क्वारेन्टाईनमा बसेकालाई समाजसेवी शाहीद्वारा खाद्यान्न सहयोग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १७ जेठ
कञ्चनपुरको बेलडाडी गाउँपालिका १ सरस्वती माध्यमिक विद्यालय झरनासागरको क्वारेन्टाईनमा बसेकालाई १ जना समाजसेवीले खाद्यान्न सामग्री सहयोग गरेका छन् । बेलडाडी गाउँपािलका १ निवासी समाजसेवी वकिल बहादुर शाहीले खाद्यान्न सामग्री सहयोग गरेका हुन् । विदेशबाट फर्किएका दाजुभाईलाई सद्भावका लागि सक्दो सहयोग गरेको शाहीले बताए । बेलडाडी गाउँपालिकाका प्रवक्ता अमर खत्रीले यसरी क्वारेन्टाईनमा बसेकाप्रति समाजसेवी शाहीले सद्भाव देखाएको भन्दै आभार प्रकट गरेका छन् । प्रवक्ता खत्रीका अनुसार चामल ३५ किलो, आलु ३ किलो, प्याज ३ किलो लगायात हरियो तरकारी दिएका थिए । कुल ५ वडा रहेको बेलडाडी गाउँपालिका १ झरनासागर क्वारेन्टाईन नमूनाका रुपमा समेत परिणत भएको छ । २ महिला सहित ४६ जना बस्दै आएको क्वारेन्टाईनमा दैनिक खानपान शौचालय, खानेपानी लगायत सुरक्षाको उच्च प्रवन्ध गरिएको छ । भेटघाट गर्न आउने आफन्तहरुलाई टाढैबाट सामाजिक दुरी कायम गर्दै थोरै समय संवाद गर्न दिएको छ । यस क्वारेन्टाईनमा बसेका स्थानीयले क्वासरेन्टाईनमा सुविधा पाएको बताएका छन् । क्वारेन्टाईनमा बस्दै आएका भान बहादुर विष्टले १४ दिन भित्र पिसिआर र आरडिटी गर्नुपर्ने बताएका छन् । सोही क्वारेन्टाइनमा बन्दै आएका अखिल भारत नेपाली एकता मञ्च हरियाणा राज्य अध्यक्ष शेर खत्रीले पनि क्वारेन्टाईनमा बसेका सबैको १४ दिन भित्रै सकभर पिसिआर त्यो नभए समयमै
आरडीटी परिक्षण गर्नुपर्ने माग राखेका छन । उनले क्वारेन्टाईनमा बसेका सबैले समाजिक दुरी कायम गर्दै आन्तरिक व्यवस्थापन समेत गरिएको बताए । सो क्वारेन्टाईनमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट नेपाल प्रहरीले सुरक्षा प्रदान गर्दै आएको छ । अन्य क्वारेन्टाईनहरुमा अनावश्यक विवाद, किचलो झैझगडा भए पनि बेलडाँडीमा भने जिल्ला भित्रको सद्भाव समन्वय इमान्दारिता नैतिकता देखिएको छ । क्वारेन्टाईनमा बस्ने जनप्रतिनिधि सुरक्षा निकाय समुदाय बीचमा सद्भाव रहेको उहाँको भनाई छ ।
अखिल भारत नेपाली एकता मञ्च हरियाणा राज्य अध्यक्ष शेर खत्रीले यस अघि भारतमा अलपत्र तथा समस्यामा परेका नेपालीको उद्धार तथा राहत वितरणमा सक्रिय भूमिका निर्वाह गरेको र आफू क्वारेन्टाईनबाट बाहिर गई सकेपछि पनि भारतमा समस्यामा परेकालाई उद्धार गर्ने प्रतिबद्धना व्यक्त गरेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *