता, दुराचार प्रवृतिको बिकाश हुदै गएर त्यसैको निरन्तरता अनुसार नै आज देशमा कृषि क्षेत्र धरासायी भएर यसमा भएको आकर्षण घट्दै गएर बर्तमान अवस्थामा पहाडी भु–भागका मानिसहरु कामको खोजी, रोजगारीका लागि, पारिवारिक जीवनयापन गर्न तराई तर्फ बसाई सराई पलायन हुने क्रम बड्दो छ । स्थानीय सरकार सिंहदरवारबाट कृषिको क्षेत्रमा सबल, सक्षमतापुर्वक कृषक समुदाय बर्गका लागि उचित प्रकारले योजना संचालन नगरेको अबस्थाबाट नै राष्ट्रियता उत्पन्न भएर कृषि व्यवसाय पेशातर्फ आकर्षण घट्दै गईरहेको बर्तमान अबस्था छ । पहाडका जिल्लाहरुमा समुचित बिकाश हुन नसके भोलीका दिनमा पहाडको जनजीवनमा प्रतिकुल प्रभाव पर्नुका साथै जनजीवन कष्टकर हुदै जाने, बिकाश हुननसकेको अवस्था, तराइको उर्वर भुमी बस्ती बिकाश शहरीकरणले तीब्रता लिन थालेको छ भने अर्कोतर्फ बनजंगल बिनाश गर्नु यस्तो अवस्थामा पहाड र तराईले दोहरो मार खेप्न पर्ने र तराईमा बसोबास रहन सहन असहज अप्रत्यासिल प्रतिकुल प्रभाव नपर्ला भन्न सकिदैन, तथा सरकारका नीति योजना असन्तुलन निर्णय हुदै गरेको, विकाश निर्यातमा अनियमितता र चरम भ्रष्टाचार, पहाडमा डोजरले खन्ने संख्यामा बृद्धि हुदै गरेको अनुत्पादित क्षेत्रमा असन्तुलित विकाश निर्माण र अर्थतन्त्रको दुरुपयोग भईरहेको बर्तमान अवस्थामा पहाडका जिल्लाहरुको विकाश कल्पनामा मात्रै सिमित रही गरिबि र बेराजगारी बढ्दै गएर जनताको जीवनयापन झन झन कष्टकर हुदै गईरहेको बिद्यमान अवस्थामा छ । देश र जनताको कल्याण र समृद्धि तथा विकाशका लागि परिणाम देखिने गरी उचित प्रतिफल प्राप्त गर्न जिम्मेवारीपुर्वक सदाचारी भएर अगाडी बढ्नु आवश्यक छ ।
कृषि विकाशको सन्दर्भमा जिल्लाकृषि विकाश कार्यालयको नाम परिवर्तन गरेर हाल कृषि ज्ञान केन्द्र रहेको छ तर त्यहा ज्ञानेन्द्रमा बिगतमा भएको पनि चौपट लथालु«ङग, भताभुङ्ग भएको अवस्था छ स्थानीय तह सिंहदरवारबाट सम्पुर्ण गतीविधि सेवा संचालन गरिने भएको तर नीति योजना नभएर तथा सेवा प्रबाह उचित प्रकारले नभएकै कारण कृषि क्षेत्रको विकाश हुन सकेको छैन । कोरोना भाईरस उचित प्रकारले नभएकै
अ बाँकी समाचार पृष्ठ ३ मा कारण कृषि क्षेत्रको विकाश हुन् सकेको छैन । कोरोना भाईरस लकडाउन Lockdown बखत १ करोडको पाउडर दुध र ४ करोड फलफुल तरकारी नेपालमा बाहिरबाट आयात भएको रेकर्ड तथ्यांकले देखाएको छ भने स्वदेशमा किसानले उत्पादन गरेको तरकारी नष्ट गर्नुपर्ने अवस्था छ ।
नेपालमा कृषि विकासको पृष्ठभूमिः
नेपालमा आधुनिक कृषि विकासको ऐतिहासिक थालनी राणाकालीन प्रधानमन्त्री जंगबहादुर राणाले प्रथमतः वि.सं. १९०६ तिर बेलायत र फ्रान्सबाट फलफुल तथा क्लोभर घासको बिड, जर्सी साडे र जर्सी गाई सर्वप्रथम नेपालमा भित्र्याएको थियो । श्री ३ चन्द शमसेरले सर्वप्रथम वि.सं. १९७८ मा कृषि अड्डा र वि.सं. १९८४ मा सपृरीमा चन्द्र नहर निर्माण १९८२ मा सिंहदरबार परिसरमा कृषि प्रदर्शनी फार्म, कृषि अड्डालाई कृषि विभागमा परिणत गरिएको थियो । वि.सं. १९९० को महा भुकम्पपछि २००७ सालमा नेपाल संयुक्त राष्ट्र संघ अन्तर्गत खाद्य तथा कृषि संगठन-FAO) Food Agricluture organization को सदस्य बन्यो र वि.सं. २०१० सालमा त्रिभुवन ग्राम विकास कार्यक्रम संचालन भएर योजनाबद्ध र संस्थागत तबरले कृषि प्रसार कार्यक्रमAgriculture Extension programmeको थालनी भयो, केन्द्रमा त्रिभुवन ग्राम विकास विभाग र जिल्ला ब्लक डेभलपमेन्ट अफिस र BDO ब्लक डेभलपमेन्ट अफिसर रहने गरी त्रिभुवन ग्राम विकास कार्यक्रमको स्थापना भयो । बैतडी जिल्लाका लागी पाटनमा कार्यालय राखियो र जिल्लाका किसान जनतालेको कृषिको क्षेत्रमा ज्ञान हासिल गर्ने अवसर पाएको अवस्था सुरुवात भयो । सँगसँगै शिक्षाको क्षेत्रको विकास गर्न नर्मल तालिम केन्द्रको पनि स्थापना भएर पाटनबाट बहुउद्देश्यका रुपमा तालिम प्राप्त शिक्षक उत्पादन गर्ने कामको सुरुवात भयो । विउजीवजन फलफुलका विरुवा किसानहरलाई उपलब्ध गराउनका साथै प्राविधिक प्रविधिको थालनी गरिएको त्यस बखत उपलब्ध गराईएका लिचि, कटहर फलफुलका विरुवाले हालसम्म पनि फल दिईरहेको अवस्था छ । त्यस बखत कृषक स्तरमा कृषका घरमा कम्पोष्ट मल बनाएर प्रयोग गर्नु पर्दछ भनिएको र प्राक्टिकल रुपमै बताउने काम गरिएको थियो । त्यस बखत मेरो घरमा ग्राम विकासबाट उपलब्ध भएको अंगुर फलको विरुवाबाट केही थोरै फल दिने गरेका अवस्था अझै छ ।
वि.सं. २०१४ सालमा स्व. राजा महेन्द्रबाट देशभरी पैदल भ्रमण गरेर देशको कुन क्षेत्र ठाउँ, भुगोलमा के कस्तो सम्भाव्य उद्योग, कलकारखाना र कृषि क्षेत्रको विकासका लागी उपयुक्त हुन सक्छ भनि साथमा सम्बन्धित क्षेत्रका विज्ञ समेतको सहयोग लिएर तत्सम्बन्धमा व्यावहारिक ज्ञानका लागी काठमाडौं फर्केपछि अध्ययन विश्लेषण र देशको आवश्यकता महसुस गरी कृषि सम्बन्धी जे.टि.ए. प्राविधिक जनशक्ति उत्पादन गर्न स्कुल अफ एग्रिकल्चर (School of Agriculture) कमो जगदम्बा भवनमा स्थापना भयो । क्रमशः कृषि प्रसार लगायतका कृषि पद्धतिमा अध्ययन अध्यापन सुरुभै सर्वप्रथम कृषि रेडियो कार्यक्रम प्रसारण सुरु भयो । यसै गरी देशका सबै भागमा विकास योजनाको सुरुवात भएको र पश्चिमको बैतडीमा पनि सतबाँज कृषि फार्म र पाटन क्षेत्र र बैतडी जिल्ला समग्रको विकास गर्ने महेन्द्र राजाबाट आह्वान गरे अनुसार पाटनको सिलंगामा अगरीगाड सिचाई योजना संचालनमा आएको थियो । राजा महेन्द्रबाट २०१८ साल बैशाख १ गते नेपाललाई १४ अंचल ७५ जिल्ला घोषणा गरेपछि समग्र देशभरी सबै क्षेत्रमा विकास योजना सञ्चालनमा गति बढ्दै गएको अवस्था छ । आजको अवस्थामा आईपुग्दा विडम्बना यो छ की परनिर्भरता यति बढ्यो कि स्वदेशी मौलिकतामा ह्रास ल्याएर उत्पादनशीलतामा ध्यान नदिएर, भ्रष्टाचार, अनियमितता र दुराचारमा बृद्धि भएर विदेशी दाता राष्ट्रहरुलाई नेपाल गरिव देश हो, यहाँका जनता गरिब छन विकास गर्ने नामा ऋण र अनुदान हाथ थापेर हालका राज्य सत्तामा बस्नेहरु सरकार चलाउनेहरुले दानापानी माग्ने गरेको, त्यसरी मागेको धनरासीको दुरुपयोग र राज्य दोहन भैराखेको अवस्था जगजाहेर छ । राष्ट्र र जनताप्रति देश विकास गर्नमा सकारात्मक सोच, चिन्तन, लगनशीलता, सदाचारिता, नैतिकता, इमान्दारीता, कुशलता, आदर्शता र सुसपष्ट दृष्टिकोण भएको नेतृत्व र व्यक्तिबाट राज्य सत्ता सारकार सञ्चालन भएकै कारण आज अमेरिका, चीन, जापान, इजरायल लगायतका मुलुकहरु प्रथम श्रेणीका दर्जामा छन् ।
गरिवी निवारण र जिवनोस्तरमा विकासका लागि जनमुखी कार्यक्रम ः
कृषि वातावरण संरक्षण, जैविक विविधता संरक्षण र प्रबद्र्धन, कृषक स्तरमा विकास कार्यक्रम संचालन, कृषि तथा पशुपालन, कृषि सामग्री आपुर्ति, कृषि जन्य बस्तुको प्रबद्र्धन तथा विकास र बजारीकरण, कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून मापदण्ड, योजना कार्यान्वयन, कृषि प्रसार तथा जनशक्ति उत्पादन कृषि सम्बन्धी सूचना, भूबनौट अनुसारको सम्भाव्य कृषिबाली उत्पादन विकास योजना सुधार र पद्धतिको विकास र व्यवस्थापन,
रोजगार प्रबद्र्धन र बेरोजगार न्यूनिकरण, कृषिमा आत्मनिर्भरता यी सबै लक्ष्य प्राप्तिका लागि आधारभूत विषय हुन । स्थानीय तह सरकार जुन सिंहदरबारको रुपमा पनि बुझिने गरिएको छ । त्यहाँबाट तदनुरुप कार्यक्रम योजना कार्यान्वयन सञ्चालन गरिएका छन वा छैनन् जनता जान्न चाहन्छ । समिक्षा विगत ३ दशक देखी प्रत्येक वर्ष सरदर ४०–५० अर्बको चामल मात्रै बाहिरी मुलुकबाट आयात गर्ने अवस्थामा देशलाई ल्याई पुर्याएको बर्तमान स्थिति राज्य संचालनबाट छ भने सरकारको कार्य नीति, शैली तथा राज्य संरचनाले पनि खेतीयोग्य जमिन बाँझिदै गएको सिचाईको सुविधा घट्दै गैरहेको कृषिमा परनिर्भरता बढ्द्र गएको, कृषिको क्षेत्रमा आशा लाग्दो अवस्था नरहेको जवकि जिल्लामा कृषि विकास ज्ञान केन्द्र ७७ र स्थानीय तह
सरकार सिंहदरबारका रुपमा रहेका ७५३ गरी ८३० वट कृषि क्षेत्रको विकास गर्नका लागी प्रमुख निकायहरु छन जहाँबाट किसान जनतालाई भरपर्दो, स्तर युक्त सेवा दिएर उनको जीवनस्तर उकास्ने र जनजिविकाको स्तरलाई माथि उठाउनकै लागि अर्बौको धनरासी बजेट खर्च भैरहेको तर बालुवामा पानी हाले सरहको स्थिति वर्तमानमा छ । सरकारले राष्ट्रिय धान दिवस, मनाई रहेको वर्तमान अवस्थालाई कृषि प्रधान देशका जनताले कस्तो आशा गर्न सक्छन ? जनता जान्न चाहन्छ । नेपालमा वि.सं. २०१० सालमा सहकारी विभागको स्थापना भएपछि सहकारी क्षेत्रको विकास आरम्भ भएको हो । नेपाल सरकारबाट २०६९÷९÷१७ गते राष्ट्रिय सहकारी नीति २०६९ स्वीकृत भएको अवस्था छ । सहकारी क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारले २०६९ साल जेठ ५ गते सहकारी तथा गरिबी निवारण मन्त्रालयको स्थापना समेत गरेको छ । गरिबी न्यूनिकरण उत्पादनशील रोजगारको सृजना, वातावरण संरक्षण, उद्यमशीलताको विकास उत्पादन बृद्धि जस्ता उपलब्धी हासिल गरी देशको सामाजिक तथा आर्थिक विकासमा सहकारी क्षेत्रबाट योगदान पुर्याउन राष्ट्रिय सहकारी नीतिको अपरिहार्यता रहेको छ । देशमा ७४ हजार भन्दा बढी सहकारी संस्था छन् । १०० सय करोड भन्दा बढी रकम हिनामिना भएको कृषि मन्त्रीबाट २०७६÷१÷२५ गते खुलाना भएको छ । यस बारेमा के भएको छ जनता जान्न चाहन्छ ।
जनताको स्तर उचित रुपमा बृद्धि हुने हो र असल नेतृत्व र राजनैतिक क्षेत्र भ्रष्टमुक्त भै कुशल इच्छा शक्तिले काम गरिदिने हो भने नेपाल विश्वमै भ्रष्टाचारमुक्त देशको रुपमा पहिचान बनेर द्रुत गतिले विकास गर्न सक्षम हुन सक्छ । समृद्धिको पहिलो आधार भनेको कृषि हुनुपर्दछ तर वर्तमान अवस्थामामा कृषि क्षेत्र आकर्षक र मर्यादित हुन सकेको छैन । कृषि विकासका लागि नीतिगत र राष्ट्रिय कृािष् नीति उत्पादनमुखी परिणाम र प्रतिफल प्राप्त हुन नसक्नुमा कृषि क्षेत्रमा बढी परनिर्भरता विगतका ३ दशकदेखि झनै बढेर चरम सिमामा पुगेको तथ्याङ्क र बस्तुगत तथ्यबाट प्रष्ट छ, यसो हुनुको मुख्य कारण सबल, सक्षम र दिगो राष्ट्रिय नीति नबन्नु देशमा भ्रष्टाचार र अनियमितता हो ।
नेपाली जनताको जीवन स्थितिमा साच्चिकै सुधार ल्याउन जिम्मेवार राज्य सञ्चालनकर्ता, नेतृत्व वर्ग, नेतागण, राजनेता, कर्मचारीतन्त्र र आदर्श नागरिक सबैबाट नैतिकता, इमान्दारिता, सदाचारिता र कर्तव्य परायणता यी ४ वटा –ता) र आराध्यदेव श्री पशुपतिनाथलाई स्मरण र बाचा सहित प्रतिबद्धता गरिदिएमा देश र जनताको कल्याण हुन्थ्यो कि ?
कृषिको क्षेत्रमा बौद्धिक विज्ञता हासिल गरेका कार्यरत र निवृत सबै तहका प्राविधिकलाई अवसर प्रदान गरी स्थानीय स्तरमै हावापानी माटो सुहाउँदो विभिन्न कृषि बालीको पहिचान गरी आवश्यकतानुसार गुणस्तरीय विउबीजन, बोटविरुवा उत्पादन गरी सुरक्षित कृषि खेती बालीमा उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ र बाहिरबाट गुणस्तरहीन बिउलाई निरुत्साहित गर्न सकिन्छ जसले गर्दा उत्पादनमुखी अर्थतन्त्र सुदृढ बन्न जान्छ ।
ज्यादै बढी मेसेनरी, यान्त्रिक उपकरण र रासायनिक मल मात्रैको प्रयोगमा आधारित र निर्भरता तथा प्रोत्साहित नगरी निम्न आय गरिबीको रेखामुनी रहेका मध्यम वर्ग किसान जनताको विकास, गाउँको विकास गर्न जमीन, जल र प्राकृतिक तथा पुरातात्विक सम्पदा सहितद्ध कृषि र पर्यटनलाई संयुक्त रुपमा योजना केन्द्रित भै दिगो विकास गर्नका लागि प्रतिनिधिमुलक संस्था स्थानीय तहबाट समुदायमा आधारित ग्रामीण विकास कार्यक्रम Agriculture Development village community programme संचालन गर्न सकिन्छ । जस अनुसार पशु, माछा, तरकारी खेती, फलफुल खेती,
मौरीपालन, तेलहन बाली, नगदेबाली, अन्नबाली, सिचाई, शुद्ध खानेपानी, वन संरक्षण, वातावरण स्वच्छता यसका अतिरिक्त मसलाबाली, कफिखेती, मरिच खेती, तिमुरखेती, अलैची खेती, आयुर्वेदिक विरुवा उत्पादन, जडीबुटीमा मोरिङ्गो (कोशा भित्रको दाना र पातबाट औषधी)Medical proof जस्ता जीवन उपयोगी सिस्नु प्रशोधनबाट पाउडर उत्पादन, जैविक विषदी उत्पादन यसका साथै प्राङ्गारिक खेतीमा तरकारी, अन्न Organic farming उत्पादनमा बढी प्रभावकारी योजना कार्यक्रम प्राविधिक प्रविधिमा आधारित रहेर जनजीविकाको स्तरमा आशातीत उपलब्धीपूर्ण विकास गर्न सकिन्छ । कृषिको क्षेत्रमा योजना तर्जुमा गर्दा समष्टिगत रुपमा आर्थिक उपार्जन(Economic Improvement) र कृषक स्तरमा एकिकृत विकास कार्यक्रमIntigrate of Agriculture Develpoment programme का साथै गाउँ स्तरमा पर्यटन कृषिलाई संयुक्त रुपमा Agro-Tourism कार्यक्रम घोषणा गरेर योजनाबद्ध तरिकाबाट व्यवसायिक प्राङ्गारिक कृषि खेतीOrganic farming मा आधारित स्वस्थकर कृषि खाद्य उत्पादनबाट आत्मनिर्भर बन्नु पहिलो प्राथमिकता हुनुपर्दछ । यसका साथै कृषिसँग बन Agro-forest समेत संलग्नता अनुसार कार्यक्रम कार्ययोजनाबाट रोजगार र आर्थिक समृद्धिको पनि प्रमुख श्रोत अनुकुल कृषि प्रणाली नै हो र आन्तरिक अर्थतन्त्र Self Relivant Economy पनि बलियो र सबल बन्न सक्छ ।
कृषकः
सिंगा सृष्टि खुलेर हांस्दछ भरे ।
दीगो पुष्टि भनेर उसैले गरे ।।
माटो छ सुबर्णका कण हरु ।
सक्नु हुन्छ मोती त्यसैमा छरु ।।
खोज्नु हुन्न कदापि खुसी फार्मर ।
जान्नु हुन्न कदापि यो देशभन्दा पर ।।
ज्ञानी भैकन कार्यका शिखरमा ।
चढछौ भने लौ चढ त्यसैमै ।।
जे गर्नु छ कृषि, जनले पर्नु भर ।
कर्मठ हाथहरुले यो देश भित्रै गर ।।
माटो छ सुबर्ण त्यसैमा भर गर ।
हर्सिलो भै मोती त्यसैमा छर ।।
बाली दीपक ज्ञानको भर सधै ।
हामी सबै जनहरु ज्ञानी र सजन्नै ।।
मधेशी पहाडी हिमालका हिमाली ।
सयौ जात जाती हामी सबै नेपाली ।।
हामी सबै समान हौ हक बराबरी ।
मिलि सबै बोल्छौ भाषा थरी थरी ।।
अनियमितता भ्रष्टाचारले जनता दुखी भया ।
हुन्थ्यो तब निर्मूल जनताजाग उठ्या ।।
गरीबका नामले विदेशको धनमाल ।
नेताहरु खान थाले अमेरिकाको दाल ।।
धन्यवाद ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *