क्वारेन्टाईनको अवस्था दयनीय








दिशानिर्देश समाचार
महेन्द्रनगर, ३ साउन
हरेक निकायले इमान्दारिता निभाउनु पर्छ आज क्वारेन्टाईनहरु पशु क्वारेन्टाईन हुन वा मानव क्वारेन्टाईन, विश्वमा फैलिएको महामारीको कारण नीतिगत क्वारेन्टाईनमा राखेपछि स्थानीय नेताहरुले आफन्तको समेत लालचमा क्वारेन्टाईनमा राखी सकेपछि होम क्वारेन्टाईनको नाममा घर नै नभएका भारतको दिल्ली बेङ्गलोर, मुम्बईबाट आएका नेपालीहरुलाई क्वारेन्टाईनमा राखी सकेपछि होम क्वारेन्टाईनको लागी भनेर कसैको घरमा राख्ने र उतैबाट भगाउने गरेको पाईन्छ ।
महामारीमा विद्यालय बन्द भएका छन् र विद्यालयमा क्वारेन्टाईन राखेर पढाई देशभर नै बन्द गरिएको छ । क्वारेन्टाईनबाट मनपरी प्रकारले राख्ने र मुलाहिजा लोभमा राख्ने र छोड्ने काम गर्नु अपराध भएको स्थानीयको भनाई छ ।
स्थानीय सरकारको कमी कमजोरी स्थानीय जनप्रतिनिधिहरुको बदनियत र बदमासीले भारतका विभिन्न ठाउँबाट नेपाल छिरेकाहरुबाट
कोरोनाको संक्रमण बढेकोले प्रत्येक क्वारेन्टाईन न.पा. तथा प्रहरीहरुबाट दैनिक जाहेरी राखेको भए त्यसको विवरण र नराखेको भए सो को जानकारी समेत सार्वजनिक हुनुपर्ने यहाँका स्थानीयको माग छ ।







