मृत्यु पछिको डाक्टर

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हुन त आज विश्वभरी नै महारोग फैलिएको छ । पहिले कुष्ठरोगलाई महारोग भन्ने गरिन्थ्यो भने आजको बदलिदो विश्वमा महारोगले पनि रुप फेरेको छ । जसको ठोस औषधी नै बनेको छैन भनिन्छ । अर्को कुरा ज्यादै सर्तकता अपनाउनु पर्ने उपचार गर्ने स्वयम् कर्मलाई समेत आकर्मण गर्न सक्ने कुरुपी भाइरस हुदा विश्व त्रसिएको हो ।
हामी कहाँ यौटा उखान जस्तै छ बतभच मभतबज तजभ मयअतयच मृत्यु पछिको डाक्टर भनेझै पनि भएको छ । विरामीको मृत्यु अस्पतालमा नै भए बरु राम्रो हुन्छ तर भारतबाट घर परिवारको साथमा रहने आशा बोकी आएकाहरुको उपचार न भारतले गर्यो न नेपालले झन क्वारेन्टाईनमा नै मृत्यु भएका समाचारहरु सुन्दा प्रहरी हिरासतमा मरेको जस्तो पिडा बोध हुन्छ । त्यस कारण कोरोनाको वा कोही पनि विरामीले स्वतन्त्र रुपमा बाच्न र मर्न पाउनु पर्दछ । सरकारले क्वारेन्टाईनमा बसाली विरामी पत्ता नलगाउँदै मर्ने अवस्थामा विरामी पुग्छ भने बरु उसलाई स्वतन्त्रता पुर्वक आफ्नो घर जान दिनु र घरमै क्वारेन्टाईनको बन्दोबस्त मिलाई दियो भने सरकारको व्यय भार पनि कम हुनेछ र परिवारले पनि उपचारमा सहभागी हुन पाउने छन् । बरु पिडित गाउँ, क्वारेन्टाईनहरुमा किटनाशक औषधीहरु छर्कनु पर्ने पनि ठान्दछौं । बजार क्षेत्रमा त अवश्य पनि कीटनाशक औषधी अनिवार्य छर्कने व्यवस्था हुन उपयुक्त देखिन्छ । गाउँ गाउँमा विद्यालय भवनहरुमा क्वारेन्टाईन बनाएको पाइन्छ । त्यसबाट वरिपरीका गाउँहरु पनि त्रसित हुने हुदा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने हुँदा क्वारेन्टाईनमा हुने जति खर्च सरकारले पिडितहरुकै घर दैलोमा उपलब्ध गराई परिवारलाई सहयोग पुर्याई दिए उपयुक्त हुनेछ ।
क्वारेन्टाईनमा बस्नेहरु जो कसैले पनि हिम्मतका साथ रहनु पर्दछ र आफ्नो स्वस्थ्यको बारेमा आफूले पाएका संकेतहरु सरोकारवाला पदाधिकारीहरुलाई दिनुपर्ने हामी सबैको बौद्धिक कर्तव्य पनि हो । हाम्री अभिनेत्री मनिसा कोईरालाले लिपुलेकमा भएको सिमा अतिक्रमणको बारेमा अतिक्रमणकारी विरुद्ध बोलेकिले आफ्नो देशप्रतिको माया तथा मर्म मरे पनि बुवा बाजेको र आफ्नो मातृभूमिमा जिउनु र मर्न बेस छ भनि नेपाल फर्किएकीले उनको स्वाभिमान देश प्रेम र शाहस झल्किन्छ । उनका भावनाको कदर गरी हामी सबैले थोरै भए पनि मातृभूमिको लागी केही सिक्नै पर्ने ठान्दछौं । आज
विरामीको सेवा गर्ने मौका पाएका छन् विश्वभरीका स्वास्थ्यकर्मीहरुले । यी सबै कुरा सम्झदा नाईटिङ्गेल नर्सको याद आउँछ उनी विरामीको सेवा गर्न विरामीको घरमा बत्ति बालेर आउने जाने गर्दथिन रात दिन विरामीको सेवा गर्ने नर्स आज पनि अमर छन्, हमेसा अमर रहनेछन । एक गरिव युवती मेडम क्यूरीले रेडियमको पत्ता लगाउनुभयो र त्यसै रेडियमले गर्दा नै मृत्यु भए पनि अमर रहेकी छन् ।
आज विदेशबाट घर सम्झेर आएका युवा युवतीलाई सेवा पुर्याउने मौका हाम्रा स्वास्थ्यकर्मीलाई प्राप्त भएको । हामीलाई हमेसा याद आई रहन्छ २०२७/२८/२९ सालको हैजा, विफरको नियन्त्रणमा महेन्द्रनगरको स्वास्थ्य केन्द्रमा रहेका २८ वर्षिय युवा डाक्टर धु्रवमान श्रेष्ठको बारेमा कैयौ पटक यस दिशानिर्देश साप्ताहिक पत्रिकाद्वरा प्रकाशित गरिदै गएको पनि छ । आज डा. ध्रुवमान श्रेष्ठ सेवा निवृत्त राष्ट्रसेवक हुनुहुन्छ । उहाँ आफ्ना विरामीलाई
सर्वोपरी मान्दथे । २०२८ सालमा राजाका प्रतिनिधिको रुपमा रहेका अञ्चलाधीश टेकबहादुर रायमाझीको टुरमा जान अस्वीकार गरे कारण थियो म मेरा विरामीलाई छोडेर कतै जान्न भन्ने अडानमा रहेका थिए । आजको महामारीमा त्यस्तै डा.को खाचो छ र सरकारले हेर्नु पर्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *