हलिया प्रथाले दास प्रथा देखेन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

आदिकालमा विश्वभरी दास प्रथा थियो, मानव प्राणी नै प्राणीमा क्रुर पनि नरम पनि । दास दासीहरुले नेपालमा पनि अत्यन्त दुःख पाई रहेका थिए ।
चन्द्रसम्शेरको पालामा दास दासी प्रथाको अन्त्य भयो भने हलिया प्रथाको अथवा कृषि मजदुरको मुक्ति प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा भए पनि फरक यत्ति हो दास दासी प्रथाको अन्त्य व्यवस्थित राजी खुसीले गरिएको थियो भने हलिया प्रथा भनेको कृषि मजदुरहरु हुन सिधा सोझा आफै गरिखान हिम्मत नआएका खास गरी तराईका थारुहरु मध्ये थोरै व्यक्ति बढी जग्गा भएकाहरुबाट निरब्याजी रकम मागी ब्याज वापतको रकमले गोरु जोती खेती लगाई दिने काम गर्थे खानाको लागी परिवार संख्याको आधारले धान गहुँ दिने गर्दथे भने बाह्य खर्च गर्न साहुँबाट कर्जा निकाल्ने काम पनि गरि रहेका हुन्थ्ये ।
हलिया मुक्ति गर्दा हलियाको झिकेको कर्जा मिनाहा गरी उनलाई ५ कट्टा सम्म जमीन उपलब्ध गराए पनि विक्रि गर्दै खादै गर्ने चलन भएकोले जग्गा राख्न सकेन ।
आजभोली थारु मजदुरहरु कडा मेहनतका साथ सिकर्मी र डकर्मीमा व्यस्त छन् । जबसम्म सुपमा थारु थिएन तबसम्म कामदार विहारबाट आउथे । अचेल विहारीहरु आउँदैनन् । उनको स्थान स्वाभिमानी थारुहरुले लिएको छ । थारुहरु असाध्यै मेहनती छन निर्धक्क भएर निर्माण कार्यमा लागी रहन्छन तर व्यापारिक ठेक्का पट्टाको काममा भने सरकारी ल.ई. थोरै रहने भएकोले सरकारी ठेक्काको काम भवन निर्माण तथा सडक कालोपत्रे गर्ने कार्यमा भने भारतीयहरु नै अगाडी रहेका छन् । गाउँघरमा भवन निर्माण गर्दा नाफा घाटाको सरोकार खास केही हुदैन जे जति खर्च लागेपनि निर्धक्क साथ निर्माण कार्य सम्पन्न गर्छन तर कृषि कार्यमा भने छोडी सके जस्तो लाग्छ । दासहरुलाई घृणाको रुपले हेर्थे भने हलियाहरुलाई मर्यादाको रुपले हेर्छन र हेर्थे । त्यस कारणले पनि दास प्रथा र हलिया प्रथाको भेट हुन सकेनन् ।
हलिया मुक्ति भयो भन्ने कुरा सुनेपछि जीवनमा हलो नदेखेकाले पनि हलिया मुक्तिको लगतमा पहाडी भुल, दमाई, सार्की, पार्कीले समेत हलियाको लगतमा नाम लेखाए । हलियाको लगत लिई सकेर पनि ३/४ गुणाले छुट लगतमा नाम लेखाएका छन् । दास दासीहरुमा आफू बसेका घर परिवारले केही सिकेर उस्तै गर्छन भने हलियाहरुको अलग्गै कथा व्यथा देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *