नेपालमा पुनः साहसिक व्यक्तिको उदय हुुनुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

राणाजीहरुले जनताको सल्लाह लिन सक्ने र देशले प्रगति गर्न सकेन तर पनि जंगबहादुर एक्लैले अंग्रेजहरु सित कुटनीतिक, बौद्धिक लडाई लडेर आफ्नो शिर उचो पारे । श्री ३ को रोलक्रम छोराहरुमा राखेनन् । भाईहरुमा राखे त्यो नै लोक कल्याणकारी पद्धति हो । फरक यत्ति हो आफ्नो खानदानमा परिवार भित्र सिमित राखे, त्यसैले जहानीय शासन भन्ने गरिन्थ्यो भने शाह वंशले कहिले पनि आफूले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन पाएन । पृथ्वीनारायण तथा राजा महेन्द्रले समेत मन परेकोलाई प्रधानमन्त्री बनाउन सकेन । आज देशमा शासकहरुले आफ्ना कार्यकर्ताका मागहरु सम्पूर्ण पुरा गरेका छन् मन नपरेका संस्था तथा व्यक्तिहरुलाई हरेक आरोप प्रत्यारोप लगाएर तल पारेका छन । सुविधाबाट बन्चित गरेका छन र गर्दैछन अप्रत्यक्ष तरिकाबाट मैले भोगे देखेको छु । मैले सुविधा पाएन भनेर न नारा जुलुस गर्न सकिन्छ न नालेश दिन सकिन्छ । दिए पनि निवेदन जहाँ दिए पनि हेर्नु भनेर विपक्षीलाई दिएर उसैका खातिर काम गर्छन । सकेसम्म पेल्न खोज्दछन, हरेक व्यक्तिका हरेक काममा खोट अवश्य निस्कन्छ । त्यही खोट देखाएर पक्षधरका खोट लुकाई अगाडी बढाउने प्रवृत्ति देखेको छु । कुनै काम कुराको मुल्यांकन गर्दा आफ्ना पक्षको जो छ उसका काम कुरा जहाँ ठीक छ सो नमूना लिन्छन भने मन नपरेकाको जहाँ अली कमजोरी देखिए त्यही नमूना लिने गरिन्छ ।
आजका नेताहरु व्यक्ति हितको लागी जो काम गर्छ उसलाई आफ्नो ठान्छन जस्तो कि चुनाव लड्न जसले खर्च दियो वा फलानो मानिस राम्रो हो उनलाई भोट दिनु भन्यो त्यस्तो अर्थात सिमित व्यक्तिको लागी मदत गर्छ सरकारी निकायले, कृषितर्फ पाउने सुविधामा जो पार्टी सित संलग्न छ उसलाई टेक्टर, च्याम्फा, स्टोभेटर, डीपट्युबेल, सिचाईको व्यवस्था मिलाई दिन्छन । त्यस्तै पत्रिकाहरुको वर्गिकरण पत्रपत्रिकाले पाउने सुविधा विज्ञापनको बारेमा पनि लागु भएको पाईन्छ । दुरदराजका पत्रपत्रिकाहरुमा कुनै पनि साप्ताहिक पत्रिका माथि लागेको राजनीतिक पेच त थाहा हुन्छ तर गर्न के सक्छ आफ्नो आङको भैसी नदेख्नेहरुले अर्काको आङको जुम्रा खोजी हिड्छन् । मलाई त त्यो कुरा याद आउँछ म सानै छदा गाउँलेहरु सित नुन मिश्री गुड लैजान भारतको पिथौरागढ आउथे र गाउँलेहरु सुल्पामा तम्बाखु सेव नगर्थे । एक दिन पुलिसको सामान्य केरकारमा ति गाउँले परे चरेसको तलासीमा थिए पहिले चरेस छ कि भनेर सोधे छैन भनेपछि अर्काको खल्ती हेर्न थाले पुलिस आफैले सानो चरेसको टुक्रा खल्तीमा राखी दिएको हुँदा पाईयो, छैन भनेकोमा कहाबाट आयो भन्दै मानसिक यातनाका साथ पाएसम्मको रुपियाँ पनि मागेर लगे अचेल यो देशमा त्यस्तै कथा भईरहेको छ । बलवाला र सत्ताधारीका कार्यकर्ताले जे गरे पनि हुने खल्तीमा चरेस राखी कारवाही चलाउने काम भएकै छन् । निरिह सेवाग्राहीको के चल्छ केही चल्दैन । आफू भन्दा कमजोर विद्यार्थी पास भई आफू फेल भएको जस्तो दुःख लागी रहन्छ तै पनि मुटुमाथि ढुंगा राखी हास्नु परेझै भई रहेको छ ।
त्यस्तै भ्रष्टाचारको नामबाट कारवाही गरी मन नपरको व्यक्ति माथि कारवाही गर्ने र मन परेका जस्तो सुकै भ्रष्टाचारी भए पनि छुट्छ । ५/१० वर्ष भित्रकै घटना हो एक जना सुब्बाले मालपोत कार्यालय कञ्चनपुरमा छदा रंगेहात १५ हजार पर्यो । कारवाही भयो आज ३/४ वर्ष भयो सफाई पायो ।
भ्रष्टाचारी माथि कारवाही गरी आफ्नो विपक्षी भए कावु गर्नको लागी मात्र कारवाही भएका घटनाहरु हरेक देशमा पाईन्छन् । भारतका राजिव गान्धीले वफोर्स हतियार खरिदमा भ्रष्टाचार गर्यो भन्ने नाराले वि.पि. सिंहको विजय भयो । भ्रष्टाचारको नारा हरेक ठाउँमा काम लाग्ने रहेछ । राम्रो र नराम्रोमा अव त भ्रष्टाचार र भ्रष्ट काम निर्मुलको आशा नै छैन धेरै कुरा मैले पनि पंचायतकाल देखि आजसम्म भोग्दै आएको छु । दोस मान्न लगाउने मेरो नियत छैन राम्रो र इमान्दारीका साथ काम गरेको भनेर मात्र सम्मान र तक्मा पाउथे राष्ट्रसेवक भएर देशको सक्दो सेवा गरे वाफत आजको अनुभवमा राष्ट्रसेवा भन्दा पनि नेता सेवामा तल्लीन रहनेहरुले सबै थोक पाएको छ त्यस कारण जवसम्म यो राष्ट्रले नैतिकवान चरित्रवान बलवान नेता पाउँदैन तबसम्म यो देश यस्तै धिमी गतिमा चल्नेछ भन्ने हाम्रो सोच रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *