किसान उखु खेतीतर्फ आकर्षण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, ३ साउन
कृषकहरु उखी खेतीमा आकर्षित भएका छन् । नगदे बालीका रुपमा रहेको उखु खेतीको कञ्चनपुरमा क्षेत्र विस्तार गरिएको छ । अधिक उखु खेती हुने महाकाली, बेलौरी र बेलडाँडीमा उखु खेतीको क्षेत्र विस्तारको कार्य गरिएको हो ।
किसानलाई उखु खेती विस्तारका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले बीउमा ८० लाख रकम अनुदानका रुपमा उपलव्ध गराईएको छ । एक सय २५ जना उखु खेतीमा संलग्न किसानलाई बीउमा अनुदान रकम उपलव्ध गराएका छौं कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख रामचन्द्र भट्टले भने, ‘जसबाट उखु खेतीको तीन सय हेक्टर क्षेत्रफल थपिएको छ ।’ उनका अनुसार कैलालीको भजनीका किसानलाई समेत उखु खेती गर्नका लागि अनुदान रकम दिईएको छ । औद्योगिक बालिका रुपमा रहेको उखुको क्षेत्र विस्तार संगै क्षेत्रफल बढेर ७ हजार चार सय पुगेको छ । आब ०७५/७६ मा उखु खेतीको क्षेत्रफल पाँच हजार छ सय रहेको थियो । जसको उत्पादन दुई लाख ४८ हजार चार सय मेट्रिक रहेको थियो । आब ०७६/७७ मा उत्पादन बढेर तीन लाख २४ हजार मेट्रिक टन पुगेको छ । उखु खेती गर्ने किसानलाई कृषि औजार र उपकरण अनुदानमा उपलव्ध गराउनुका साथै संगै खेती गर्ने नयाँ तरिकाहरु सिकाउन थालिए पछि प्रति बर्ष उखुको उत्पादन बढदै गएको छ ।
किसानले हाल परम्परागत हलोको प्रयोग गरी उखु लगाउने कार्यलाई भने छाडदै गएका छन । ट्रेन्च र चिप कटर विधिको प्रयोग गरी उखु रोप्दै आएका छन । उख बाली संगै किसानले अन्तरबालीका रुपमा तोरी, आलु, लसुन, मसुरो, मटर र धनियाँ खेती गरी अतिरिक्त आम्दानी समेत गर्दै आएका छन । उखु खेतीलाई प्रोत्साहीत गर्नका लागि किसानलाई अनुदान रकम संगै खेती गर्ने तौरतरिका र उन्नतजातका बीउ लगाउनका लागि कार्यक्रम सञ्चालन गरिएका छन । बर्षातको समय डुवानमा पर्ने क्षेत्रका किसानहरुलाई समेत उखु खेती गर्नका लागि अनुदान रकम उपलव्ध गराईदै आएको छ । डुवानका कारण कृषि उत्पादन नहुने खेतमा उखु खेती हुन थालेपछि किसानको आम्दानी बढेको छ ।
सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कैलाली र कञ्चनपुरमा उखु खेती विस्तारका लागि आव ०७५/७६ मा रु एक करोड २५ लाख रकम अनुदान प्रदान गरेको थियो । जस बाट उखु खेतीको छ सय विघा जग्गा क्षेत्रफल थपिएको थियो । मुख्य मन्त्री एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यक्रम अन्र्तगत उखु खेती गर्ने बेलडाँडीका किसानलाई रु ५० लाखको बजेटमा कृषि उपकरण, औजार, बीउ विजन र नयाँ प्रविधि उपलव्ध गराउने कार्य समेत गरिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *