हात्तीपाइले रोग निवारण गर्न चुनौती

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
धनगढी, १८ चैत्र

कैलाली कञ्चनपुरमा हात्तीपाइले औषधी खुवाइने बारे पत्रकार सम्मेलन गरी यो रोगको बारेमा छोटकरी ज्ञान र औषधीको उपलब्धीब बारेमा पत्रकारहरुलाई जानकारप् गराएको थियो । कञ्चनपुरमा सोही दिन औषधी खान योग्य पत्रकारहरुले सर्वप्रथम सम्मेलन हलमा नै औषधी सेवा गरेका थिए तर कैलालीमा भने सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाइ दिँदा रोग निवारणमा चुनौती बढेको छ ।
हात्तीपाइले रोगको सङ्क्रमणबाट बढी प्रभावित जिल्ला मध्येको एक कैलालीमा औषधि नखाने प्रवृत्ति छ । ‘साइड इफेक्ट हुन्छ भन्ने भ्रममा पर्दा सम्भ्रान्त र हुने खानेले यो रोगविरुद्धको औषधि सेवन गर्न मान्दैनन्’, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले भने, ‘जान्ने बुझ्नेले पनि औषधि नखाइदिँदा रोगको पूर्ण रोकथाममा समस्या देखिन सक्छ ।’
ग्रामीण क्षेत्रका बासिन्दाले औषधि खानेदर सहरी क्षेत्रको तुलनामा बढी रहेको छ । दुई वर्ष उमेर माथिका, दीर्घरोगी, गर्भवती, सिकिस्त बिरामी, मुटु–कलेजो रोगी, मिर्गौला र छारे रोगी बाहेकका सबैले हात्तीपाइले रोग विरुद्धको औषधि खानुपर्ने भए पनि शिक्षित सम्पन्न र हुनेखानेले नै औषधि नखाने गरेको बताइएको छ ।
चार वर्षअघिको तथ्याङ्क अनुसार कैलाली जिल्लाको कुल जनसङ्ख्या मध्ये झन्डै छ प्रतिशतमा रोगको सङ्क्रमण छ । अपाङ्गताका प्रमुख दुई कारणमध्ये दोस्रो कारण हात्तीपाइले रोग नै रहेको बताइन्छ ।
नेपालमा सन् २०२० (विसं २०७६ तिर) सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्यअनुरुप रोगविरुद्धको औषधि खुवाउने अभियान सरकारले चलाउँदै आएको छ । जिल्लामा यस वर्ष यही चैत ५, ६ र ७ गते सञ्चालन भएको हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान अन्तर्गत आठ लाख १८ हजारलाई औषधि खुवाउने लक्ष्य राखिएकामा बढीमा ७० प्रतिशतले मात्रै औषधि खाएको अनुमान छ ।
‘गत वर्ष ६४ प्रतिशतले मात्रै यो औषधि खाएका थिए’, भट्टले भने, ‘यस वर्ष ७० प्रतिशतले मात्रै खाएको अनुमान गरिएको छ ।’ कतिले औषधि खाएको भन्ने यकिन विवरण भने आउन बाँकी छ । हात्तीपाइले रोग लागेमा हातखुट्टा र ग्रन्थी सुन्निने, हाइड्रोसिल हुने, स्तनमा गिर्खा देखिने लगायत समस्या देखिने भई समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गता हुने गर्छ ।
हात्तीपाइलेको औषधी खान निश्चित ठाउँमा सबै नआउने ठानेर घरदैलोमा नै गएर औषधी खुवाइने योजना थियो । कार्यकर्ताले घरदैलोमा जाँदा औषधी माग्ने हामी खाइहालछौं भनेर भित्र लैजाने हुदा विश्वासमा औषधी दिएपनि खाएनखाएको ठोस रुपमा भन्न सकिने आधार नभएको कारणले उन्मुलन हुन्छ भन्ने गाह्रो परिरहेको सबै क्षेत्रबाट जानकारीमा आएको छ । अब उप्रान्त यो औषधी खुवाउँदा आफ्नै हातले सामनेमा खुवाउने पर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *