हाम्रो देशको जिम्मेवारी हाम्रो हो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हामी नेपाली, हाम्रो देशको जिम्मेवारी हाम्रो हो, त्यस कारण कुनै पनि नेताहरुले आफू सत्तामा पुग्नको लागी बाह्य हस्तक्षेप गराउनु हुदैन । अलि अलि हस्तक्षेप हुँदै गर्दा आज नेपाल अघोषित हस्तक्षेपको भूमरीमा परेको छ । बाह्य हस्तक्षेपको बीउ राणा सरकारले बन्दी जीवन जस्तै बनाएका
राजा त्रिभुवनलाई देखाएर जवाहरलाल नेहरुद्वारा नेपालमा राजनीतिक आर्थिक हस्तक्षेप गर्न लगायो । हाम्रा नवउदयमान त्यसबेलाका नेताहरुले त्यो हस्तक्षेप नेपालप्रतिको नीति थियो, त्यो कुरा राणा सरकारले बुझ्न सकेन । जसरी राजा विरेन्द्रले भारतको शरणमा जानु भन्दा म नेपाली जनताकै
शरणमा जान्छु भनि २०४६ सालमा घोषणा गरेका थिए । त्यस्तै घोषणा राणा सरकारले गरेको भए राजा, राणा, जनता मिलेर देशको खातिर लागेको भए आज नेपाल सानो होइन कि विशाल राष्ट्र नै रहने थियो । किन कि नेपालको बदनाम भएको थिएन । प्रत्यक्ष दासत्वबाट नेपाललाई जोगाउन राजा महेन्द्रले खेलेको भूमिका पनि अतुलनीय छ फरक यति हो राजा महेन्द्रलाई कोही फूलको आँखाले हेर्छन त फुल नै देख्छन् भने जो काँडाको आँखाले हेर्छन उनी राजा महेन्द्रलाई काँडा नै देख्छन । हाम्रो देश निर्माणको जिम्मेवारी हामी नै हो भन्ने कुरा जवसम्म नेताहरु बुझ्दैनन तबसम्म देश विकासमा कठिनाई आईरहन्छ । एकता नै राष्ट्रको पहिचान हो पुर्वपश्चिम राजमार्गमा पनि जनसहभागिता रह्यो । २०३५ सालमा सतबाज बैतडीदेखि गोठालापानी सम्मको कच्ची सडक जनसहभागिता जनश्रमदानद्वारा काटिएको थियो । त्यसबेलामा आजका जस्ता निर्माण उपकरणहरु भ्याकु, जे.सी.वी. स्काईभेटर अर्थात निर्माणका औजारहरुमा बेल्चा, साबेल, टोकरी घैटीहरु मात्र थिए त्यस्तो अवस्थामा राज्य सञ्चालनमा पनि त्यस्तै कठिनाई हुन्थ्यो ।
जनप्रतिनिधि पाउन कठिन थियो । तपाई जनताको प्रतिनिधि भै दिनोस भन्नु पर्ने अवस्था थियो । केही वर्षपछि निर्विरोध हुन छोडी निर्वाचित हुन पुगे निर्वाचनमा सरकारी मतपेटिका थिएन र स्थानीय उम्मेद्वारले अर्थात गाउँ पञ्चायतका पदाधिकारीहरु आफ्नो बाँकस आफै ल्याउथे र जो रंग पायो त्यो मा राख्दथे खर्चिलो थिएन । विस्तार विस्तार पंचायतको अन्त तर्फ चन्द र थापा पक्षको नामले बहुदलिय रुप पायो चन्द पक्ष नै अगाडी थियो । २०४६ सालमा पनि बहुदलीय पार्टी व्यवस्था सुरु भयो र २०४७ मा नयाँ संविधान बन्यो । सबैले माने अन्तमा गएर जसले त्यो संविधान ल्याएका हुन उनैद्वारा निलम्बन गरियो ।
नेपालको संविधानमा राजसंस्थाको पनि हात रहेको अर्थात संंवैधानिक राजसंस्था पनि रहेकोले ती नेताहरुले सहन नसकी भारतको चंगुलमा फस्न पुगे । नेपालमा जनक्रान्ति ल्याउने नाममा भारतबाट प्राप्त हतियारद्वारा जनता र केही साना नेतालाई मार्ने काम भयो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *