शोक दिवस जेठ १९ गते

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

विश्वका हरेक देश हरेक घरमा एक व्यक्तिले अभिभावकत्वको भूमिका निभाएको हुन्छ । यो प्राकृतिक नियम हो । हरेक युग र समयमा मुली व्यक्ति राष्ट्रको होस वा घरको जिम्मेवारी आफूमा आउँदा इमान्दारिताका साथ गम्भिरतापुर्वक लिने गर्दथे भन्ने हामी हरेक इतिहास धर्मग्रन्थहरु पढ्दा थाहा पाउँछौं । जुनसुकै युग र समयमा जिम्मेवारी व्यक्ति माथि हरेक संकट आई पर्ने गरेका देख्छौं र सुन्छौं मानव समाज विचित्रको रहेछ भन्ने रहस्य पनि खुलेको छ ।
जसले आफू कर्मनिष्ट भएर काम गर्दछ उसले ठूलो जस पाएको हुन्छ । जो कर्मनिष्टबाट टाढा रहेको हुन्छ उसले जस गुमाउछ गुमाएको पनि छ । जसले आफ्नो घर देशको हितमा काम गर्छ उसको विरुद्धमा जानेहरु स्वयम् विलाएर जान्छन र गएका पनि छन, नेपालको कुरा गर्दा २००७ सालमा नेपालले पराधीनताको विउ रोप्यो प्रजातन्त्रको नामले राष्ट्रको सम्पूर्ण शक्ति विदेशीको हातमा जान बाध्य भयो त्यो राष्ट्रिय एकतामा अनेकताको उपज थियो । जहानिया शासनको निसानी पनि थियो । पृथ्वीनारायण शाहको कार्यकाल पुर्व देश राजाहरुका छोराहरुमा भाग लाग्दथ्यो त्यो नीति कौरव पाण्डवकै बेला देखिको देखिन्छ । राज्य भागबण्डाकै कुरुप थियो महाभारतको युद्ध, त्यसबाट समेत ज्ञान लिएर पृथ्वीनारायण शाहले राष्ट्र हमेशा सिङ्गो रहनु पर्दछ । देश जनताको साँझा हो राजाको एकलौटी होइन राजाका छोराहरुको भागबण्डा हुनु हुदैन जनताको राष्ट्र भएकोले सिङ्गो राष्ट्र रहनु पर्दछ भनेर देशको भागबण्डा गर्नबाट उनले रोकाई सिङ्गो राष्ट्रको अवधारणा बोकी नेपालको एकिकरणको अभियान सुरु गरी बाईसे चौविसे राज्यमा विभक्त भएको नेपाललाई एकिकरण गरेका हुन । त्यही अवधारणा र विश्वको सहभागिता सहयोग लिएर राजा महेन्द्रले नेपाललाई अगाडी बढाउने काममा तल्लीन रहे । त्यसबेलासम्म २००७ साल फागुन ६ गते सम्म राणाहरुकै जहानिया शासन व्यवस्था थियो । जंगबहादुर राणा स्वयम् जिवित रहेसम्म नेपालको मान सम्मान उच्च राख्ने काम गरेका हुन ।
विकास निर्माणको काम अंग्रेज लगायतका युरोपियन मुलुकहरुको जस्तो विकासको चाहना राख्दा राख्दै भाईहरुको खिचातानीले पनि केही कठिन भयो भने आत्मसम्मान स्वाभिमानी जंगबहादुरले हिन्दु संस्कार अनुसार मान्ने काम भन्दा अरु देशबाट आर्थिक सहयोग लिन चाहेन । नेपालीले त सहयोग दिने हो लिने होइन भनेका प्रमाणहरुमा एक हो “बेलायतकी रानीले नेपाल र जंगबहादुरप्रति खुसी भई बेलायत भ्रमणको बेला बेलायतकी रानीले के सहयोग गरु भनेर केही पौण्ड सहयोग गर्न खोज्दा इन्कार गरे उहाँले भनेका थिए नेपालका हामी माग्ने नभई दिने हौ बरु तपाईलाई म के दिउ भन्नुहोस म दिन तयार छु भनि जंगबहादुरले भनेपछि रानीले भनिन त्यसो भए तपाईको फोटो दिनुहोस्” भनेपछि आफ्नो फोटो ब्रिटेनकी रानीलाई उपहार दिए जुन फोटाको शालिक निर्माण गरी आज सम्म बेलायतमा राखेकै छ भनिन्छ ।
राणा सरकारले राजसंस्था र नेपाललाई विश्वासका साथ जोगाएर राखेका थिए भने त्यसपछि प्रजातन्त्र आउँदा २००७ पछि नेपाल र राजसंस्था माथि तिकडमबाजी चल्यो फलः स्वरुप राजा महेन्द्रलाई जनकपुरमा बम प्रहार गरे बमबाट क्षत्रि भएको राजा महेन्द्रको जीप अझै पनि काठमाडौंको संग्रहालयमा राखिएको छ ।
देशलाई ठालु गुण्डाहरुबाट अलग राखी स्वच्छ, शासन चलोस भनेर गाउँ गाउँमा गाउँ पंचायतहरुको स्थापना गरी पूर्ण मेलमिलापका साथ लैजान सफल भए पनि केही नेताहरुले पंडित जवाहरलाल नेहरुको कुटिल चालमा राजसंस्था माथि षडयन्त्रका तानाबुना बुनिदै गए । आफ्नै मौलिकतामा आधारित निर्दलीय व्यवस्थाको बारेमा राजा विरेन्द्रले पनि २०३६ सालमा जनमत संग्रहको घोषणा गरी जनता के चाहन्छन, भनि जनमत संग्रह गरे जनताको मत बमोजिम शासन व्यवस्था चिली रहेकै बेला २०४६ सालमा आन्दोलन भयो र आन्दोलनबाट बहुदलीय व्यवस्थाको सुत्रपात भयो । जनता पनि खुसी भए प्रजातन्त्र नामको बहुदलिय व्यवस्था आयो भनेर तर २०५८ साल जेष्ठ १९ गते राजपरिवारमा राजा विरेन्द्रको बंश नास हुने गरी हत्या भयो त्यो प्रेमको लागी युवराजबाट भएको घटना भनि सरजमिन मुचुल्का गरियो त्यो विश्व राजनीतिको खेल थियो युवराजको प्रेम कथा जे सुकै भए पनि प्रजातन्त्र माथि घात प्रतिघात भयो । २०६२/६३ मा पूर्ण हुतिको सुरुवात भई २०६३/०६४ मा समापन भयो ।
एकतामा अनेकताको सुत्रपात पनि भयो आज देश कसैको नियन्त्रणमा छैन भन्नमा पाप लाग्दैन । गणतन्त्र संघीय व्यवस्थाको उदय भएको छ देश र जनताको लागि कस्तो रहने हो भन्ने प्रतिक्षाकै विषय रहेको छ । जे भए पनि राष्ट्रले संघर्ष गरी रहेकै छ । भ्रष्टाचारले सिमा नाघी सकेको छ । बाँकी प्रतिक्षा गरौ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *