लकडाउन पछिको नेपाल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

थानेश्वर प्रसाद भट्ट
वरिष्ठ अधिवक्ता
महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त

दुई महिना नाघि सक्यो, लकडाउनले जीवन शैलीमा नै अभूतपूर्व परिवर्तन ल्याई सकेको छ । यसको अन्त कहिले होला संसार भरि नै खुकुलो हुँदै गएकोमा नेपालले भने अनिश्चिय किंकर्तव्य कर्तव्य विमूढ स्थितिमा लाचारी बाहेक केही गर्न सकेको देखिदैन । परदेशमा बेसहारा भोकै प्यासै रहेका आजीविका निम्ति दासत्व जीवन विताएर भए पनि काम गर्न गएका लखेटिने दुर्दशा क्रन्दन आर्तनाद गर्दै जसो भएपनि आफ्नै जन्मभूमिमा फर्कने आकांक्षा समेत पुरा हुन नियन्ताहरुबाट नै बाधा अवरोध हुँदा लुकी छिपी ज्यानको बाजी लगाएर भित्रिए, अव आएर सिमित ठाउँमा थोरै समयका लागि नाका खोलिए पनि भारत बाहेक अन्य देशहरुबाट आउन संभव नभई रहेको कोरोनाले संक्रमित भएर धेरैको ज्यान गएको विरामीहरुले उपचार पाउनु त टाढाको विषय आश्रय विहिन भोकै बस्नु परेका कथा व्यथा सामान्य हुन सक्तैनन् । यसबाट अविश्वास आक्रोस उत्पन्न गराएको देखिन्छ । खुला गरेर भारतबाट नेपालमा प्रवेश गर्नेहरुका लागि जाँच्ने साधन श्रोत नभएर धमाधम देशभर भाइरस फैलिने, नाम मात्रको व्यवस्थाले पीडा थप्ने मात्र स्थिति भएको सुनिन्छ । निरन्तर संक्रमितको संख्यामा बढ्दो क्रममा छ, यसले लकडाउन अन्त्यको सीमारेखा अनिश्चित बनाईसकेको छ । लाखौंको संख्यामा आउने पनि निश्चित छ, बेरोजगारी भोकमरी, आपराधिक घटनाक्रम, अराजकताले ठूलो त्रास हुने देखिदैछ, जसरी भए पनि सदाकालका लागि लकडाउनलाई निरन्तरता दिन पनि सकिने छैन, त्यसपछिको अवस्था के हुने हो अनुमान गर्नु नै भयावह दृश्य परिलक्षित हुँदै छन् । निती तथा कार्यक्रम बजेटको औपचारिकता गरिए पनि यी तमाम परिस्थितिहरुको सामना राज्यले कसरी गर्ला यो निकै सोचनीय विषय भएको छ ।
राष्ट्रिय चिन्तन, देशभक्ति, सही दिशानिर्देश कानूनको पालन, क्रियाशील राज्यका अंगहरु अनिवार्य हुन्छन्, राष्ट्रिय एकता, चिन्ता, पारदर्शिता,
इमान्दारीको पनि ठूलो तत्वका रुपमा जरुरत पर्दछ । यो सव कसले गरि देला ? नभए के होला ? लकडाउन पछिको नेपाल कस्तो होला ? गहन चिन्ता भयका बीचमा केही लेख्न उपयुक्त लागेको छ । यसबाट कुनै उपलब्धि होला भन्ने विश्वासले होईन तर आम जनमानसका मनमा यस्ता कठीनतम अवस्थाहरुको स्वाभाविक अन्दाज उत्पन्न भएकै र पिडित आफै पनि हुँदा चित्कारको अभिव्यक्ति मात्र हो र यसको प्रतिध्वनि कही पुग्ला भनि नसोचेर नेपाली भएको नाताले र बाच्नु मर्नु सुख दुःखको अन्यत्र विश्वभरी आश्रय स्थल विकल्प नै नहुँदा सचेत रहनु मात्र प्रतिक्रिया हो ।
दुई तिहाईको सरकारबाट अपेक्षा धुमिल भयो नयाँ नक्सा जारी भयो नेपाली भूभाग बढ्यो संविधान शंसोधन भई रहेकोमा विमति गर्ने कुनै कारण छैन, तर विविध प्रश्न भने खडा भएका छन्, २०७२ मा संविधान जारी भयो त्यसलाई आम जनताको मतबाट निर्माण भएको घोषणाबाट गर्व भएको अनुभूति व्यक्त हुँदा किन आफ्नो देशको भूभाग छुटाएर संविधान बन्यो ? विश्लेषण लेख क्रिया प्रतिक्रिया दिनहुँ हेर्न सुन्न पाईन्छन्, यो प्रश्न किन उठाईदैन ? सामान्य टिप्पणी मात्र यस सम्बन्धमा भएको देख्दा आश्चर्य लाग्दछ, १९१६ ई.को ब्रिटीस इण्डियासँग नेपालको सन्धि सुगौलीमा हुँदा नेपालका तर्फबाट गजराज मिश्र र चन्द्रशेखर गए तर जसरी भूभाग छोडिए त्यो अख्तियार उनीहरुलाई थिएन, १९५० मा नेपाल भारत सन्धिमा नेपालका तर्फबाट मोहन शंशेर हस्ताक्षर कर्ता थिए उक्त सन्धिमा त्यस अघि भएका सम्पूर्ण सन्धि सम्झौता खारेज भएको पाइन्छ, त्यो यथावत छ जे जति आवाज उठे पनि त्यसलाई खारेज वा शंशोधन गर्ने कुनै कार्य भएको छैन, ई.पी.जी.को दस्तावेजमा नेपालका तर्फबाट डा. भेषबहादुर थापाको संयोजकत्वमा गठन भएको समितिका सदस्य मध्येका निलाम्बर आचार्य भारतीय राजदूत छन, राजन भट्टराई प्रधान मन्त्रीका सल्लाहकार, निलाम्बर आचार्यले भारतीय व्युरेक्रेट्सहरुलाई भेट्न खोज्दा समय पाएका छैनन् भन्ने सुनिन्छ । २ वर्षदेखि उक्त दस्तावेज थन्किएर बसेको छ । भारतका तर्फबाट संयोजक भरत सिंह कोश्यारी अहिले महाराष्ट्रका गवर्नर छन्, दुवै पक्षको हस्ताक्षर सहमतिमा भए पनि कार्यान्वयन भएन ।
भारतसँग निकै कटुतापूर्ण सम्बन्ध भएको छ । वार्ताका लक्षण देखिदैन, एम.सी.सी.का सम्बन्धमा सत्तारुढ दल भित्र नै शत्रुतापूर्ण विमति छ यो अमेरिकासँग पहिले नै सम्पन्न भएको सम्झौता हो र यसको कार्यालय नेपालमा क्रियाशिल छ तर संसदबाट यथास्थितिमा पारित नहुने भनिएकोले यसबाट उत्पन्न हुने परिणाम के होला ? चीनले सन २०१५ मा भारतसँग सम्झौता गर्यो त्यसमा नेपालको कुनै सरोकार देखाईएन उपेक्षा गरियो, झण्डै १४ खरब बढीको बजेटका श्रोत नितान्त अनिश्चित छन, जाँच नै नगरी कोरोना संक्रमित हजारौको संख्यामा देशभरी छरि सकेका हुनाले र ध्ज्इ ले अझै भयावह रुप लिने भनेको अवस्थामा यसलाई नेपालले सम्हाल्न सक्ला ? नसके के होला ? यस प्रकारको डावाडोल अवस्थामा आयका सम्पूर्ण श्रोतहरु नै बन्द भएपछि यो गरिव देशले कसरी निर्वाह गर्ने हो ? आम सर्वसाधारण त्रस्त बनेका छौं, भोकमरी बेरोजगारीबाट आक्रान्त मुलुक कहाँ कसबाट सहारा पाउँला ? त्यो पनि निराशाजनक देखिदा एउटा पिढीको भविष्य शिक्षण संस्था लगायत धरासायी बनेपछि लकडाउन पछिको नेपाल कस्तो रहला सोच्नै नसकिने विषय बनि रहेको छ । यस्ता पीडा चित्कार व्यक्त गर्ने छूट छ छैन यो पनि आतंकित पार्ने गर्दछ । आयको श्रोत एउटै देखिन्छ, त्यो हो भ्रष्ट लुटेराहरुले विदेशमा थुपारेका हाम्रा सम्पत्ति खोजी गरी नेपाल ल्याउने ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *