राजनीति समयानुकुल हुन्छ








राजनीति गर्नेहरुले युग समय जनतालाई सहाउँदो गरी गर्दछन, जनता हमेशा बलवान जसलाई सम्झे उसकै साथमा रहन्छन् । जुनसुकै काल युग भए पनि रामराज्य सर्वश्रेष्ठ मानिन्छ भने कसको राज्यमा क्रुरता थियो अन्याय अत्याचार थियो श्रीकृष्णले कंशको अन्त्य गरे भने लंकाका रावण दृष्टि थिए बलवान मात्र नभएर वैज्ञानिक पनि थिए भन्ने कुरा पुष्पक विमानले नै जनाउँछ । भारत वर्षमा सयौं राज्यहरुका सयौं राजाहरु थिए अन्तमा नेपालको केही हिस्सा सानो नेपाल बाहेक बाँकीमा अंग्रेजले शासन गर्यो धेरै वर्षसम्म जनता सुतेर बसे पनि अन्तमा आग फुट्यो अंग्रेजले भारतलाई जवाहरलाल नेहरु लगायतका नेताहरुको हातमा थमाई भारतबाट विदा भयो । अंग्रेजको शक्ति विश्व भरी फिजिएको थियो त्यसबेलाको समाजले त्यही मागेको थियो त्यस्तै भयो ।
कौरव पाण्डव भाई भाई नै हुन । राज्य बाडफाँडमा १÷२ गाउँको लागि बटवारामा झगडा भयो, महाभारतको युद्ध भयो, राज्य देश तिमी कौरव पाण्डवको मात्र होइन जनताको हो देशलाई भाईहरुमा बटवारा गर्न मिल्दैन भनेर श्रीकृष्णले पनि भन्न सकेन कारण त्यो बेलाको समाज त्यस्तै थियो, जस्तो समाज उस्तै राजनीति । विश्वभरी त्यस्तै थियो नेपालमा पनि विशाल नेपालको वटवारा गरी बाइसे चौबिसे राज्यको निर्माण भयो । अन्तमा राज्य जनताको हो राजाका छोराहरुमा भागबण्डा गर्न मिल्दैन भनि पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरि विशाल नेपालमा २५ वर्ष शासन गरे । समाज परिवर्तनको साथ साथ शासन चलि रहेको थियो । छिमेकीले सहन सकेन नेपाल माथि तानाबुना बुनिए अन्तमा अंग्रेजले छोडे पनि त्यो हाम्रो भूमिलाई फिर्ता मिलेन । भूमि फिर्ता माग्छन कि भनि गृह फुट गराई दियो ।
राजा त्रिभुवन राणाहरुको पञ्जाबाट मुक्त भए राणा प्रधानमन्त्रीद्वारा भारतले १९५० को सन्धीमा सहीछाप गरायो अनि राणाहरु अपदस्त पारिए । राणा सरकारको पक्षमा बोल्ने कोही पाईएन स्वार्थी समाज । राजा त्रिभुवन माथि ऐसान राखी राजाको सल्लाहकारमा भारतले आफ्नो परराष्ट्र सचिवलाई खटाई दियो । उसले भने बमोजिम गर्न भनेर नवउदयमान प्रजातन्त्र स्थापना गर्ने नेताहरुलाई उपदेश दिई पंडित नेहरुजीले पठाएका थिए र सोही अनुसार गर्दा युवराज महेन्द्र तथा गृहमन्त्री वि.पी. कोइराला पनि हैरान भै अन्तमा युवराज महेन्द्रले चीनका राष्ट्रपति मावत्सेतुङलाई एकपत्र लेखि पठायो । जुन कुरा ४÷५ वर्ष पुर्व नागरिक दैनिकले प्रकाशित गरेको थियो । भारतमा अंग्रेज हटाउने अभियान चल्यो सफल भयो, नेपालमा राणा हटाउ अभियान चले पनि देश त राणाहरुको पनि थियो शासन सत्ता छोडि दिए राणा–राजा–नेताहरुको एकताको प्रयासको ठाउँमा अनेकता भयो नेपाललाई आन्तरिक भन्दा बाह्य शक्तिले च्याप्दै गयो र अन्त्यमा यो अवस्थामा पुग्न गयो ।
समयले नेपालमा आन्दोलन दियो २०५२ मा सुरु भएको आन्दोलनमा करिव २० हजार निहत्ताको ज्यान गयो नेताहरु कोही पनि मारिएन । सरकार र माओवादीहरुले हात मिलाई मिलाई जनधनको ठूलो क्षति भयो आज न माओवादी नेतृत्व रह्यो न एमाले दुवैले नाम बदल्नु पर्यो बदनाम भयो तै पनि सरकारमा गई नगई भागबण्डा गरि रहेकाका नै छन् । राजनीति समयसँग दगुरेको हुन्छ त्यस कारणले बाबुरामले पार्टी परित्याग गरे भने पुष्पकमल दाहालले माओवादलाई हटाई नेपाल कम्युनिष्ट पार्टी भनि नामाकरण गरे । भोली यो पनि रहदैन भन्ने कुरा थाहा हुँदा हुँदै अझै पनि जनता माथि कुटनीतिक दमन भएकै छ । हामीलाई दुःख लाग्छ आफ्नो दर्शन दिन सकेन नेताहरुले । विद्यार्थीले अर्काका कापीबाट परिक्षामा सारेर पास भए जस्तो मात्र छ । आफूसँग कुनै खालको दर्शन नभएकोले अर्काको दर्शनबाट नेपाल चल्न सक्दैन किनभने जसको दर्शनबाट कपि गरेका हुन उसले पनि त्यो दर्शन छोडि समयानुकुल विश्व हिडी रहेको छ । समय बलवान हो दर्शन होईन ।







