स्वाभिमानी व्यक्ति गुमाएको दिन








बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
मैले मात्र नभई सु.प.ले आफ्नो अटल स्वाभिमानी व्यक्ति वरिष्ठ अधिवक्ता तथा पुर्व न्यायाधीश माननीय थानेश्वर प्रसाद भट्टलाई गुमाएका छौ । यही आइतबार २५ जेठको विहान योग गरी रहेकै बेलामा ब्रहमलीन हुनु भएकोमा उहाँप्रति हार्दिक हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु ।
२०२७ सालको एसएलसी परिक्षा दिएर म विरेन्द्र बहुमुखी विद्यालय बैतडी शाहीलेकको भवन बाहिर निक्सदा मेरा गुरु प्रेमराज लेखक जो आजभोली भरतपुरमा बसोबास गरी बस्नु भएका छन् । प्रेमराज लेखक गुरुले म सित केही कुरा सोधे मलाई अंग्रेजीमा उत्तर दिन मन लाग्यो र अंग्रेजीमा उत्तर दिदा दुवै जना मुस्कुराएर खुसी हुँदै अंग्रेजीमा नै स्वीकारोक्ति दिए म खुसी भए । संयोग बश २७ को एसएलसी परिक्षा दिएपछि म झुलाघाट भारतको बाटो हुँदै महेन्द्रनगर आउँदा वरिष्ठ व्यक्तित्व थानेश्वर प्रसाद भट्ट र म एकै बसमा टनकपुर सम्म आयौं । हामी दुवै जनाको परस्पर परिचय गरेको याद छैन तर बाटो बसमा कुरा हुन्थे र म नेपाली भाषामा नै बोली कुरा गर्दथे म उहाँलाई म भन्दा जेष्ठ ठान्दथे उहाँ पनि महेन्द्रनगर आई वकील लोकेन्द्र बहादुर चन्द सित बसेर कानूनी सेवा प्रदान गर्ने चाहना रहेछ । २९/३० सालमा उहाँको कानूनी व्यवसाय गर्ने कार्यालय महेन्द्रनगरको गल्ली नं. ५ मा भेटघाट र राम्रो चीनजान भयो । उहाँ बैतडीबाट सँगै आउँदाको यादगार दिदै भन्नु हुन्थ्यो “म त तपाईलाई पुर्व तर्फकै मानिस भनेर साचेथे” म लजाए त्यो दिन देखि मैले उहाँ सित हमेशाको लागी नेपाली बोल्न छोडी दिए हाम्रै स्थानीय डोटेलीमा कुरा गर्न लागेकोमा उहाँ पनि खुसी हुनु हुन्थ्यो । मेलै गरेको अनुमानले उहाँ आफ्नो गौरव स्वाभिमान बनाई राख्ने प्रयासमा हुनु हुदो रहेछ । त्यस बेला महेन्द्रनगरमा २ जना वकील मात्र थिए लोकेन्द्र बहादुर चन्दले थोरै महिना मात्र वकालतको काम गरे अनि राजनीतिमा लागी हाले । धिरेन्द्र बहादुर विष्ट र थानेश्वर प्रसाद भट्ट मात्र २ जना वकीलमा प्रमुख स्थान र आफ्ना सेवाग्राहीको प्रियजन थिए उहाँको हाई हाई बढ्दै गयो । २०३६ सालको जनमत संग्रहको घोषणापछि बहुदलिय व्यवस्थाको प्रचार प्रसारमा आफ्ना साथीहरु सित बैतडी जानु भयो । उहाँका पिताजी देखि भक्त भट्ट जिल्ला प्रशासनमा लेखा प्रमुख र म सहायक लेखा प्रमुखमा हुँदा हामी ३ जना थोरै समय कार्यालयमा साथै बस्यौ चियापान गर्ने समय नहुँदा पिताजी सित विदा मागी साझ ३/४ बजे तर्फ हिड्नु भयो सायद बैतडीमा प्रचार प्रसार सकेर महेन्द्रनगर झरेका थिए ।
विभिन्न पत्रिकाहरुको वार्षिकोत्सवमा उहाँलाई बोलाएमागईरहनु हुन्थ्यो एक दिन सम्पादक कर्णदेव भट्ट रहेको पत्रिकाको उत्सवमा गई फर्कने बेलामा म सँग कुरा गर्नु भयो महेन्द्रनगरबाट हमेसा प्रकाशित हुने पत्रिकाहरुमा जिल्ला बाहिरका लेखकहरुका लेख मात्र हुन्छन, के हाम्रो जिल्लामा छैनन् होला त लेखकहरु त्यस बेला २०६४ सालदेखि नै मैले लेख दिन अनुरोध गरे उहाँले दिन मन्जुर गरे यौटा सर्त राखे हरेक शुक्रबारको १ बजेदेखि ३ बजेसम्म मेरो लेख लैजानु पर्ने छ गलत नगरी सफा शुद्ध टाइप गरी प्रकाशित गर्नुपर्नेछ भन्ने कुरामा म मन्जुर भए । २०६४ सालदेखि निरन्तर दिदै गरे ज्यादै कोसिस गर्दा गर्दै पनि टाईप मिष्टेक भइरहदा सतर्क गराई रहनु हुन्थ्यो । उहाँका लेखहरुमा दिशानिर्देश कञ्चन साप्ताहिक पत्रिकाको प्रथम वर्ष गाठको उपलक्ष्यमा दिशानिर्देश पत्रिकालाई शुभकामना दिनुभयो । “महेन्द्रनगरमा पत्रकारिता” शिर्षकमा निर्देशनात्मक लेख लेखेका थिए त्यो लेखबाट पत्रिका र पत्रकारको कर्मनिष्टता र महत्वको बारेमा लेखले महत्व दिएको थियो ।
एक लेख उहाँको “चुनाव पछिको नेपाल” त्यसमा लेखिएको छ सिटौला, शेखर कोइरालाहरुले आफू मिटाई माओवादीलाई सघाएका हुन् । उहाँ यथार्थ कुरा भन्न र गर्नमा डराउदैनथे । उहाँलाई कुनै लोभ लालचा थिएन । २०४८ पछि उहाँलाई क्षेत्रीय न्यायाधीशमा नियुक्त भए एक कांग्रेसी सभासदले मैले बनाई माग्न सिफारिस गरेको हु भन्ने कुरा प्रकाशमा आउँदा क्षेत्रीय अदालतमा बहाल भई केवल एक फैसला गरेका थिए, आफ्नो राजिनामा श्री ५ मा चढाए । उहाँको धारणा थियो म मेरो योग्यताले न्यायाधीश पद पाएको हुँ भन्ने गौरव थियो तर मलाई त कसैले त्यसै बनाएको रहेछ भने म न्यायाधीश पदमा रहन चाहदैन भनि आफ्नो पद त्याग गरेकाले पनि उहाँको स्वाभिमान, गौरव आत्म सम्मान निस्कलंक निस्वार्थी भावना बुझ्न सकिन्छ ।
राष्ट्र नेपाली जनता, इमान्दारिता, सम्प्रभुता, कर्मनिष्टतालाई प्राथमिकता दिई आफ्नो लेख मार्फत मानव समाजलाई दिएका दिशानिर्देशहरु हेर्न सकिने छन् । उहाँले १०/१२ वर्षका लेखहरुमा सामाजिक, राजनीतिक, धार्मिक, दार्शनिकताको उपदेशनात्मकले दिशानिर्देश गरेका छन् । उहाँको व्यक्तित्वमा सोधपत्र लेख्न एक कानून व्यवसायीले गत वर्ष म बाट धेरै प्रकाशित पत्रिकाहरु लगेका थिए उहाँ काठमाडौंको एक ल फर्मबाट आएको बताउथे । आजको यो अंकमा उहाँको लेखले अनुपस्थिति जनाएको छ । आज उहाँको स्वर्गवास भएको आठ दिन भैसक्यो । गत आइतबार गत अंकमा उहाँको लेख “आवाज विहिनको आवाज” थियो मैले त्यो लेख बढी भावुक, सामाजिक, दार्शनिक ठानेको छु । उहाँका लेखका उपयोगी मजवुनहरु वर्षभरी दिई रहनेछु । त्यो नै उहाँप्रति मेरो हार्दिक श्रद्धाञ्जली हुनेछ ।







