नेपाल र भारतले एक अर्काको सम्मान गर्नुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपाल सार्वभौम स्वतन्त्र राष्ट्र हो । भारत वर्षमा केवल नेपाल मात्र स्वतन्त्र राष्ट्र रहेको कुरा विश्वमा कसैले लुकाउन खोजे पनि लुक्दैन । नेपालका पत्र पत्रिकाले भारतको बारेमा हल्का सत्य कुरा केही लेख्दा पनि प्रेस काउन्सील नेपालले हरेक प्रकारका कारवाही गर्छ एक पटक जव दार्जलिङमा आन्दोलन भएको थियो त्यस बारेमा एक साप्ताहिक पत्रिकाले आफ्नो विचार लेखेको थियो त्यही कारण देखाई अर्काको देशको चिन्ता गर्नु भएकोले तपाईलाई वर्गिकरणबाट किन नझिक्ने भन्ने प्रेसलाई पत्र पठाएको थियो भने आज पनि भन्न मन लागी हाल्छ नेपालको बारेमा भारतीय समाचार माध्यमहरुले अभद्र भाषामा नेपालप्रति खनिदा प्रेस काउन्सील इन्डियाले केही कारवाही गर्छ कि गर्दैन ? उसका समाचार माध्यम नेपालले बन्द त गर्यो तर यथार्थ सूचनाको हकबाट बन्चित भए किन भने नेपालप्रति फोहोरा समाचार भन्ने माथि मुद्धा दिने अधिकार हामी नागरिकलाई पनि भएकोले त्यस्ता फोहरी झुटा समाचार माध्यम नेपालमा मात्र बन्देज गर्नु उपयुक्त छैन या त संसार र उसको देशभरी बन्देज गर्नु गराउनु पर्ने हाम्रो राय छ ।
नेपालले दुवै छिमेकी सित समान व्यवहार गर्नु पनि राम्रो हो, भारत नेपालको सम्बन्ध गहिरो किन छ भने जहाँसम्म विशाल नेपालको नक्सा छ त्यहाँ सम्मका जनता नेपाली भएका तर त्यो क्षेत्रलाई अंग्रेजले लगेको भए पनि फिर्ता हुँदा छोडेर पनि नेपाली नेताहरुले लिने प्रयास नगरी बरु सरकारमाथि नै नेताहरुलाई भारतीय नेताहरुले खन्याई गृह कलह गराई त्यो क्षेत्र आफूले लियो । नेपाली नेताहरुले एकताको प्रतिकमाथि पनि आक्रमण गरि सकेकाले झन असहज हुने संकेत आएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *