शुक्लाफाँटा निकुञ्ज प्रवेशद्वारमा बन्यो बाल उद्यान

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २७ असार
भीमदत्त नगरपालिका–१६ स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा उद्यान निर्माण गरिएको छ । सरस्वती माध्यमिक विद्यालय परखेडीको जग्गामा सरस्वती बाल उद्यान निर्माण गरिएको छ । भीमदत्त नगरपालिका, वडा नं. १६ को वडा कार्यालय र नेपाली सेना देबीदल गण र
सरस्वती माध्यमिक विद्यालयको साझेदारीमा उद्यान बनाइएको छ । भीमदत्त नगरापलिकाको क्षेत्रीय सहरी विकास आयोजनाको २० लाख उद्यानमा खर्च गरिएको छ ।
नेपाली सेनाको सूदुरपश्चिम पृतनाका पृतनापतिको प्रमुख आतिथ्यमा कार्यक्रम गरी विद्यालयलाई उद्यान हस्तान्तरण गरिएको छ । भीनपा १६ का वडा अध्यक्ष सुरेन्द्र विष्टको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । भीमदत्त नगरपालिकाको एक वडा एक उद्यान निर्माण कार्यक्रम अन्र्तगत शुक्लाफलाँटा राष्ट्रिय निकुञ्ज किनारमा पार्क निर्माण गरिएको छ ।
यो पार्क दुई बिगाहा जमिनमा बनाइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आउने आन्तरिक र बाह्य पर्यटक तथा बाल बालिकालाई मध्यनजर गरी पार्क बनाइएको छ । भीमदत्त नगरपालिका–१६ का स्थानीय राजेन्द्र बहादुर चन्दले पर्यापर्यटन र बालबालिकालाई लक्षित गरी निकुञ्ज किनारमा पार्क निर्माण गरिएको बताए ।
‘विद्यालयको जग्गामा पार्क बनाइएको छ, यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा छ,’ उनले भने,‘यसले बालबालिकालाई फाइदा हुन्छ, पर्यापर्यटन पूवद्र्धन हुन्छ ।’
मझगाउँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिक उद्यान बनाइएको छ । पार्कमा बालबालिकाले खेल्ने सामाग्री, गोलघर, खेल मैदान लगायतका संरचना निर्माण गरिएका छन् । एक वडा एक पार्क निर्माण कार्यक्रम अन्र्तगत भीनपा ८ मा पनि पार्क निर्माण गरिएको छ । अन्य वडामा पार्क निर्माण कार्य सुरु गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र नगर उप प्रमुख सुशिला चन्द सिहले उद्यानको स्थलगत निरीक्षण गरेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *