ढल निकासको व्यवस्थापन नहुँदा गाउँ शहर डुवानमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २७ असार
शहरी तथा ग्रामिण क्षेत्रमा खोलानाला तथा ढल निकास हुने क्षेत्रमा अतिक्रमण गरि घर टहरा बनाउने क्रम रोकिएको छ । विशेष गरेर मानवीय अतिक्रमणको चपेटामा परेका क्षेत्रहरुमा डुवानको चपेटामा पर्ने गरेका छन् । डुवानै नहुने क्षेत्रहरुमा पनि पानी निकासको ढोका बन्द हुँदा गाउँ तथा शहर डुवानमा पर्ने गरेको छ यस्तै डुवानको समस्या भएको छ महेन्द्रनगर बजार क्षेत्रका अधिकांश भाग डुवानमा पर्ने गरेका छन् । लगातारको वर्षाले महेन्द्रनगर सहित अधिकाँश वस्ती डुबानमा परेका छन् । महेन्द्रनगर बजार, सव्जीमण्डी, वसपार्क लगायत आसपासका क्षेत्र डुबानमा छन् । यसैगरी महेन्द्रनगर बजार बाहिरका अधिकाँश वस्ती डुबानमा परेका छन् । पसल, होटेल, आवाशीय क्षेत्रका घरभित्र पानी पसेको छ । ढल निकास हुने क्षेत्रमा गरिएको अतिक्रमणलाई हटाउन कही कुनै कसैले पनि चाँसो दिएको छैन । यस्तै लगातार २/३ दिन पानी पर्ने हो भने पुरै डुवानमा पर्ने सम्भावना छ । यसको विकल्पको लागि सरोकारवाला निकायले समयमै ध्यान दिनु जरुरी छ । त्यस्तै निरन्तर परिरहेको वर्षाका कारण जिल्लाका महाकाली, दोदा, स्याली, सुनवरा, जगवुडा लगायतका नदिहरुमा जलस्तर बढ्दै गएको छ ।
यस्तै प्रधाननमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोको समस्या अझै दुई महिनासम्म रहने सक्ने भएकाले पूर्व तयारी गर्न निर्देशन दिएका छन् । विपत व्यवस्थापन परिषद्को शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्दार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि भनेका छन् । यसैक्रममा बाढीजन्य विपद्को उच्च जोखिममा रहेका बासिन्दालाई जोगाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले तयारी थालेको छ । चुरे क्षेत्र भएर बग्ने नदी तथा खोलामा आउने बाढीले प्रतिवर्ष धनजनको क्षति गर्न थालेपछि नगरपालिकाले उच्च सतर्कता अपनाउनका लागि सरोकारवालासँग सुझाव सङ्कलनको कार्य गरेको छ ।
चुरे क्षेत्रको विनासका कारण प्रतिवर्ष नदी र खोलामा आउने बाढीले जग्गा कटान गर्ने, डुबान गर्ने र बाढी बस्तीमै पसेर धनजनको क्षति गर्दै आएको छ नगरप्रमुख दिलबहादुर ऐरले भने, त्यसका लागि सरोकारवालाको सुझावका आधारमा प्रतिकार्य योजना बनाउनमा जुटेका छौँ । पूर्व सूचना प्रणाली, खोज तथा उद्धारटोली, एम्बुलेन्सको व्यवस्थासँगै प्राथमिक उपचार टोलीलगायतको गठन गर्ने र बाढीको उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गर्ने काम भइरहेको उनले बताए । बाढीबाट प्रभावित हुने परिवारलाई सुरक्षित स्थानमा राख्नका लागि स्थान पहिचानको कार्यसँगै विपद्पश्चात राहतलगातका सामग्रीको जोहो मिलाउनका लागि नगर विपद् व्यवस्थापन समितिको बैठक बसेर योजना बनाइएको छ ।
नगरपालिकाको योजना बनाउन आयोजना गरेको बैठकमा देवीदल गण अर्जुनीका सेनानी विवेक कार्कीले बाढीजन्य विपद्मा परेकाहरुको उद्धार गर्नेलगायतका कार्यका लागि नेपाली सेना जनशक्ति उपलब्ध गराउन तयार रहेको बताए । उद्धार गर्नका लागि आवश्यक पर्ने सामग्रीको विपद् आउनअगावै नगरपालिकाले व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ ।
सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक पदमराज भट्टले सशस्त्र प्रहरीसँग बाढीजन्य विपद्का लागि उपकरणसहित दक्षजनशक्ति उपलब्ध रहेको बताए । सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १३ जनाको खोज तथा उद्धारटोली रहेको उल्लेख गर्दै उहाँले जुनसुकै बेला पनि परिचालन गर्न सकिने बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *