डोकेबजार–बेलौरी हुलाकी सडकको काम अगाडी बढ्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १९ चैत्र

खास हुलाकी मार्गको आवश्यक राणाशासन काल देखि नै भएको हो । त्यति बेलाको नियममा हुलाकीलाई कसैले बाधा ब्यवधान गर्न नहुने, २४ सै घण्टा डाँक चल्नुपर्ने व्यवस्था गरिएको थियो । हुलाकीलाई भर्ना गर्ने बेला नै जसले राति अध्ँयारो मा हिड्न झोरो राँको अर्थात् उज्यालोको बन्दोबस्त म आफै गर्नेछु साथमा दिएको भाला र घुङरु जडित लाठीको सुरक्षा पनि म आफै गर्नेछु जसले भन्छ उसैलाई जागिर दिने राणाशासनको कडा नियम थियो । बाटोमा डाँक लुट्ने तथा अवरोध गर्नेलाई मारेमा पनि कसुर नलाग्ने हुदाँ इमानदारीका साथ डाँक गन्तव्य स्थानमा समय मै पुग्ने गर्दथ्यो ।
जिल्लाको डोकेबजार–बेलौरी हुलाकी सडक खण्डको निर्माण कार्य सुरु भएको छ । भारत सरकार को सहयोगमा निर्माण सुरु गरिएको उक्त सडक खण्डको कामबाट भारतले हात झिकेपछि नेपाल सरकारले उक्त सडक खण्ड निर्माण थालेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले २ महिनाअघि शिलान्यास गरेको डोकेवजार देखि बेलौरी सम्मको १९ किलोमिटर सडक खण्डमा रहेका पुराना ह्युमपाइपहरु हटाएर कल्भर्ट हाल्ने काम तीव्र पारिएको छ ।
शर्मा र राजेन्द्र जेवी कम्पनीले निर्माणको ठेक्का पाएको उक्त सडक खण्डको लागत ३६ करोड ४७ लाख रुपैयाँ छ । सडकको चौडाई ७ मिटर र सडकको दायाँ–बायाँ अढाई मिटर रहने निर्माण कम्पनीका इन्जिनियर रोशन भट्टले जानकारी दिए ।
२०७३ फागुनमा सम्झौता गरिएको सडकको निर्माण कार्य २०७६ भदौमा सम्पन्न गराउने योजना छ ।
सडक निर्माणपछि कञ्चनपुरको दक्षिणी बेल्ट र कैलाली सदरमुकाम धनगढी जोडिने छन् । प्रशासनिक बाहेकका काममा कञ्चनपुरका जनतालाई धनगढी सहज हुने भए पनि सडक असुविधाका कारण समस्या झेल्दै आइरहेका छन् ।
सडक बनेमा कैलाली कञ्चनपुरमा आवत जावत तथा कृषिजन्य सामाग्री ढुवानी गर्न सुविधा हुने थियो । त्यसलै वर्तमानको समयमा हुलाकी सडकको ठाउँमा कृषिसडक नामाकरण गर्नुपर्छ । अहिले हुलाकको प्रयोग ज्यादै न्यून भएको पाइन्छ । यी वैकल्पिक राजमार्गहरु हुन् । यिनको निर्माण कार्य द्रुत गतिमा गर्नुपर्छ । आज कञ्चनपुरमा मन्त्रालयले स्पष्ट रुपमा हेरेको छ र प्राथमिकता पनि पाएको छ भन्ने कुरालाई यहाँका जनताहरुले भुल्नु हुदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *