उद्योग विहिन देश पानी नभएको माछा झै हो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालमा प्रजातन्त्र अर्थात बहुदलीय व्यवस्थाको साथै देशलाई उद्योग विहिन बनाउने षडयन्त्र सुरु भएको हो । त्यसको प्रमाण हो ती उद्योगहरुलाई चलाउन निजी क्षेत्रलाई विक्रि गर्ने विक्रि त गर्यो तर सञ्चालकहरुले चलाएन कारण हो नेपाललाई उद्योग विहिन बनाई युवा युवतीहरुलाई विदेशीको दाश बनाउने षडयन्त्र गरिएको होईन भनेर हामी भन्न सक्ने अवस्थामा छैनौं । भूलबाट वा वहकावटमा लागी अरुलाई फाइदा पुर्याउने षडयन्त्रमा फसेर सरकारले उद्योगहरु कौडीको मूल्यमा विक्रि गर्यो । त्यसको विरोध गर्दा सरकारले उद्योग चलाउने होईन भन्यो जनताले पनि उद्योगको मुनिम मन्त्रीलाई राख्न खोजेको पनि थिएन ।
सरकारको काम बजार बन्दोबस्त गराई उद्योग फस्टाउने अवश्य हो । सरकारको विश्वका राष्ट्र सित सम्पर्क हुन्छ विश्वास हुन्छ नेपाली किसान, जनता, उद्योगीले उत्पादन गरेको व्यापारीले आयात निर्यात गर्न खोज्दा वैदेशिक बजारको व्यवस्थापन गर्ने जिम्मा सरकारको हो । आयात मात्र गर्ने त्यो पनि वैदेशिक रोजगारीको रेमिटान्सबाट आएको रकमले बैदेशिक रुपियाँ बढी भन्दा बढी मोजमस्ती नेताहरुको अर्थ विनाको भ्रमणमा बढी खर्च गरिन्छ भने के देशमा औद्योगिक नीति सफल होला ?
आज विश्वभरी फैलिएको महामारीबाट बच्न बनेन, बचे पनि परिवार सित भेट गर्न आफूखुसी वा बाह्य परिवार पनि एकै दिन साउदी अरबबाट १५३, कुवेदबाट १५०, युएईबाट १४८ र कतारबाट ४३ जनालाई शुक्रबार ल्याईएको थियो । जसमध्ये ९८ जना गर्भवती छन भनेर कान्तिपुर समाचारले जनाएको छ । कुवेतले अवैध रुपमा रहेका घरेलु नोकरलाई आम माफी दिएर नेपाल फिर्ता पठाएको हो । कस्तो दर्दनाक घटना वैदेशिक
रोजगारीको लागि दलालहरुले नेपाली युवा युवतीहरुलाई त्यहाँका महाजनहरुको घरमा दासत्व जीवन विताउन लगाएको अन्तमा युवतीहरु मध्ये केही कामदारहरुलाई गर्भ बोकाएर पनि पठाएका समाचार नआएका भने होईनन् । तर नेपालमा विवाहित श्रीमतीले मेरो इच्छा विरुद्ध यौनसम्पर्क गर्यो भनि मुद्धा दिएमा १० वर्ष कैद र जरिवाना हुने विदेशमा बाध्य भएर सहि रहनुपर्ने अवस्थाको सृजना गर्ने को ?
वैदेशिक रोजगारमा देखिएका समस्या समाधानको लागि सरकारले उचित पहल कदमी र सुरक्षाको प्रत्याभूति हुने खालको वैदेशिक नीति अपनाउनु पर्दछ । विदेशमा जाने जो कोही नेपाली नागरिकको सुरक्षाको ग्यारन्टी र स्वतन्त्र भएर काम गर्न पाउने गरी सम्झौता स्वीकृत गरेर मात्र पठाउनु पर्ने हुन्छ । जुन ठाउँमा ज्यूज्यानको सुरक्षा नै छैन त्यस्ता मुलुकहरुमा श्रम स्वीकृति गरी रोजगारीको लागि पठाउनु उपयुक्त हुदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *