आलो पालो पर्खनु पर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बहुदलीय व्यवस्थामा धेरै दल हुन्छन्, र बहुदल मिलेर वा एक दलको सरकार बन्न सक्छ । एक दलको सरकार चल्न नसके अरु दल मिलेर सरकार बन्दछ सबै दल राष्ट्रका औजार हुन । राष्ट्रले जुन दललाई प्रयोग गर्न खोज्यो उही सत्तामा जान्छ र र्झछ पछि अर्को दल जान्छ तर आलो पालो पर्खनु पर्दछ । हरेक राजनीतिक व्यवस्थाका गुण अवगुण हुन्छन् अवश्य पनि गणितीय हिसावबाट ठीक तोक्न सकिदैन । सबैको आफ्नै महत्व र गुण छ तैपनि नेपालमा यौटा अवगुण हटाउन सकिएन त्यो छिमेकीको हाँक सहन खोजेको ।
यौटा देशले देश भएर बाच्न सक्नु पर्दछ । देशलाई बचाउन सवल नेताको आवश्यकता पर्दछ । नेपाल नेपाल भएर बाचेको समय त्यो थियो जव नेपालमा उद्योग कलकारखानाको स्थापना भएको थियो । विश्वमा असंलग्न परराष्ट्र नीति थियो त्यसले गर्दा सबै मित्र थिए नेपालका मित्रहरुले नेपालमा औद्योगिक शैक्षिक क्षेत्रमा सहयोग गरे । २०२८ सालमा जव नयाँ शिक्षाको नीति लागु भयो अमेरिकाले खुद सहयोग गर्यो, रुस र चीनको सहयोग पनि उच्च थियो भने सडक अस्पतालमा भारतको भूमिका पनि कम थिएन । जापान सरकारले महाराजगन्जमा मेडिकल कलेज बनाई सञ्चालन गराई दियो । चीन भारतले हर क्षेत्रमा सहयोग त गरेकै थिए । चीनले कागज कारखाना लगायतका हरेक कारखाना खोली दियो भने भारतले पनि सडक तथा वीर अस्पताल विद्यालय भवन निर्माण गरेर पनि प्रत्यक्ष सहयोग गरेका हुन ।
हाम्रा नेताहरुले निजी क्षेत्रको नाममा अरबौको उद्योगहरु हजारौमा बेचिदियो र रोजगार पाईरहेका युवाहरु यो देशबाट पलायन भए । यो गुरुयोजना नेपालीको थिएन सिमापारीको थियो । यहाँ राजनीतिक, व्यापारिक र आफ्नो औद्योगिक बजारलाई स्थायित्व दिन चाहेको थियो । नेपाल सित युद्ध गरेर कसैले पनि जित्न सक्दैन । जती सानो देश भए पनि राजा महेन्द्रले आफ्नो कुटनीतिक रसीले बाँधेको छ । त्यो रसी तोड्न सिमापारी र भित्रबाट जे जति प्रयास गरे पनि सफल भने हुन सकेको छैन । राणाहरुले जंगबहादुरको जस्तै देशको लागि इमान्दारपुर्वक शासन गरेको भए तथा जहानीय शासन नगरेको भए नेपाललाई प्रजातान्त्रिक हिसावले इमान्दारीपुर्वक शासन गरेको भए पंडित जवाहरलाल नेहरुको केही चल्ने थिएन । हामीहरु अर्काको लागी मरिमेट्ने आफ्नो लागी वास्ता नगर्ने सत्ता प्राप्त गरेपछि विपक्षीको सल्लाह नै नलिने कंशको नीति बोकेका हामीले श्रीकृष्णको नीति अंगाल्न सकेनौं र धोका पायौं । सत्तामा जो पार्टी पुगे पनि नेपाली जनताकै पार्टी पुग्यो मेरो पनि नम्बर आउँछ भनेर पर्खन सकेनन् । जुनसुकै पार्टी सत्तामा गए पनि समय परिस्थिति बुझेर वातावरण समेतलाई ध्यानमा राखी पर्खन सक्नु पर्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *