एउटा निर्भिक मान्छे थानेश्वरप्रसाद भट्ट

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कल्यान ओझा

यस संसारमा विभिन्न प्रकारका मान्छेहरु जन्मन्छन् र मर्छन । कोही असल त कोही खराव । असल मान्छेले समाजको जति हित गरेको हुन्छ
खरावले पनि त्यति नै अहित गरेको हुन्छ । कुरो यति नै हो । त्यसैले समाजमा असल मान्छेको सधै टट्कारो आवश्यकता परिरहन्छ र परिरहनेछ । मान्छे जन्मिसकेपछि एक दिन त मर्नु छ नै तर असल मान्छे मर्दा सारा दुनिया रोईरहन्छन्, उसका राम्रा गुणहरुलाई समाजमा खोजिरहन्छन् ।
यस्तै असल मान्छेहरुमा एक हुन थानेश्वर प्रसाद भट्ट जी अर्थात वरिष्ठ अधिवक्ता उहाँलाई मैले सर्वप्रथम आफ्नै चुनावी क्षेत्रमा आफ्नै प्रचारमा जुरिरहेका बेला सायद २०४३/४४ साल तिर भेटेको हुनुपर्छ । त्यतिखेर उहाँ राष्ट्रिय पञ्चायतको सदस्यको उम्मेद्वार हुनुहुन्थ्यो । म कक्षा ९ मा पढ्थे शारदा मा.वि. दैजीमा । उहाँ पोल्खरी निवासी नर ब. भण्डारी जी को घरमा एक छिन चुनाव प्रचार गरी गईसक्नु भएको थियो । उहाँ गई सक्नुभएपछि उहाँ एक सशक्त वकील भएको कुरा नर ब. जी ले बताएपछि बल्ल मैले उहाँको बारेमा थाहा पाए । चुनावमा सम्मानजनक मत पाई
पराजित हुनु भएको समाचार मैले पाए । पछि एस.एल.सी. पास गरि सकेपछि म सिद्धनाथ बहुमुखी क्याम्पसमा विद्यार्थी भई पढ्न थाले केही समयपछि दिनको १ घण्टाको दरले क्याम्पसको पुस्तकालयमा विचुलरका विद्यार्थीहरुको लागि भनेर म र डबल ब. बोहराले नौकरी पायौं । संयोगले केही दिनमै थानेश्वर प्रसाद भट्ट क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष चुनिनु भयो । मैले चिनेका भट्ट जी अध्यक्ष हुँदा म गर्वले फुले । तेतिन्जेलसम्म म साहित्यमा अलि अलि वार्ता साप्ताहिकमा लेख्ने गरिसकेको थिए । उहाँले पनि मेरो नाम चिनेको हुनुहुदो रहेछ । एक दिन मेरो नाम सहित उहाँसँग परिचय गर्दा उहाँले मुस्कुराउँदै कविजी म तपाईलाई चिन्छु भनेर भन्दा म लज्जित भए । त्यस दिनदेखि मलाई देख्ने वित्तिकै उहाँ मुस्कुराउनु हुन्थ्यो, म लज्जित हुन्थे । पछि सार्थीहरुले मलाई महाकाली साहित्य संगमको अध्यक्ष चयन गर्नु भएपछि धेरै पटक उहाँ सँगमको प्रमुख अतिथि समेत बन्नुभयो । अनि त उहाँसँग भेट हुने वित्तिकै कविवर प्रणाम भनेर दुवै हात जोडी आउनु हुन्थ्यो । त्यो मिठो बचन अव पाउन असम्भव । पछि उहाँ न्यायाधिशमा चयन हुनुभयो । कुनै नेताको कुरामा चित्त नबुझेर उहाँले पदबाट राजिनामा दिनुभयो । त्यसपछि उहाँ निकै चर्चित हुनुभयो । पत्रपत्रिकाहरुका हेड लाईनमा थानेश्वर प्रसाद भट्टको नाम प्रकाशित हुन थाल्यो अनि त । स्वाभिमानी मान्छेहरु थानेश्वर प्रसाद भट्टको प्रशंसक बन्न थाले । स्वाभिमान नपच्ने मान्छेहरु उनका आलोचक बन्न थाले । रेडियोको अनुसार उनी उपत्यका बाहिरकै पहिला वरिष्ठ अधिवक्ता हुनुहुन्थ्यो । कानून व्यवसायीहरु माझमा त उहाँ अत्यधिक आदरणीय व्यक्ति हुनुहुन्थ्यो । आज त्यस्ता बौद्धिक व्यक्तित्व हामी माझ अनुपस्थित हुनुहुन्छ । आज उहाँको अनुपस्थितिले एउटा कानून विदको अभाव खट्कि रहेको छ ।
अन्तमा थानेश्वर प्रसाद भट्टको आत्माले चीर शान्ति पाओस भन्दै उहाँको आत्माप्रति हार्दिक श्रद्धाञ्जली ज्ञापन गर्दछु । जय शान्ती । धन्यवाद ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *