कम लगानीमा ठूलो उपलब्धी








यस अंकमा सुदूरपश्चिम प्रदेशका किसान र कृषिको बारेमा गरिएको अनुभवको बारेमा लेख्न बाध्य भएका छौ । आशा छ सम्बन्धित पक्षले पनि गहन अध्ययन गर्नेछ र गरोस पनि कृषि प्रधान देश नेपालको बारेमा सायद कोही पनि अनविज्ञ छैनन् होला, यदि छन भने पनि बुझ्न सजिलो छ विश्वका धेरै देशहरु उद्योगपति अर्थात उनीहरुको प्रमुख पेशा उद्योग व्यापार हो भने हामी नेपालीहरुको प्रधान व्यवसाय कृषि हो ।
हमेशा कृषिमा आधारित कृषकहरु ८५/१०० वर्ष पुर्व असारे पानीको भरमा पनि कृषि गर्दथे र मौसमले पनि समय समयमा पानी दिन्थ्यो कहिलेकाही १० तुलमा १ तुलको हामी हुने गर्दथ्यो अधिक र कम वर्षाले गर्दा । आज भन्दा ५० वर्ष पुर्व देखि राष्ट्रले योजना बनाई सकेसम्मको सिचाईको बन्दोबस्त गर्दै आएको छ । साना ठूला सिचाई आयोजना चालु रहेका छन तर सु.प.का पहाडी बस्तीमा भने एक दुई सय वर्ष पुर्व राउटे जातीले बनाएका कुला पानालाले आजसम्म काम चलिरहेको छैन भन्न सकिदैन ।
जहाँका जनता आकाश सित उधारो पानीमा खेती गर्दथे आज त्यहाँ सरकारी कुला पनालाहरु पुगेका छन् तर धेरै खेतहरु बाँझा परेका छन् । सु.प.का जनताहरुमा जो प्रगतिशील थिए उनीहरुले आफ्नो जन्मस्थान नछोडी आफ्नै प्रगतिमा लागे तर बाँकी सुख सुविधामा चाहना राख्नेहरुले बसाई सराई गरी कैलाली कञ्चनपुरको तराई क्षेत्रमा पुनर्वास गरे । तराईमा बसाई सर्ने जनताको चाँप देखेर २०२७ सालमा नै महाकाली सिचाईको डि.पी.आर. गर्न इंगलैण्डको एक कम्पनीलाई दियो २०२८ सालमा नै डिपी.आर. कार्य भई पहिलो चरणमा महेन्द्रनगर क्षेत्रमा सिचाईको निर्माण कार्य सुरु भै ०४१/४२ मा पहिलो चरणको काम पुरा भयो, त्यसपछि नेपाल भारतको नाकाबन्दी खुलेपछि दोस्रो चरणको काम पुरा भई हाल तेस्रो चरणको काम चलि रहेको छ ।
सु.प.का पहाडी जिल्लाहरुमा सिचाईको बन्दोबस्त गर्न नदी खोला नभएका धेरै गाउँहरु छन ती गाउँहरुमा आकाशे पानी जम्मा गरी सिचाई गर्ने मौका भने चुकेको छैन ।
सरकारले उपयुक्त र इच्छुक नागरिकहरुको बस्तीमा आकाशे पोखरी निर्माण गर्नुपर्ने देखिन्छ । स्थानीय सरकारलाई सरकारले नीतिगत आदेश दिनुपर्ने हाम्रो राय रहेको छ । आकासे पानीको पोखरीले खेतीपाती तथा विभिन्न जातका फलफुलको सिचाई कार्यमा समेत सुविधा पुग्नेछ । सबै गाउँहरुको उचो भागमा २/४ परिवार होस वा १/२ परिवारकै लागी भएपनि पोखरी बनाउन अनिवार्य देखिन्छ ।
केही ठाउँहरुमा सिचाईको सुविधा पुगे पनि त्यसको भरपुर उपयोग गरिएको पाईदैन । सिचाई पुगेका स्थानहरुमा व्यवसायीक रुपमा तरकारी खेती लगायत नगदे बाली लगाउनमा सरकारले प्रोत्साहित गराउनु पर्दछ । आय आर्जनको उपयोगी माध्यमको रुपमा अपनाउन सरकारले निश्चित कार्यविधि तयार गरेर व्यवसायीक रुपमा कृषि व्यवसाय गर्ने कृषकलाई अनुदानमा कृषि औजारहरुको व्यवस्था गरिदिनुपर्ने हुन्छ । कुनै पनि कृषि सामग्रीमा सरकारले
करमा विशेष छुटको व्यवस्था गर्नुपर्छ । सहुलियत दरमा मलखाद लगायतका किटनाशक औषधी समेत सलभ दरमा उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्नेहुन्छ ।







