कोरोना भाईरसः हालसम्म महाकाली अस्पतालबाट ३७ जना डिस्चार्ज

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ६ असार
कोरोना जितेर कञ्चनपुरको महाकाली अस्पतालबाट दुई महिला सहित चार जना डिस्चार्ज भएका छन् । शनिबार चार जना डिस्चार्ज भएका हुन् । महाकाली अस्पताल स्रोतका अनुसार कोडिभ १९ को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निदेशिकाको बुदा नम्बर २.३(क) अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि उनीहरु डिस्चार्ज गरिएको
छ । लालझाडी गाउँपालिका ४का पवित्रा राना, सकिनी राना र महाकाली नगरपालिका ९का ईन्द्र विक र प्रदिप विशालु कोरोना जितेर घरतिर गएका हुन् ।
उनीहरुलाई महाकाली अस्पताल व्यवस्थापन समितिका पदाधिकारी चिकित्सक एव स्वास्थ्यकर्मीले खादा र टिका लगाएर विदाई गरेका छन् । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण्दत्त जोशी(बोक्सर)ले ४ जना निको भएर विदाई गरिएको बताए ।
‘पहिले अन्य रोगका बिरामी पनि रिर्फर हुन्थे, ‘अध्यक्ष जोशीले भने, ‘अहिले कोरोना जस्तो जटिल रोग पनि उपचारमा सफल भईरहेका छौँ ।’ उनीहरुले अस्पतालमा नियमित चेकजाँच उपचार पछि निको भएको प्रतिकृया जनाएका छन् । बाँच्ने आश नभएपनि अस्पतालको उपचारपछि निको भएर घर जाँदा आफुहरु हर्षित भएको उनीहरुले बताएका छन । कुनै दिन रिर्फर सेन्टर बनेको महाकाली अस्पतालमा अहिले काठमाण्डौँ, कैलालीबाट समेत बिरामी उपचारका लागि आएका छन् ।
कोरोना संक्रमितले उपचारपछि निको हुने र त्यसका लागि आत्मविश्वास हुनुपर्ने जोडदिदै अस्पतालबाट सहयोग मिलेको बताएका छन् । शुरुमा चार जना, अर्को पटक एक शिशु, १३ जना, १४ जना र शनिबार ४ जना गरि हालसम्म महाकाली अस्पतालबाट ३७ जना डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *