भाग ४- पञ्चायत प्रणालीका निर्देशक सिद्धान्तहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

समय परिवर्तनशील छ मानव विचारधारा फेरबदल हुँदै जान्छन् जनचाहना स्वार्थमा लटपटिएका हुन्छन्, हरेक समाज नियम कानूनले चल्छ तर कानूनको पालना गर्नु पर्दछ नत्र देश समाज चलाउन कठिन हुन्छ, हामी माथि प्रयोग भएका सबै संविधानहरुलाई ऐतिहासिक दस्तावेजकै रुपमा प्रकाशित गरिरहेका छौं । अध्यापनको लागि सरल र सहज हुने नै छ केवल इतिहासको रुपमा मात्र हो भन्ने कुरा जानकारी गराउन नेपालको संविधान २०१९ लाई ऐतिहासिक जानकारी गराउँदछौं ।

१८. सिद्धान्तको प्रयोग यस भागमा लेखिएका सिद्धान्तहरु सामान्य र प्रदर्शनका लागि हुन र तिनलाई ुनै अदालतद्वारा लागू गरिने छैन ।
१९. उद्देश्य र लक्ष्य ः (१) व्यापक राष्ट्रि दृष्टिकोणबाट विभिन्न व्यवसाको हितमा सामञ्जस्य ल्याई एउटा प्रजातान्त्रिक, न्यायपूर्ण, प्रगतिशील र शोषणरहित समाजको सृजना गरी जनकल्याणको अभिवृद्धि र पञ्चायत प्रणालीको उद्देश्य हुनेछ ।
(२) साधारण जनतालाई जागरुक र चेतनशील बनाई क्रमिक विकेन्द्रीकरण द्वारा प्रत्येक तहको शासनमा जनप्रतिनिधिहरुलाई अधिक मात्रामा सम्मिलित गराई देशको प्रतिभा र साधनलाई सकभर बढी मात्रामार स्वेच्छाले उपधारा (१) अनुरुपको समाजको सृजना, काममा परिचालन गर्नु पश्चायत प्रणालीको राजनैतिक लक्ष्य हुनेछ ।
(३) उपधारा (१) मा उल्लिखित समाजको सृजना गर्ने काममा साधारण जनतालाई क्रियाशील तुल्याउने मार्गममा रहेका बाधाहरु हटाउने सामञ्जस्यपूर्ण नैतिकतामा आधारित सामाजिक जीवनको स्थापना गर्नु तथा परापूर्वकालदेखि नेपालको समृद्धि तथा वैभव र राष्ट्रिय चरित्रको रुपमा नेपाली नागरिकले अवलम्बन गरी आएको नेपालको संस्कृति र परम्परागत मान्यताप्रति रही आएको पारस्परिक सुमधुर सहिष्णुतालाई कदर गर्दै राष्ट्रिय एकता कायम गर्नु पञ्चायत प्रणालीको सामाजिक लक्ष्य हुनेछ ।
(४) उपधारा (१) का उल्लिखित समाजको सृजन ागर्ने काममा देशको आर्थिक उन्नतिमा जनसाधारणलाई सकभर बढी मात्रामा सम्मिलित गराई निजी उद्यमलाई समेत उचित प्रश्रय दिई कुनै पनि वगए वा व्यक्तिद्वारा अन्य कुनै वर्गा वा व्यक्तिमा अनुचित आर्थिक दवाव हुन नदिने गर्न र नेपाली जनजीवनका सबै क्षेत्रबाट निजी उद्योगको रुपमा लगानी गर्न प्रोत्साहित दिदै साझा संस्थाहरुलाई नेपालको उद्योग तथा व्यापार निितको आधारशीलको रुपमा स्थापना गर्न त्यस्ता साझा संस्थाहरुलाई सर्वसाधारण जनताको उद्योग व्यवसायको रुपमा विकसित गराई आर्थिक लाभ र सुविधा उपभोग गर्न पाउने गरी प्रोत्साहन दिने व्यवस्था समेत गर्नु पंचायत प्रणालीको आर्थिक लक्ष्य हुनेछ ।
(५) नेपालको प्राकृतिक स्रोत तथा सम्पदालाई उपयोगी र लाभदायी हुने गरी तिनको न्यायोचित रुपमा परिचालन गरी समान अवसरको आधारमा नेपाल अधिराज्यका विभिन्न क्षेत्र बीच सन्तुलित विकास गर्ने प्रयास गरी सबै क्षेत्रका जनतालाई समान स्थितिमा ल्याउन उचित सुविधाहरु प्रदान गर्ने प्रयास गरी नेपाली ग्रामीण जनताको आधारभूत आवश्यकता पुरा गर्ने हेतुले आर्थिक विकासलाई अघि बढाउन जोड दिनु पञ्चायत प्रणालीको विकासको लक्ष्य हुनेछ ।
(६) संयुक्त राष्ट्र संघको मूलभूत मान्यता तथा असंलग्नताको सिद्धान्तलाई अवलम्बन गरी नेपाललाई शान्ति क्षेत्र बनाउने प्रयास गर्नु पंचायत प्रणालीको परराष्ट्र नीतिको लक्ष्य हुनेछ । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *