क्वारेन्टाइन गाईका गौसाला जस्ता नबनुन








वर्तमानका बरिष्ठ नेताहरु २०४५ सालमा युवा तन्नेरी अवस्थामा थिए यिनीहरु २०४५ चैत्र १० देखि भारतबाट नाकाबन्दी हुँदा किन दुखेन ? त्यसकै उत्साह हो २०७२ को नाकाबन्दी, राजनीतिक व्यवस्था परिवतर्नको साथ साथै नेपालले भारत सित कुनै पनि सम्झौता गर्नु हुदैन गरेमा स्वतः रद्ध हुने व्यवस्था हुनुपर्छ ।
विश्वका देशहरु सित एकनासको सम्बन्ध हमेसा नरहन सक्छ, आज भारतका नेताहरु सित नेपालको राम्रो सम्बन्ध छ, सरकार नै नेपाली जनताको हित कार्यमा रहेको हुँदा भारतका सम्बन्धित पदाधिकारी सित सिमा सम्बन्धित हरेक समस्या अनिवार्य गरी १÷२ वर्ष भित्र सुल्झाई सक्नु पर्दछ । विश्वभरीका कुनै पनि देश अवश्य पनि विस्तारवादी नभएको पाईदैन । अंग्रेजले विश्वभरी आफ्नो राज्यको विस्तार गरे त्यो समय त्यस्तै थियो विश्वमा १५÷१६ देश मध्ये अडिक रही स्वाभिमानीका साथ सार्वभौम सम्पन्न शक्तिशाली रहेको देश नेपाल हो । पुर्खाहरुको गुन विर्षेर उनीहरुको हेला गरेर हाम्रो उन्नती र सम्मान हुदैन तसर्थ हाम्रा पुर्खाहरुको पाइला हेरी अगाडी बढ्नु पर्दछ ।
क्वारेन्टाइन गाईका गौसाला जस्ता नबनुन
एक पटक हामी नेपालीहरुको वर्षभरी गाईको दुध खाई थाकेपछि सडकमा छोडिदियौं । गाईहरुलाई गोठ निकाला गर्नेलाई कारवाही गर्न सकेनौं बरु ति छोडिएका गाईको लागी भनेर लाखौं खर्च देखाई गौशाला निर्माण गरी छाडा गाई राख्यौं राम्रा राम्रा नपाले उपहार दियो बाँकी भित्रै मरेर गए न खाना पायो न पानी । सव क्वारेन्टाईनहरु त्यस्ता नबनुन त्यस भित्र जान डराउन नपरोस ।







