तिलाचौरमा निर्माण भएको कुलो एक वर्षमै भत्कियो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १३ असार
कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरमा निर्माण भएको एक कुलो भत्किएको छ । गत बर्ष निर्माण भएको भानु टोलमा निर्माण भएको कुलो भत्किएको हो । गयराती परेको बर्षाले कुले भत्काएपछि स्थानीयले भ्रष्टाचार भएको आरोप लगाएका छन् । भानु टोल विकास समितिका अध्यक्ष मोहन सिह भण्डारीले भत्किएको कुलो पुर्ननिर्माणका लागि वडासंग माग गरेको बताए ।
‘गयरातीको बर्षापछि कुलो भत्किएको छ, ‘अध्यक्ष भण्डारीले भने, ‘यसलाई तुरुन्तै पुर्ननिर्माणका लागि माग अघि सारेका छौँ ।’ अर्का स्थानीय एव राप्रपा युवक संगठनका नेता तुल ब. थापाले मनलाग्दी भ्रष्टाचार भएका कारण कुलो बर्षदिन नपुग्दै भत्किएको बताए । उनका अनुसार उक्त कुलो सहित पशुपति र कृष्ण टोलको विचमा पर्ने ह्युपपाईको माटो समेत बगाएको छ ।
वडाका विकास निर्माणका लागि आएको बजेट कुम्ल्याउने प्रवृतिले विकासका नाममा विनास भईरहेको उनको आरोप छ । चिल्डे«न पार्क निर्माणमा समेत भूसे ईटा प्रयोग भएको भन्दै उनीहरुले वडामा तालाबन्दी गरेर आन्दोलन गरेका छन् । तर वडाध्यक्ष ध्जय बहादुर विष्टले विकास बिरोध र समाज विरोधी समुहले अनावयक विवाद झिकेर भ्रष्टाचार भएको फगत आरोप लगाईरहेको आरोप लगाएका छन् ।कुनैपनि योजनामा भ्रष्टाचार नभएको वडाको दावि छ । यसरी एक बर्षमै कुलो भत्किदा त्यसमा लगाएको लगानी बालुवामा पानी खन्याएझै भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *