रेविज विरुद्ध खोप शिविर

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ६ असार
भीमदत्त नगरपालिका वडा नं. १५ राधाकृष्ण टोलमा रेविज रोग विरुद्ध निःशुल्क खोप शिविर सञ्चालन भएको छ । वडा वासिन्दाका सबै कुकुरलाई खोप लगाउन शिविर सञ्चालन गरिएको छ ।
भीमदत्त नगरपालिकाको पशु सेवा उप शाखाले सञ्चालन गरेको शिविरमा एक सय कुकुरलाई खोप लगाएको छ । बाँकीलाई वडा कार्यालयबाट खोप लगाउन सकिने बताइएको छ । वडा अध्यक्ष भीम बहाद्र शाहुको अध्यक्षता गरिएको कार्यक्रममा पशुपंक्षी मत्स्य विकाश निर्देशानालय सुदूरपश्चिम प्रदेश दिपायलका निर्देशक डा. मदन सिह धामी प्रमुख र डा. पान सिह ठगुन्ना विशिष्ठ अतिथि रहनु भएको थियो ।
कार्यक्रममा कृषक सञ्जाल समूहका अध्यक्ष कृष्णदत्त भट्ट लगायत जनप्रतिनिधि, स्थानीय सहभागी भए । वडा सचिव भोजराज जोशीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *