थानेश्वर प्रसाद भट्टको अन्तिम विदाई

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ३१ जेठ
सुदूरपश्चिमका प्रतिष्ठित स्वाभिमानी व्यक्तित्व भएका वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्टको यही गत आइतबार जेठ २५ गतेका दिन आफ्नै निवास योगाभ्यास गरी रहेको समयमा नै ब्रहमलीन हुनु भएका हुन । वरिष्ठ अधिवक्ता थानेश्वर प्रसाद भट्टको जन्म २००७ पुष २९ गते बैतडीको अलामा भएको थियो । उहाँका १ श्रीमती, २ छोरा र १ छोरी छन् । एकदम सुखी परिवार साथ जीवन विताई रहनु भएको समयमा नै एक्कसी परलोक हुँदा परिवारजन सोकाकुल भएका छन् । दुवै छोराहरुले परम्परा बमोजिम काजकृया गरिरहेका छन् ।
उनका विशेषताहरु नीति र नियमको पालना गर्नु स्वाभिमानी स्वतन्त्र भई रहनु प्रमुख हुन । जे व्यवसाय गरे पनि आफ्नै देशमा बसी देश र जनताको सेवा गर्नु भन्ने उनका कठोर उपदेशहरु हुन । विदेशमा गई विदेशीको गुलाम भएर बस्नु भन्दा मर्नु जाती भन्ने उहाँको अन्तर आत्माको बोल हो ।
देशलाई गरिव निहत्ता बेसाहराहरुको अर्थात विदेशमा दासत्व जीवन विताई रहेका गरिवहरुको रेमिटान्सबाट होईन कि उद्योग, कलकारखाना स्थापना गरी औद्योगिक बस्तुबाट प्राप्त विदेशी मुद्राबाट विश्वसित व्यापार व्यवसाय गरी विदेशी मुद्रा आर्जन गर्नु पर्छ तर दासत्व जीवन विताएका युवाहरुको रेमिटान्सबाट राष्ट्र चलाउनु उपयुक्त छैन भन्ने नीति उनमा थियो । गरिव तथा अन्यायमा परेका जनताको बारेमा हमेशा आवाज उठाउनु पर्ने ठाउँमा उठाउनु हुन्थ्यो । उहाँका हरेक काम कुरा नियमित आफ्नै शैलीका थिए उनलाई केवल कर्मनिष्टता चाहिन्थ्यो ।
नाफा नोक्सानको वास्ता थिएन भन्ने कुराको प्रमाण माननीय न्यायाधीशमा नियुक्ति हुँदै बहाली गरी एक मुद्धाको फैसला गर्ने वित्तिकै श्री ५ मा आफ्नो राजिनामा पेश गरी नाफाको बाटो परित्याग गरी आत्म सम्मान र स्वाभिमानपुर्वक बाच्न खोजेको मात्र हैन बाचे तर जव देशमा भयावहको स्थिति आयो तव उहाँले आफ्ना सच्चा इमान्दार कठोर शब्दहरु पनि प्रयोग गरे ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *