भ्रष्टाचार बलवान सित जान्छ तपाई हामीसँग हैन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

भ्रष्टाचार पण्डा पुजारी अर्थात अधिकारवालाहरुले गर्दछन् । यौटा गरिव सिपाही जंगबहादुर राणाको सन्तानहरुले गर्न नसके पनि उनका भाई भारदार नातेदारहरुले गरेका छन, र गडवाल कागडाका जनताहरुबाट समेत चाँदीका रुपियाँ छालाको बोरामा सील लगाई श्री ३ हरु सित पुग्दथ्यो । सरकारी भवनहरु सिंहदरबार बवरमहल, केशर महल लगायतका अंग्रेजी डिजाईन नेपाली शैलीमा निर्माण हुँदा सिंहदरबार निर्माणमा त्यति बेला ३ तीन लाख खर्च भएको भन्थे एक ज्यामीको तलब प्रतिदिन ४ पैसा र एक आना थियो । काठ चितवनबाट निशुल्क खेडी गरेर लगेको कुरा सिंहदरबार आगलागी पुनरनिर्माण गरिरहेको बेला भन्ने गरिन्थ्यो । ४ भागको एक भाग मात्र बल्नबाट जोगाउन सकिएको सिंहदरबार अझै हेर्न सकिन्छ । भवन निर्माण गर्दा होस वा अन्य बेलामा बलवानहरुबाट भ्रष्टाचार भएकै हो भनि हामी भन्दछौ ।
निरिह जनतामाथि जहिले जसले पनि भ्रष्टाचार गरेकै छन जनतालाई शान्त पार्न मात्र नेताहरु भ्रष्टाचारको विरोध गर्छन जनता र शक्ति प्राप्त हुँदा जनतालाई सुख सुविधा दिने विकास निर्माण गर्ने होस वा लोकतन्त्र प्रजातन्त्र ल्याउँछौं भनेर वा अन्य बहानामा देशमा पहिले पनि भ्रष्टाचार भएको पाईन्छ । सत्तामा पुगेका माननीय भूमिसुधार मन्त्रि समेत रहेका लबरुराना थारु बाहेकका अरु को मन्त्री भैसकेका व्यक्तिको जीवनस्तर उक्त आर्थिक अवस्थामा पुगेको छैन । सचिवहरु मन्त्रीहरु मात्र होइन प्रमुख जिल्ला अधिकारी डिंई., सिए, प्रबन्धक, योजना प्रमुख भएपछि काठमाडौंमा बस्ती नसारेका को छन् । तलब स्केल सबैलाई थाहा छ एक भन्सार, यातायातको खरिदार सुब्बा स्तरको व्यक्तिले समेत काठमाडौं तथा आफ्नै जिल्लामा पनि अथाह धन बटुलेका छन । यातायातको सामान्य खरिदार सुब्बाले ३/४ घरहरु बनाएका छन, घर घडेरी जोडेका छन् । नेताहरु तथा शासकहरु शासक बन्न पुर्व कुन अवस्थामा थिए पछि कुन स्तरमा पुगे हेरेर अध्ययन गर्ने अवस्था रहेको छ । देशको नाममा र जनतालाई स्वतन्त्रता दिनको लागी भन्ने बाहनामा बैंकहरु लुटिए आर्मीका हतियारहरु राष्ट्रको खजाना लुटियो लुटायो । राणाकालदेखि आजसम्म नेपालमा प्रत्यक्ष अप्रत्यक्ष लुटपाट भई रहेको छ । हर क्षेत्रमा काम गर्नेले
शरणार्थी जीवन बिताउनु परेको छ । ऐन नियमले पाउने सुविधा पनि पार्टी कार्यकर्ताहरु बाहेक अरुले नमूनाको लागी १÷२ ठाउँ बाहेक कसैले पनि सुविधा पाएको छैन । कृषि औजार होस वा आद्योगिक तर्फको सुविधा प्राप्त सामग्रीहरु आजसम्म प्रेस काउन्सील स्वतन्त्र देखिएको छ देखाउनु पनि पर्दछ । पहुँचवालाहरुको लागी प्रेस काउन्सील पनि दाया हात र बाँकी अरुको लागी बाया हात पनि हुन सक्छ । जे भए पनि हात भनेको हातै हुन बराबर प्रेस काउन्सीललाई पनि राजनीतिक पार्टीका कार्यकर्ताहरुले घेर्न आटे पनि आजसम्म धानेकै छ ।
भ्रष्टाचार र राजनीतिक तरिकाका सहपाटी रहेछन् । भारतका प्रधानमन्त्री लालबहादुर शास्त्रीको कथा सबैले सुनेकै हो उनको मृत्युपछि न बैंक खातामा पैसा मिल्यो न घरमा, पंडित जवाहरलाल नेहरु, इन्दिरा गान्धीले समेत आफ्नो घर संग्रहालयलाई दियो त्रिमुर्ति भवन उनको पिता मोतीलाल नेहरुकै पालादेखिको सम्पत्ति दान दिए देशलाई चीन, पाकिस्तान सितको लडाईमा टाटा विराला कम्पनिले सेनाको लागी भनेर सरकार मार्फत रासन बन्दोबस्तीको समान उपलब्ध गराएका थिए । हामी कहाँ एनसेल कम्पनिले राष्ट्रलाई तिर्नुपर्ने कर ६२/६२ अरब सरकारमा नबुझाई आफूहरुले मिलि निर्वाचनको काममा गोप्य खर्च गर्न खोजे । मेरो अध्ययनमा सम्माननीय पुर्व प्रधान न्यायाधीश रत्नबहादुर विष्ट, त्रिलोक प्रताप राणा, गृह सचिव वीरबहादुर शाही, डा.ध्रुवमान श्रेष्ठ जस्ता केही सिमित स्वाभिमानी व्यक्ति बाहेक अरु भ्रष्टाचार र भ्रष्टाचारी सित साठगाठ नगरेका कमै पाउन सकिन्छ ।
राष्ट्रका स्वाभिमानी कर्नेल जसले राजा महेन्द्र सित जीवन विताए । राष्ट्रको लागी राजा महेन्द्रकै अनुयायी रहेको कर्नेल हिक्मत बहादुर विष्ट बुवा बाजेकै पालादेखिका विजनेस म्यान हुँदा भ्रष्टाचार र दण्ड जरिवाना शोषण गरेर कमाएको धनि थिएन त्यसैले उहाँ नेपाल आमाको सेवामा संलग्न रही स्वाभिमान नगुमाएरै परलोक भए ।
वर्तमानको मतलबी समाजमा चुनाव लड्न अपत्यारिलो धन खर्च गर्नुपर्ने बाध्यता रहेकै नेताहरुलाई भ्रष्टाचारलाई गर्नु पनि बाध्यता छ भ्रष्टाचार जीवन साथी भैसक्यो । जो सामेल हुदैन । हैसियत सम्म निर्विरोध रुपबाट भ्रष्टाचार भई रहेको छ । त्यस कुराको प्रमाण अमेरिकी सहयोग एमसीसीको लेनदेनबाट प्रष्ट भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *