कञ्चनपुरमा रहेका क्वारेन्टाइन र आइसोलेशन कक्ष भरिभराउ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १७ जेठ
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि कञ्चनपुरका स्थानीय तहहरुले स्थापना गरेका क्वारेन्टाइनहरु भरिभराउ भएका छन् । कञ्चनपुरका नौ वटै स्थानीय तहका १३७ स्थानमा रहेका क्वारेन्टाइनहरुमा ६ हजार १ सय ९४ शया रहेका
छन् भने शनिबारसम्म ती क्वारेन्टाइनहरुमा ५ हजार ८ सय ९२ जनालाई राखिएको छ । स्थानीय तहहरुले थप क्वारेन्टाइन स्थापनाको तयारी गरेपनि आवश्यक स्रोतसाधनको अभाव, प्रतिकुल मौसम र स्थानीय नागरिकहरुको अवरोधले क्वारेन्टाइन स्थापनामा जटिलता देखिएको छ । यद्यपी स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरु भने छिट्टै समस्या समाधान हुने बताउँदै आएका छन् ।
त्यस्तै, कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पतालमा स्थापित आइसोलेशन कक्ष समेत भरिएको छ । जम्मा दश शयाको आइसोलेशन कक्षमा कोरोनाको आशंकामा भर्ना गरिएका बिरामीहरु भरिएपछि आशंकामा ल्याइने थप बिरामीहरुलाई राख्न समस्या भएको छ । कञ्चनपुरका विभिन्न स्थानीय तहहरुमा रहेका क्यारेन्टाइनमा बसेका मानिसहरुको आरडिटी विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि ६ जना र अन्य शंकाष्पद ४ जना गरी जम्मा १० जनालाई आइसोलेशनमा भर्ना गरिएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सरोज आचार्यले बताउनु भयो । कोरोनाको आशंका गरिएका अन्य बिरामीहरुलाई जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको छ । यता, कञ्चनपुरकै बेलौरी र वेदकोट नगरपालिकाले पनि दुई महिना पहिले देखि नै आइसोलेशन कक्ष स्थापना गरेपनि त्यहाँ आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्न सकिएको छैन । सुदूरपश्चिम प्रदेश सरकारको एक करोड रुपैयाँको लगानीमा महाकाली अस्पतालमा निर्माणाधीन ५० शैयाको कोरोना अस्पताल निर्माणमा पनि ढिलाइ भइरहेको छ । यही जेठ ०७ गतेसम्म निर्माण गरी सक्ने सम्झौता भएपनि ठेकेदारको लापरवाहीले गर्दा निर्माण कार्य अहिलेसम्म अधुरै रहेको छ ।
भारत तथा तेस्रो मुलुकबाट हालै कञ्चनपुरमा मात्रै ११ हजार ५ सय २३ जना भित्रिएका छन् । हालसम्म कञ्चनपुरमा २ हजार ८ सय ९९ जनाको आरडिटी र ५ सय ९७ जनाको मात्रै स्वाब परीक्षण गरिएको छ ।
दोधारा चाँदनीमा २ हजार ४ सय जना क्वारेन्टाईनमा माहाकाली नगरपालिकाले कोरोना रोकमथाम तथा नियन्त्रणका लागी भारतबाट आएका नागरिकलाई क्वारेन्टाईन व्यवस्थापनमा जुटेको छ । शनिबार बिहान सम्म भारतबाट आएका २ हजार ४ सय क्वारन्टाईनमा छन् । सुरक्षाकर्मीको तथ्यांक अनुसार हाल सम्म माहाकाली नगरपालिकामा रहेका बिद्यालयहरुमा क्वारेन्टाईनमा रहेका मध्ये १ सय ५० महिला र २ हजार २ सय ५० पुरुष रहेका छन् ।
१० वडा रहेको माहाकाली नगरपालिकाले हाल ३५ विद्यालय सहितका स्थानमा क्वारेन्टाईन निर्माण गरेको छ । यस अघि माहाकाली नगरपालिकाका १ सय ६ जना क्वारेन्टाईनमा बसेर घर फकिएका छन् ।
उनीहरुलाई ¥यापिड टेष्ट पछि होम क्वारेन्टाइनमा घर पठाईएको हो । नेपाल सरकारले पिसिआर जाँचमा भिटिएमको अभाव देखाएपछि माहाकाली
नगरपालिकाले १ सय ८ जनालाई आरडिटी गरि होम क्वारेन्टाइनमा घर पठाएको छ ।
माहाकाली नगरपालिकामा झण्डै १२ हजार देखि १५ हजार स्थानियहरु विदेशमा रहेका माहाकाली नगरपालिकाको तथ्यांक छ् । माहाकालीका नगर प्रमुख बिर बहादुर सुनार सहित जनप्रतिनिधी, कर्मचारी एवम् माहाकाली क्षेत्रका राजनीतिक दल सबै क्वारेन्टाईन व्यवस्थापनमा जुटेका छन् । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले सबै क्वारेन्टाईनमा पुगेर स्थलगत अनुगमन एव समस्या बुझेका छन् ।
केही क्वारेन्टाईनमा सबैकाहरुले असुविधा भएको गुनासो गरेपछि माहाकाली नगर प्रमुख सबै क्वारेन्टाईनको अवस्था बुझ्न हिडेका हुन् । ‘म लगायत हाम्रो टिम सबै क्वारेन्टाईनमा पुगे, ‘नगर प्रमुख सुनारले भने, ‘आधारभूत सबै व्यवस्थापन गरिएको छ ।’ क्वारेन्टाईनमा बसेकाहरुले रिचार्जदेखि खाने नुहाउने कक्ष, सौचालय माग गरिरहेको भन्दै उनले महामारीका बेला धेयैपुर्वक आफु र देश बचाउन सयमित भएर बस्न आग्रह गरेका छन् । माहाकाली नगरपालिकाले उनिहरुको बस्न, नुहाउन, बिद्युत, सेनिटाईजर तथा मास्कको प्रबन्ध समेत गरेको छ ।
‘हामीले क्वारेन्टाईनमा अधिकतम सेवा सुविधान दिने हो, ‘नगर प्रमुख माहाकाली नगरपालिकाका नगर प्रमुखले भने, ‘संकटको घडीमा सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गरिदिनु । जटिल असामान्य परिस्थिति भएकाले समाजिक दुरी कायम गरेर बसिदिन आग्रह गर्दै मेयर सुनारले कुनै समस्या भए सम्पर्क राख्न अनुरोध गर्दै क्वारेन्टाईनमा अनुशासिकपुर्वक बस्न आग्रह गरेका छन् । कोरोना जित्नका लागि मेयर सुनारले सबैले आ–आफ्नो ठाँउबाट सक्दो सहयोगको अपिल गरेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *