गोरा र काला विष्टहरुको चपेटमा वैकल्पिक सडक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, बैतडी, १९ चैत्र
हमेसा भनिराख्न हामीलाई दुःख लाग्छ जसको लाठी उसको भैंसको जमाना गइसकेको भान हुने ठाउँमा झन् झन् बढी रहेको देख्दा अचम्म लाग्छ । यो देशका अधिकारीहरुले देशलाई ऐन कानून बमोजिम नचलाई लाठीबाट चलाइ रहेको कहीँ देखिन्छ भने कहीँ सहमति समझदारीमा देशको कार्य प्रणाली चलिरहेको देखिन्छ । मन लागेपछि समझदारी व्यक्तिगत स्वार्थ पूर्ति नभए खिचलो हुने प्रणाली यो देशमा रहिआएको छ ।
२०४० ४१ साल तिर बैतडीको सिल्लेगडा देखि पूर्चौडी तर्फबाट हुदै दार्चुला लैजाने सडकको सिलान्यास भएपनि हाल सम्म त्यो सडकले किचलो भोगी रहेकै छ । ४० किलोमिटर सर्भे, १७ किलोमिटरको ठेक्का २ वर्ष पहिले सदर भइसकेपनि अनेक बहानामा कामहरु अबरद्ध हुदै आएको छ । विजयपुर र कटौचपानी हुदै जाने दार्चुलाको त्यो बैकल्पिक सडक दुई गाविसको सीमानामा पुग्दा अवरुद्ध भएको छ । गोरा र काला विष्टहरुको चपेमा त्यो सडक
परेको छ । विजयपुर र कटौचपानीका जनताहरुको मत नबुझेर किँचलो भईरहेको छ । डिटेल सर्भे गर्ने बेला कहीँ कसैको विरोध थिएन । सर्भे गर्ने बेला बैतडी जिल्लाका पूर्व सभापति उत्तरबहादुर ऐर समेत टोली सँगै रहेका थिए । चालिस किलोमिटरको सर्भे हुदाँ सम्म एउटा व्यक्तिको पनि विरोध आएन ।
विरोध नआउँदाको कारण सही ठाउँमा सर्भे भएको थियो भन्छन् त्यहाँका विष्ट बाहेक अन्य जातिहरु ।
आज त्यो सडक कटौचपानीबाट निकास भइसक्नुपर्नेमा दोसाँधमा रहेको छ । दुईथरीको खिचातानीमा जिल्ला प्रशासन कार्यालयबाट सहमति भइसकेपछि पनि सडक निर्माणको काम ठेकेदारले बन्द गरेको छ । सडक डिभिजन प्रमुख त्यो किचँलोबाट बच्न काठमाण्डौं गएका जनकारीमा आएको छ । यातायात व्यवस्था मन्त्रालयका माननिय मन्त्री रमेश लेखकले तुरुन्त त्यो स्थानमा गई काम सञ्चालन गर्ने भनेपनि उनको सामनेमा हुन्छ भने बाहिर निस्कदा निर्वाचन भएपछि मात्र सुरु हुन्छ भनि फिल्डमा नआएको कुरा बताउँछन् त्यहाँका स्थानिय वीर बहादुर महरा ।
यसरी ठेक्का सदर भई सकेपछि आज सम्म काम पुरा हुनुपर्ने ठाउँमा दुई वर्ष सम्म दुई किलोमिटर सडक पनि पूरा नगरी ठेकेदार र कार्यालय प्रमुखको मिलोमतोमा बदनियत पूर्वक त्यस क्षेत्रमा पर्ने महर गाउँ, साङडी र तल्लादेहीका जनता क्रुध भएका छन् । जे कानूनले भन्छ त्यो काम त्यसरी हुनुप¥यो । गोरा र काला विष्टहरुको धाँक रवाफमा बाटो अवरुद्ध गर्ने होइन । वर्तमानको सभ्य युगमा असभ्य कार्य गरेकोमा भत्सना गरेका छन् तल्लादेही लगायतका सम्पूर्ण जनताहरुले ।
जिल्ला प्रशासन कार्यालय सित कठोरतापूर्वक सम्बन्धित व्यक्तिहरु माथि कारवाही गरी सडक निर्माण प्रक्रिया अगाडी बढाइयोस् भन्छन् महर गाउँका स्थानियहरु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *