एकताका प्रतिक भानुभक्त

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

आदीकविको नामले चिनिएका भानुभक्तको परिचय त मैले दिईरहनु पर्दैन किन कि जसरी मैले कक्षा २ मा पढ्दा भानुभक्त र लिपियाधुरा, लिपुलेकको
बारेमा जे जति जानेको पढेको सुनेको थिए त्यो भन्दा बढी अचेलका विद्यार्थी नानीहरुलाई थाहा छ त्यो भन्दा बढी ज्ञान छ तर हुँदा हुँदै पनि मन नपर्ने राजनीतिक पार्टीका विद्वानहरुले अन्यथा भ्रम फैलाई रहेका पनि नभएका होईनन् । भानुभक्तका केही रचनाहरु समयानुकल फरक मतका हुन सक्छन तै पनि कुरा यथार्थ नै छन् । आज २०७७ सालको अषाढ २९ गते पनि भानुभक्तको जन्मजयन्ती परेको छ । सर्वप्रथम म भाषा एकिकरणका अग्रज आदिकवि भानुभक्तमा श्रद्धापुर्ववक हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु । आज नेपाली मन हर्षित भएको छ । भारतको दार्जिलिङ, देहरादुनमा भानुभक्तका सालिकहरु निर्माण भई सकेका छन् ।
नेपालमा जन्मिएका नेपाली आदिकवि भानुभक्तले संस्कृतमा लेखिएको रामायण सरल र रसिलो भाषामा रुपान्तरण गरि लेखेका छन् । भानुभक्तको रामायण भारतको वाराणसीमा छापिने गर्दथ्यो । रामायणमा रामकथा रामगिता जस्ता अनमोल साहित्यिक रच्नले देशभरीका जनताले बडो रुची राखी पढ्ने गर्दथे । गाउँमा जुनसुकै मातृभाषा भए पनि भानुभक्तको रामायाण पढ्न नआउने कोही थिएन र छैन पनि । देशभरीका सबैले सरल नेपाली भाषामा लेखिएको
रामायण पढ्दा सुन्नेहरुको पनि निकै भीड भाडाका हुने गर्दथ्यो । रामायण सुन्न गाउँभरीका श्रद्धालु एकै ठाउँमा जम्मा भएर १÷२ घण्टा र घण्टौसम्म पनि बाचन सुन्ने र पढ्नेहरु कहिलेकाही त रातभर पनि जाग्रीत रहने गर्दथे । नेपाली भाषा मार्फत एकताको सुत्रमा बाध्न सफल भएका आदिकवि भानुभक्त कवि मात्र नभएर मानव अधिकार कानूनवादी पनि थिए । घुस खाने जनताको काममा ढिलासुस्ती गर्ने भ्रष्टाचारीहरुको उत्पत्ति त खास भन्न सकिदैन कहिले भयो तर उनको समयमा पनि घुसखोरी थियो भन्ने कुराका यथेष्ठ प्रमाणहरु छन अड्डा अदालतहरुमा जाँदा उनका काम समेत सितिमिति नगर्ने भोली भोली भनेर कैयौ दिन लम्ब्याई दिने तर घुस माग्न हिम्मत नगरे पनि उहाँका लेख रचनाबाट थाहा हुन्छ कि त काम गरि छौ कि झोली थमाई देउ भन्ने कविता मार्फत पनि कर्मचारीहरुलाई थर्काएका छन् भन्ने गरिन्छ उनी साधारण व्यक्तिका उपदेश कार्यान्वयन गर्दथे । एक घसारीको उपदेशले उनले रामायण लेखि समाजमा सेवा पुर्याएका हुन उनी सधै सधै नेपालीको मात्र नभएर सबै नेपाली भासीहरुका प्रतिकका रुपमा रहेछन छन् । राजनीतिद्वारा नेपाल एकिकरण गर्नमा वडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदान भन्दा नेपालीलाई भाषाद्वारा एकिकरण गर्नमा कवि भानुभक्तको धेरै ठूलो योगदान रही आएको छ । यस्तै यस्तै थिए हाम्रा पुर्खाहरु राष्ट्रलाई सुरक्षित आत्मसम्मान र गौरबका साथ राख्दथे ।
प्रवासमा रहेका भारत दार्जिलिङ निवासी इन्द्रबहादुर राई, सदस्य साहित्य अकडेमी दिल्लीले १ डिसम्बर १९८१ मा एक ज्ञापन दिनु भएका छ लेखेका छन् “सुन्छौ नेपालीहरु हजारौं पोर्ट ब्लेडरमा छन, फिजिमा छन, तर नेपाली भई रहन प्रायः छाडि सकेका । अन्त अन्त पनि यहि कथा र क्षति छटित छ । नेपाली जातीमा विकसित सामाजिक सत्ता हामी, हाम्रा कति जनमात्र टाढा भएका विर्सिएका र हराएका हुदैछन सम्पर्क नरही ।
नेपालीहरु पुगेका र बसेका थलाहरुमा कुनै यति नेपालीको एक दिन पुगाई र केही दिन बसाई त्यसैले आज नेपाली जातिय संरक्षणको महत्वको कार्यक्रम छ ।
नालापानी र दुनघाटीका इतिहास र गोरखालीहरु सँगको सम्पर्क खितिलोबाट नै कार्यमा अग्रसर कुमार घिसिङज्यूबाट यो महत्वमय योगदान हामीलाई साहित्यिकमा थप जातिय प्राप्ति छ । उहाँका कृतज्ञ छौ हामी । इन्द्रबहादुर राई यसरी दूनघाटी नालापानी पुष्तकका लेखक कुमार घिसिङलाई सम्मान दिएको छ । यो पुष्तकमा घिसिङले सन १८०३ मा गोरखा सेना नायक वीरबलभद्रले सम्पूर्ण देहरादून घाटी आफ्नो अधिनमा गराएपछि त्यस घाटीमा बलभद्रले गरेका कतिपय ऐतिहासिक कुराहरु अनि सुधारका कामहरु श्री घिसिङले अध्ययन गरे भन्ने कुराहरुको प्रमुखता पाएको दूनघाटी नालापानी
पुस्तकले नेपालीलाई प्रवासी नेपालीबाट सम्मान गरेकोमा धेरै खुसी हुनु स्वभाविक हो तर महानायक महामानव जस्ता व्यक्ति नेताहरुले सुगौली सन्धीको जमीन फिर्ता नमाग्दा र किन मौन भन्ने कुरामा भने हामी दुःखी छौं । हाम्रा नेताहरुले जो महाकाली सन्धी गर्यो त्यो सबै भन्दा ठूलो भूल
थियो । पानी र जलविद्युतको लागी सन्धी गर्न गए । सिमानाको बारेमा सन्धी गरेर आए, २००७ सालमा बरु राजा त्रिभुवनलाई राणाहरुकै जेल रुपी दरबारमा बस्न दिएर अंग्रेजले छोडेको हाम्रो भूमि फिर्ता लिनको लागी आन्दोलन गर्नुपर्ने थियो । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र त ८÷९÷१० सालमा ल्याए पनि हुने थियो । भारतीय दलाल मार्फत राजा र राणा प्रधानमन्त्रीलाई अपहरणको सैलीमा दिल्ली पुर्याई १९५० को सन्धी गराउनुमा त्यस बेलाका नेताहरु अवश्य दोषी छन् । त्यसपछिका दिनहरुमा पनि भारतका नेताहरु सित मिलेर नेपालमा करिव २५००० मानिस मारी सत्ता लिनु दुर्गन्धीत हो । आज मात्र हैन नेपालमा सधै एकता चाहिएको र एकता गराउन सक्ने नेताहरुको जरुरत पनि छ ।
महामानव नामका नेता जस्ता मिलेर राणा हटाउनु भन्दा अंग्रेजले छोडेको भूमि फिर्ता लिन आन्दोलन या कुटनीति चाल चल्नु पर्ने थियो । २००७ देखि २०१७ सम्मको १० वर्षे अवधीमा नेपालको हितमा कुनै पनि काम भएन । दिल्लीको हैकमवाद हावी भयो अनि मात्र राजा महेन्द्रले कडा कदम उठाएका होईनन् भन्ने आधार केही छैन । आज पनि भानुभक्त आचार्य जनताको घरदैलोमा रहेका छन् । राणा सरकारले गरेका खराब कामको विरोध कविता मार्फत आफै एक्लै गर्दथे जेल पनि गए । आजका पार्टीहरु व्यक्तिगत स्वार्थको खातिर विरोध गर्छन भने त्यसबेलाका राष्ट्रप्रेमी निश्वार्थ सामाजिक काम गर्दथे । भानुभक्तले कर्मनिष्ट भएर काम गरे भने वर्तमानमा कर्मनिष्ट त्यागी कम्युनिष्ट मात्र रहेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *