लिपियाधुराले संविधान पायो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

लिपियाधुरा के एलानी थियो ? के त्यो नेपाल भारतको नक्सा र संविधानमा स्थान पाउन खोजी रहेको थियो ? वास्तवमा लिपियाधुरा कालापानी कसको थियो ब्रिटिसलाई सोधौं । १९५० नेपाल भारतको मैत्री सन्धीको पाना पल्टाई र नेपालमा तालुकदारी प्रथा रहेसम्म त्यहाँको मुखियालाई सोधौ मुखियाको मृत्यु पछि उनको अर्को छोरा मुखिया भएका छन् । वकील दयाकृष्ण पन्त दार्चुला निवासी तथा दार्चुलाको मालपोत कार्यालयका निवर्तमान कार्यालय प्रमुख विजय गोविन्द श्रेष्ठका अन्तरवार्ता तथा लेख हेरौं त्यसबाट प्रष्ट हुन्छ कि लिपियाधुरा र कालापानी नेपालको हो नेपालको थियो र रहनेछ । त्यस क्षेत्रको जनगणना नेपालले गरेको छ । भारतले जानेर या नजानेर त्यहाँबाट मानसरोबर कैलास सम्म सडक लैजान खोज्यो त्यसमा नेपालको सहभागीता रहनु पर्दछ । बनाउन लागेको खर्च व्यहोर्न या लागत स्वीकार्न नेपाल तयार होला आफ्नो हक छोड्न सक्दैन । दुवै देशका पदाधिकारी बसेर सहमति जनाउनु पर्छ विवाद सुल्झिदैन भने जो सित नेपालको लडाई भएको छ त्यो देशका विज्ञ सित सुगौली सन्धी हातमा समाति छातीमा हात राखी कुरा चलाउ । आज नेपालले नेपाल भारतको १९५० को मैत्री सन्धीको धारा ८ ले सुगौली सन्धी बदर भएको एरिया खोल्न पुगेको छैन । केवल कालापनी खोजेको छ नालापानी थाती राखेको छ यो कुरा बुझ्न जरुरी छ ।
लिपुलेकमा २०३२/३३ मा खम्पा अप्रेसनको लागी नेपाली सेनाको क्याम्प बसेको थियो त्यो क्याम्पमा ४५ दिनसम्म बसी खम्पा अप्रेसनमा सहभागी एक सैनिक हबल्दार दलबहादुर चन्द जिवितै छन् । उहाँ आज महेन्द्रनगरको खैरभट्टी निम्बुखेडामा बस्नु हुन्छ र उनको पल्टनलाई पनि थाहा छ । अझै लिपुलेकमा नेपाल आर्मीले प्रयोग गरेका गोलीका खोखहरु देखिन सक्छन् । यति हुँदा हुदै आनाकानी गर्नु भारत, नेपालको हितमा हुदैन । २०५३/५४ सालमा पञ्चेश्वर जलविद्युत आयोजना निर्माणको लागी सन्धी भएको हो त्यो टिम र सांसदलाई नेपालको सिमाना हेरफेर गर्ने अधिकार थिएन यदि सिमानामा आँच पुर्याउने गरी सन्धी गरिएको अर्थ लाग्छ भने त्यो सन्धी खारेज गरी ग्रेटर नेपालको सिमाना खोज्नु पर्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *