आज जे भारतमा छन् ती सबै नेपालमा थिए

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज हरिद्वार बद्रीनाथ, केदारनाथ लगायतका तिर्थ स्थलहरु भारतमा छन् ति सबै नेपालमा थिए । पौराणिक कालमा म्यानमार, पाकिस्थान, सिक्किम, भुटान सबै भरत खण्डमा पर्दथे । भरतको नामबाट प्रख्यात भुखण्ड नेपाल भारतको साझा सम्पत्तिको रुपमा रहेको छ ।
अव विश्व व्यापारीकरण तर्फ गएकोले पर्यटक भित्र्याउने चालबाजीले बुद्धको जन्म भारतमा भएको हो भनि भारतीय नेताहरु विश्वभर झुटा प्रचार
प्रसारमा लागी परेका छन् । हाल अयोध्या भारतमा छ, कालापानीमा महाकाली नक्कली बनाएझै रामजन्म स्थान भारत नभई नेपाल हो । अयोध्या नक्कली बनाएको हो भनेर प्रधानमन्त्री के.पी. ओलीबाट प्रकाशमा आउनु ल्याउन अनुभवको असक्षमता हो ।
मिडियाहरुले साँस्कृतिक धार्मिक इतिहास विदहरुले अनुसन्धान गरेको कुरा प्रकाशमा ल्याउने र त्यस बारेमा मन्त्री परिषदले छलफल गरी कारवाही गर्ने
हो । सर्वमान्य सर्वाधिकार सम्पन्न सरकार प्रमुख आफै बोल्छ र निभाउन सक्दैन भने देशको नै बदनाम हुने हो । ओली र ओलीका आसे पासेको केही हुदैन तसर्थ राष्ट्र मजाकमा चल्दैन गम्भीर भएर चलाउ बोलेको कुरा हुनै पर्छ बरु विश्व शक्ति नै सही कुरामा प्रयोग गर्न किन नपरोस । भारतको जन्म त अंग्रेजले छोडेर गएपछि भएको हो । पहिले भारतमा सयौं देश थिए अंग्रेजहरुले एकिकरण गरी हिन्दुस्तान तथा आफूलाई सुहाउने नाम क्ष्ल्म्क्ष्ब् राखेका हुन । धेरै सम्पदा र तिर्थस्थलहरु भारतमा नभएर नेपालमा नै थिए विशाल नेपालको नक्सा हेरेमा प्रष्ट हुनेछ । बालक भाषाको अडान गरेमा देशले धोका पाउनेछ । यस्ता आवाजहरु उठाउँदा राजनीतिक पार्टी इतिहासविद तथा सञ्चारका मिडियाहरुले उठाउनुपर्छ अनि मात्र त्यसमा सरकार, सरकार प्रमुखले गहन अध्ययन गरी कारवाही गर्ने हो भन्ने हाम्रो राय रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *