सुदूरपश्चिममा २२८ जनामा कोरोना पुष्टि

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १३ असार
सुदूरपश्चिममा आज दुई सय २८ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शनिबार दुई सय २८ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार शनि बाजुराका ८६ जना, डोटीका ६१ जना, कैलालीका २५ जना, बैतडीका २४, अछामका १३, डडेल्धुरा र बझाङका ८÷८ र कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका १५ महिला र ३१ पुरुष गरी ४६ जना, बैतडीका ६ महिला र १८ पुरुष गरी २४ जना, कैलालीका दुई महिला र ६ पुरुष गरी ८ जना, डडेल्धुराका दुई महिला र ६ पुरुष गरी ८ जना, बाजुराका एक महिला र तीन पुरुष गरी चार जना, कञ्चनपुरका तीन पुरुष, अछामका एक महिला र १२ पुरुष गरी १३ जना र बझाङका चार पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । उनका अनुसार शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा बाजुराका ३२ महिला र ५० पुरुष गरी ८२ जनामा कोरोना पुष्टि भएको छ भने विर अस्पतालको प्रयोगशालामा बझाङका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको छ । सोही प्रयोगशालामा डोटीका दुई पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र डोटीका १३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकामा १४ र कैलालीकै स्थानीय तह नखुलेका दुई र भजनीमा एक जनामा कोरोना पुष्टि भएको बताए । उनका अनुसार डोटीका सात जनाको स्थानीय तह खुलेको छैन् भने शिखर नगरपालिका ६ जनामा कोरोना पुष्टि भएको छ । ३० जना संक्रमित मध्ये १३ जना महिला र १७ जना पुरुष रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या दुई हजार एक सय १४ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ७४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै डोटीमा तीन सय ४१, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २५, बाजुराका दुई सय २१, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *