आतंकवादीमाथि कोरोनाको विजय

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

आतंकवादी आज निरिह बनेका छन्, मानव सितको साँझा दायित्व बुझि रहेका छन । निर्दयी आतंकवादीलाई कोरोना भाइरसले निरिह पारिदिएको
छ । आफन्तलाई भेट्न घर जाने या कर्मथलोबाट घर फर्कि रहेका सज्जनहरु यात्रीको रुपमा रहेका बसमा चढेका यात्री आफ्नो घर पुग्ने बेला यात्रीहरुका हात खुट्टा टाउकाहरु सडकमा छरपट्ट हुन्छ । आँखा नभएका टाउँकाहरु टाउका नभएका लासहरु बसका टुक्र टुक्रा हुँदा यात्रीहरुको साथ निभाउँछन् बस चालकहरु तर आतंकवादीहरु क्रान्तिकारीको ढोल बजाउन मानव समाज रोई रहेको हुन्छ सक्दैन तर रिसले रगत उम्लेको हुन्छ भैरहन्थ्यो त्राही त्राही थियो संसार भरी आतंकवादी र अन्यायी सरकारको विगविगि थियो हरेक देशका नेताहरु आतंकवादको उदय गराउन चहान्थे अन्तमा त्यही आतंकवादले विश्व युद्धको रुप लिई रहने संकेतहरु देखा परेको अवस्थामा प्राकृतिक उपज हो वा अप्राकृतिक उपज कोरोना भाइरसले आतंकवाद माथि विजय प्राप्त गरी स्वयम् आफैले तेस्रो विश्वयुद्धको रुप लिएको छ । दोस्रो विश्वयुद्धमा जापानमाथि परमाणु बम खसालेका थिए नाकासाकी र हिरोसिमा शहर ध्वस्त पारिएको कारुणिक कथा समेटिएको पुस्तक जापानको सबै भन्दा लामो दिन अध्ययन गर्दा पनि पुष्टि हुन्छ । त्यो दोस्रो विश्वयुद्ध थियो । आतंकवादको उदय सरकारका गलत नीति क्रियाकलापले हुन्छ त्यो हैन कि आतंकवादीले क्रान्तिकारीको स्वयम् दर्ता पाएपछि र सत्ता चलाएपछि सही गर्छन भन्ने चाही होइन रहेछ । म स्वयम् पंक्तिकार श्रीलंकामा तामेलहरुको लडाई देखेर अचम्बीच भएको सरकारको सेना सित लड्ने क्षमता भएका तामेलहरुको बारेमा । मलाई त्यो दिन झलझली याद आई रहेको छ, एक दिन विहान अलइन्डीय रेडियोबाट समाचार आए भरिको “भारत छिमेकी राष्ट्रहरुको विकास निर्माणको काममा मात्र सहयोग गर्दैन कि छिमेकीहरुको शान्ति सुरक्षामा पनि सरकारले सहयोग गर्दछ त्यही भएर हामीले श्रृलंकाको सुरक्षाको लागी सेना पठाएका छौं भन्ने कुरा पिएम राजीव गान्धीले भनेको कुरा प्रसारण भयो । त्यसकै भोलि विहान रेडियो नेपालबाट पीएम मरिचमानसिंह श्रेष्ठको वक्तव्य पनि प्रकाशित भयो जसमा भनिएको थियो “भारतले श्रृलंकामा सेना पठाएको शान्तिको लागि हो कि के को लागि हो भन्ने कुरा भारतको विस्तारवादी नीति नेपालले प्रष्ट बुझेको छ भनेपछि कडा प्रतिक्रियाका साथ भारतबाट विदेश दुत विरोध पत्र ल्याएर नेपाल आएका थिए । यी सबै काम कुराहरु नेपाललाई आतंकित बनाएर डमाडोल गराउने गर्ने नीतिको अवस्था पनि हो ।
विश्वभरीमा आफ्नै खाले आतंकवाद पछिका आन्दोलन क्रान्तिहरु छन, २००७ सालमा नेपाल प्रति मित्र राष्ट्रबाट गरिएको षडयन्त्र र दिर्घकालीन योजना युवराज विरेन्द्रले बुझी सकेका थिए त्यसैलाई मन्थर पार्न बुद्धका सन्देश विश्वभरी फैलाउने हेतुले राज्यभिषेक भएकै दिन विश्वबाट आएका पाहुना सामु नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव राखे ठूला राष्ट्रमा रुस सानोमा भुटान माल्दिप्सले समेत ११४ राष्ट्रहरुको समर्थन रह्यो तर भारतका प्रधानमन्त्री इन्दीरा गान्धीले भने नकार्दै गइन किन भने नेपाल प्रति पण्डित जवाहरलाल नेहरुको योजना तथा थियो र सोही गुप्त योजना सफल पार्ने प्रयासमा थिइन । नेपालले तेस्रो संशोधन नेपालको संविधान २०१९ मा पनि राख्यो तै पनि भारतले समर्थन गरेन, कारण थियो होला नेपाललाई २०५२–२०६२ सम्मको योजनालाई सफल बनाउने । त्यो योजना सफल पारी सकेर मात्र भारतले लिम्पियाधुरा र लिपुलेक कालापानीलाई आफ्नो नक्सामा देखायो त्यो भन्दा पुर्व अवैधानिक रुपले अतिक्रमण गर्दै गरेको मात्र थियो । जे सुकै भए पनि त्यो भन्दा पुर्व नेपाल र भारत दुवै राष्ट्रले आफ्नो नक्सामा नराख्नुको कारण भने
रहस्यमय रहेको छ । के त त्यो क्षेत्र विवादित थियो र विवाद सुल्झिएपछि मात्र भारतले आफ्नो नक्सामा राखेको हो ? नेपाली जनताको कडा विरोधपछि नेपालले पनि आफ्नो नक्सामा राख्न बाध्य परेको हो ? यो कस्तो कमाल हो राजा महेन्द्रको कि ? प्रजातन्त्र गणतन्त्र कसको कमाल हो समयले बताउने नै छ । राजा त्रिभुवनको रोहवरमा राणा प्रधानमन्त्रीको हस्ताक्षर र भारत सरकारको हस्ताक्षर भै सुगौली सन्धी खारेज गरिसकेको प्रमाण नेपाल भारतको १९५० को मैत्री सन्धीमा उल्लेख भएर पनि प्रजातन्त्र चाहने नेताहरुले राजा र राणा प्रधानमन्त्रीले खारेज गरेको सुगौली सन्धी बमोजिमको जमीन किन फिर्ता लिएन ? के राजा महेन्द्र पुरै राजसंस्थालाई दोष दिएर फिर्ता हुन्छ नालापानी के कालापानीको लागि लड्ने र त्यो पनि फिर्ता लिन नसक्नेहरु के नालापानी फिर्ता लिन्छन् ? हामीलाई त जसरी भारत, पाकिस्थान र अन्य राष्ट्रहरुले अंग्रेजले छोडेको भूमि फिर्ता लियो त्यसरी नै नेपालका राजा प्रधानमन्त्रीले भारतसँग मैत्री सन्धी गरी सुगौली सन्धी खारेज गरी सकेपछि नेपालका नेताहरु जसले प्रजातन्त्रको नाममा यातना पाए उनीहरुले आफ्नो सरकार बन्दा २०४७ पछि पनि किन फिर्ता लिएनन् । प्रजातन्त्र, लोकतन्त्र त समयको माग हो तर राजाको माग कव पुरा हुने कि नहुने ….. ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *